• आइतबार, १९ चैत, २०७९
  • ०५:३२:३१

रिहा भए पल 

  • Netizen Nepal
  • सोमबार, १५ फाल्गुण, २०७९- ११:५९:००/ Monday 02-27-23

नेटिजन संवाददाता
काठमाडौँ, १५ फागुन। अभिनेता पल शाह जेलबाट रिहा भएका छन् । उच्च अदालत पोखराको फैसलाअनुसार सोमबार उनी रिहा भएका हुन् । 

नाबालिग बलात्कार आरोप लागेका उनले आइतबार उच्च अदालत पोखराबाट सफाइ पाएका थिए ।

आइतबार कार्यालय समय सकिइसकेकाले आवश्यक प्रक्रिया पुर्याउन ढिला भएपछि आज कार्यालय खुलेसँगै प्रकिया पुरा गरेर उनि निस्किएका हुन्।