• मंगलबार, ४ बैशाख, २०८१
  • १०:५५:३९

यस्तो थियो विश्वकै पहिलो मोबाइल फोन

तौल १ किलो बढी, मूल्य ४ हजार डलर

  • Netizen Nepal
  • आइतबार, ७ फाल्गुण, २०७९- १७:१२:००/ Sunday 02-19-23

नेटिजन संवाददाता 

काठमाडौँ, ७ फागुन। स्मार्टफोन आज हामी सबैको आवश्यकता बनेको छ । संसारभर हरेक दिन हजारौं फोनहरू बनाइन्छ र बेचिन्छ। मोबाइल फोन र इन्टरनेटको कारण, चीजहरू पहिले भन्दा सजिलो र सरल भएको छ। विश्वको पहिलो मोबाइल फोन मार्टिन कुपरले बनाएका हुन्। मार्टिनको जन्म डिसेम्बर २६, १९२८ मा शिकागोमा भएको हो । उनले इलिनोइस इन्स्टिच्युट अफ टेक्नोलोजीबाट आईआईटी पढेका हुन् । त्यसपछि उनले १९७५ मा मास्टर डिग्री प्राप्त गरे र २००४ मा मानार्थ डक्टरेट प्रदान गरियो।

पहिलो मोबाइल फोन बिक्रीको लागि थिएन

विश्वको पहिलो मोबाइल फोन सन् १९७३ मा मोटोरोलाका अनुसन्धानकर्ता मार्टिन कुपरले बनाएका थिए तर यो प्रोटोटाइप फोन थियो । यस प्रोटोटाइप फोनबाट, मार्टिन कूपरले आफ्नो प्रतिद्वन्द्वी जोएल एङ्गेललाई ३ अप्रिल १९७३ मा कल गरे, जो बेल ल्याब्समा प्रोटोटाइप मोबाइल फोनमा काम गरिरहेका थिए। विश्वव्यापी रूपमा बिक्रीको लागि उपलब्ध पहिलो स्मार्टफोन 'मोटोरोला डियनाट्याक ८०००एक्स' थियो जुन मोटोरोलाद्वारा निर्मित र कम्पनीका इन्जिनियर मार्टिन कुपरद्वारा डिजाइन गरिएको थियो। सन् १९८३ मा बिक्रीको लागि जारी गरिएको यो मोबाइल फोनको मूल्य त्यतिबेलै ३९९५ डलर तोकिएको थियो।र यसलाई अमेरिकाका एक व्यक्तिले ४ हजार डलरमा किनेका थिए ।

विश्वको पहिलो फोन १ किलोभन्दा बढी भारी थियो

विश्वको पहिलो फोन 'मोटोरोला डियनाट्याक ८०००एक्स' को तौल १.१ केजी थियो । यो मोबाइल फोनको ब्याट्री १० घण्टामा चार्ज भई करिब १ घण्टासम्म चल्थ्यो । यो मोबाइल फोन त्यतिबेला ब्यपरिहरुका निम्ति बनाईएको थियो। त्यसपछि बिस्तारै प्रविधिको विकास हुँदै गएपछि बजारमा साना र हल्का मोबाइल फोन आउन थाले । त्यसपछि किप्याड फोनहरू लोकप्रिय भए र त्यसपछि स्मार्टफोनले तिनीहरूको ठाउँ लियो।