• आइतबार, १९ चैत, २०७९
  • ०५:१०:१०

भारतद्वारा नयाँ रकेट प्रक्षेपण

  • Netizen Nepal
  • शुक्रबार, २७ माघ, २०७९- १८:०५:००/ Friday 02-10-23

नेटिजन संवाददाता 

काठमाडौँ, २७ माघ। भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठनले आफ्नो नयाँ रकेट, स्मॉल स्याटेलाइट लन्च भेहिकललाई सफलतापूर्वक प्रक्षेपण गरेको छ ।  योसँगै शुक्रबार तीनवटा उपग्रहहरूलाई कक्षमा राखेको छ।

एक सय २० टन तौल भएको ३४ मिटर अग्लो  नयाँ  रकेटले स्थानीय समय अनुसार बिहान ९:१८ बजे दक्षिणी भारतीय राज्य आन्ध्र प्रदेशस्थित बङ्गालको खाडीको किनारमा रहेको श्रीहरिकोटाको सतीश धवन अन्तरिक्ष केन्द्रबाट उडान भरेको थियो ।

गत वर्ष अगस्ट ७ मा गरिएको रकेटको पहिलो परीक्षण उडान आंशिकमात्रामा मात्र सफल भएको थियो।