• शनिबार, ८ बैशाख, २०८१
  • ०३:०९:०८

एलन मस्क फेरि बने विश्वकै धनि व्यक्ति 

  • Netizen Nepal
  • मंगलबार, १६ फाल्गुण, २०७९- १६:२१:००/ Tuesday 02-28-23

नेटिजन संवाददाता 
काठमाडौँ, १६ फागुन। टेस्लाका सीईओ एलन मस्क फेरि विश्वकै धनी व्यक्ति बनेका छन् । पछिल्लो २४ घण्टामा मस्कको सम्पत्ति बढेसँगै उनको कुल नेटवर्थ १८७ अर्ब डलर पुगेको छ । गत वर्ष विश्वकै धनि व्यक्तिको सूचीमा परेका फ्रान्सेली अर्बपति बर्नार्ड अर्नाल्ट १८५ अर्ब डलरको सम्पत्तिका साथ दोस्रो नम्बरमा झरेका छन् । 

'ब्लूमबर्ग बिलिनियर्स इन्डेक्स'का अनुसार २४ घण्टाभित्र एलन मस्कको सम्पत्ति ६.९८ अर्ब डलरले बढेको छ । योसँगै उनले फेरि एकपटक नम्बर एकको स्थानमा कब्जा जमाएका छन् । गत वर्ष सन् २०२१ देखि लगातार नम्बर १ स्थानमा रहेका एलन मस्कलाई पछि पार्दै बर्नार्ड अर्नाल्ट सबैभन्दा धनी व्यक्ति बनेका थिए। 

यस वर्षको सुरुदेखि नै मस्कको कम्पनीको सेयर बढेपछि नेटवर्थमा वृद्धि भएको थियो। यो वर्ष उनको सम्पत्तिमा ५०.१ अर्ब डलरको वृद्धि भएको छ । तर, पहिलो नम्बरबाट दोस्रो स्थानमा झरेका बर्नार्ड अर्नाल्टको सम्पत्ति यस वर्ष अहिलेसम्म २३.३ अर्ब डलरले बढेको छ ।