• शनिबार, १५ बैशाख, २०८१
  • ०२:०४:५८

कमला कार्की स्मृति प्रतिष्ठानले गर्यो बिभिन्न व्यक्ति र संस्थालाई

काठमाडौं । कमला कार्की स्मृति प्रतिष्ठानले नवौं स्मृति दिवसको उपलक्ष्यमा नेपालका प्रतिष्ठित विभिन्न क्षेत्रका व्यक्तित्वहरु, संस्था र स्थानीय ज्येष्ठ महिलालाई नगद पुरस्कार सहित सम्मान गरेको छ । प्रतिष्ठानले शुक्रबार काठमाडौंको नैकापमा आयोजित कमला कार्कीको स्मिृतीमा राष्ट्रलाई विभिन्न कोणबाट योगदान पु¥याएका राष्ट्रिय खेलाडी, पत्रकार, कलाकार, चन्द्रागिरी नगरपालीका क्षेत्रको सामाजिक संस्था र यसै नगरपालीकाको वडा नं. १४ र १५ का जेष्ठ महिला नागरिकलाई सम्मान गरेको हो ।

नेपालमा राजनीति साहित्यकार, समाजसेवा, कलाकारिता र चित्रकलाको क्षेत्रमा प्रसिद्धि कमाएकी पूर्व मन्त्री तथा भद्राकुमारी आश्रमकी संचालिका  भद्राकुमारी घलेले सम्मान पत्र प्रदान  गर्नुभयो  । सम्मानअन्तर्गत प्रतिष्ठानले राज्यको चौंथो अंगको रुपमा रहेर लामो समयदेखी राष्ट्रलाई झक्झक्याउदै पहरेदारीको भुमिका निभाउदै पत्रकारीता जगत र चनद्रागिरी नगरपालीकालाई गौरवान्वित तुल्याएकोले उच्च मुल्यांकन गर्दै  अन्नपूर्ण पोस्ट्की बरिष्ठ संवाददाता ममता थापााई सम्मान गरेको छ ।

यसैगरी,  महिला खेलाडिमा २०२३ मा सार्फ कराँते च्याम्पियनशीपमा स्वर्ण पदक विजेता अञ्जना महर्जन, पूर्व मिस नेपाल २०२० कि नम्रता श्रेष्ठ, तीनथाना बाजँ खल संस्था र  ज्येष्ठ महिला मा क्रमशः चन्द्रागिरी नगरपालीका वडा नं १४की धनमाया महर्जन र वडा नं १५ की भगवती खत्रीलाई सम्मान गरेको छ । सम्मानीत सबैलाई नगद १० हजार १ रुपैयाँसहित सम्मान पत्र प्रदान गरिएको छ ।  

कार्यक्रमममा प्रमुख अतीथी पूर्व मन्त्री तथा समाजसेवी भद्राकुमारी घलेले सृष्टिकर्ता आमाको जन्मदाता मात्र नभएर त्यहाँ भन्दा माथिको महत्व रहेको दृष्टान्त राख्नुभयो।   यसैक्रममा राष्ट्रिय एकता दिवस अर्थात पृथ्वि जयन्ती समेत भएकाले शुभकामना दिंदै उहाँले भन्नुभयो, ‘ पृथ्वी नारायण शाहले राज्य एकिकरण गरेसँगै वाईसी र चौबीसी राज्यलाई हातमा लिंदा संस्कार, संस्कृतीको जगेर्ना गरेका थिए । यसलाई सबैले जगेर्ना गर्नुपर्छ । आमा संस्कृतीलाई झल्काउन यो प्रतिष्ठानले पनि योगदान दिएको छ । स्वर्गिय आमाको नाममा विभिन्न राष्ट्रिय व्यक्तित्वलाई सम्मान गर्नु सराहनीय काम हो ।’ 

यस्तै, प्रतिष्ठानका सल्लाहकार  कवि तथा साहित्यकार, वरिष्ठ सञ्चारकर्मी डा.नवराज लम्साल आमाको सम्झना गर्दै पछिल्लो पुस्तालाई सँस्कृती सिकाउन यो प्रतिष्ठानले मद्दत पु¥याएको बताउनुभयो।  अबको पुस्तालाई साहित्य, संस्कार, भान्छादेखी आमा सँस्कृती विकास गर्न जरुरी भएको उहाँको भनाइ छ ।

 प्रतिष्ठानका अध्यक्ष मोहनकुमार कार्कीले जननी आमाको सम्झना गर्दै सम्पूर्ण आमाप्रति सम्मान व्यक्त   गर्दै उहाँले  यस प्रतिष्ठानमा जोडिएर सल्लाह, सुझाव र हौसला दिने सम्पूर्णमा आभार प्रकट  गर्नुभयो।   यस्तै, प्रतिष्ठानका सल्लाहकार दयाराम थापा क्षेत्री सबै क्षेत्रका महिलालाई सम्मान गर्नु सम्पुर्ण आमाको सम्मानको प्रतिक भएको बताउनुभयो।  

कार्यक्रममा आमाको महिमा झल्कने कविता, गित लगायतका रचनाहरु प्रस्तुत गरिएको थियो । यसका साथै चन्द्रागिरी नगरपालीका क्षेत्रको संस्कृति, परम्परा भूगोल र इतिहास झल्किने चित्रकला प्रदर्शनी समेत गरिएको थियो । यस प्रतिष्ठानले हरेक वर्ष विभिन्न व्यक्तिलाई सम्मान गर्ने कार्य संगै घरपरिवार र समाजमा आमाको महत्वलाई अझ गहिरो ढंगले बुझ्ने बुझाउँने कार्य समेत गर्दै आएको छ ।