चुनावी गठबन्धन : विश्वको अभ्यास र नेपालमा यसको औचित्य
विश्वका झन्डै ३५ भन्दा बढि देशहरूमा राजनीतिक दलहरूको गठबन्धनबाट नै सरकार बनेका छन्।
- Netizen Nepal
- बिहीबार, १८ फाल्गुण, २०७९- १७:११:००/ Thursday 03-02-23

रामकृष्ण पोखरेल
काठमाडौँ, १८ फागुन। नेपालको २०७९ साल मङ्सिर ०४ गतेको चुनावमा दलहरूले प्रतिस्पर्धा गर्न चुनाव अगाडी नै बृहत गठबन्धनमा जाने निर्णय गरेर यस गठबन्धनको पक्ष र विपक्षमा बडो गहन प्रतिक्रिया र विरोधको स्वरहरू चारैतिर फैलिएको देखियो र सुन्न पाईयो । यस गठबन्धनलाई कतिले त ‘ठगबन्धन ’ हो भने कतिले पार्टि र नेताहरूको पैसा र शक्तिको मिलोमितो गरि बाँडी खाने मेलोमेसो हो भन्ने प्रतिक्रिया पनि दिए। यी सबै कुराहरू नेपाली छापा वर्गहरुले नै प्रकाशन र प्रशारण गरेका थिए।
गठबन्धनको संस्कृति सबैभन्दा बढि युरोपका देशहरुमै देखिन्छ । अर्थात विश्वका समृद्धशाली देशहरूको बाहुल्यता रहेको महादेशमै राजनितीक दलहरू आम चुनाव लड्न जाँदा गठबन्धन बनाएर नै आ -आफ्ना देशमा सरकार बनाउँदा रहेछन। यूरोपका बेलायत, फिनल्याण्ड, डेनमार्क, क्रेोशिया लगायत धेरै देशहरूले गठबन्धनको संस्कृति दोस्रो विश्वयुद्ध पश्चात अवलम्बन गर्दै आएका छन।
विश्वमा राजनीतिक गठबन्धनको अभ्यास
विश्वका झन्डै ३५ भन्दा बढि देशहरूमा राजनीतिक दलहरूको गठबन्धनबाट नै सरकार बनेका धेरै उदाहरणहरू छन । यस अर्थमा नेपालको गठबन्धन संस्कृति पनि अरू देश भन्दा भिन्न छैन । गठबन्धनको संस्कृति सबैभन्दा बढि युरोपका देशहरुमै देखिन्छ । अर्थात विश्वका समृद्धशाली देशहरूको बाहुल्यता रहेको महादेशमै राजनितीक दलहरू आम चुनाव लड्न जाँदा गठबन्धन बनाएर नै आ -आफ्ना देशमा सरकार बनाउँदा रहेछन। यूरोपका बेलायत, फिनल्याण्ड, डेनमार्क, क्रेोशिया लगायत धेरै देशहरूले गठबन्धनको संस्कृति दोस्रो विश्वयुद्ध पश्चात अवलम्बन गर्दै आएका छन।
हाम्रो दक्षिण छिमेकी देश भारतले त सन १९७७ मा तत्कालिन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीको पार्टी भारतीय राष्ट्र कांग्रेसको विरुद्धमा जनता पार्टीको नेतृत्व मुरारजी देशाईले गरेका थिए। जसमा तत्कालिन भारतीय जनसंघ, समाजवादी पार्टीहरु लगायतको गठबन्धनको मोर्चा बनाएर भारतीय राष्ट्रिय कांग्रेसको मोर्चासँग लडेको उदाहरण नै छ। यो चुनावबाट तत्कालिन प्रधानमन्त्री इन्दिरा गान्धीको पार्टीलाई नराम्ररी परास्त गरि मुरारजी देशाईको नेतृत्व गरेको गठबन्धन विजयी भई भारतको केन्द्रमा सरकार बनाउन सफल भएको इतिहास हाम्रै छिमेकी देशको छ। यहि अनुभवबाट होला भारतमा आम चुनाव अगाडी गठबन्धनको संस्कृति सन् २००१ देखि नै प्रयोगमा रहेको पाइन्छ।
एउटा गठबन्धन भारतीय जनता पार्टी (भाजपा) को नेतृत्वमा जसलाई 'एनडिए' भन्ने गरिन्छ। र अर्को गठबन्धन भारतीय राष्ट्रिय कांग्रेस जसको गठबन्धनलाई यू पी ए भनि नामांकन गरिएका दुई समुहहरू चुनाव अगाडी ( प्री एलाइन्स) गरि चुनाव लड्ने अभ्यास गरेको भारतमा दुई दशक बढि नै भईसकेको छ । यसैको परिणाम भारतको आर्थिक वृद्धिमा तिव्र उछाल आईरहेको हामी नजिकबाट नियाली रहेका छौ । यसले सम्भवत: दलहरूको संगठित हुने कारणबाट बाह्य र आन्तरिक क्षमतामा वृद्धि भई देशलाई आर्थिक समृद्धिको उचाईमा पुर्याउन सफल भई विश् को आर्थिक समृद्धिमा सातौं स्थानमा पुग्न भारत सफल भएको देखिन्छ।
नेपालको गठबन्धन
नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएपश्चात दुई आम चुनाव ( २०७४ र २०७९ सालमा ) संघिय चुनावमा राजनितीक रूपमा पार्टिहरू दुई ध्रूवमा विभाजित बामशक्ति र उदारवादी लोकतान्त्रिक शक्तिका गठबन्धनहरु यी विगतका दुवै चुनावमा होमिएका थिए। २०७४ को चुनावमावाम गठबन्धन दलहरूको बहुमत आई नेकपा एमालेको नेतृत्वमा केपी ओलीको सरकार गठन भयो भने उदारवादी गठबन्धनको नेतृत्व गरेको नेपाली कांग्रेस विपक्षी बेन्चमा बस्नुपर्यो।
आ-आफ्ना गठबन्धनभन्दा बाहिर रहेका संसदमा प्रतिनिधित्व गर्ने अरू दलहरूको मिसावट नगरि सरकार गठन हुन सक्ने अवस्था नरहेबाट यी गठबन्धनका नेतृत्व गरिरहेका दलहरुले आफ्नो गठबन्धन बाहिर रहेका दलहरुलाई आ-आफ्नो गठबन्धनमा तान्ने खुबै जोडबल गरे र भए।
२०७९ साल को चुनावमा पनि दलहरू गठबन्धन गरि दुईथरिको गठबन्धन बनाई आमचुनावमा होमिए। तर गठबन्धनमा मात्र रहेका दलहरूका सांसदको गणितवाट सरकार बनाउन करिव करिव असम्भव नै देखियो । यो चुनावमा एउटा गठबन्धनको नेतृत्व नेपाली कांग्रेसले गरेको थियो भने अर्को गठबन्धनको नेतृत्व नेपाली कांग्रेसले गरेको थियो भने अर्को गठबन्धनको नेतृत्व नेकपा एमालेले गरेको थियो । संवत २०७९ को चुनावी परिणामबाट आ-आफ्ना गठबन्धनमा रहेका पार्टीहरुले मात्र सरकार बनाउन सक्ने अवस्था रहेन । यहि कारणवाट आ-आफ्ना गठबन्धनभन्दा बाहिर रहेका संसदमा प्रतिनिधित्व गर्ने अरू दलहरूको मिसावट नगरि सरकार गठन हुन सक्ने अवस्था नरहेबाट यी गठबन्धनका नेतृत्व गरिरहेका दलहरुले आफ्नो गठबन्धन बाहिर रहेका दलहरुलाई आ-आफ्नो गठबन्धनमा तान्ने खुबै जोडबल गरे र भए।
अन्ततः नेकपा एमालेले आफ्नो नेतृत्वमा सरकार बनाउने कसरतकै परिणाम नेकपा ( माओवादि केन्द्र) का नेताको नेतृत्वमा अंततः सरकार बनाउन सफल भयो र सदनवाट माओवादी नेतृत्वको सरकारले बहुमत लिन सफल भयो । तर यो बहुमतसंगै नेपाली कांग्रेस पार्टि पनि जोडियो । माओवादी केन्द्रसँग पुर्व गठवंधनमा रहेको दल नेपाली कांग्रेसले समेत नेकपा एमाले समर्थित माओवादि केन्द्रका सरकार प्रमुखलाई आफ्नो मत दिई सरकारलाई राष्टिय सरकारको जामा लगाउन नेपाली कांग्रेस सफल भयो ।
यहि सरकारलाई नेपाली कांग्रेसले समर्थन दिए पश्चात माओवादि केन्द्रका सरकार प्रमुखलाई यो राष्टिय सरकार हो भन्ने जोडवल मिल्यो। संसदमा रहेका सबै दलहरूसंग सहकार्य गर्न नेपाली कांग्रेसलाई नजिक ल्याउन भर्खरै हुन गईरहेको राष्ट्रपतिको चुनावमा राष्ट्रिय सहमति बनाउन वर्तमान सरकार प्रमुखले खेलेको भुमिका नेकपा एमाले र उसंग गठबन्धनमा रहेका घटकलाइ मन परेन। त्यसैले अधिकांश दलहरूले वर्तमान सरकार छोड्नु पर्ने अवस्था सिर्जना भयो । अहिले २०७९ पुष १० गते बनेको गठबन्धनमा फाटो आई नयाँ गठनतर्फ मुलुक अगाडी बढेको छ ।
यस अर्थमा राजनितीक विचारमा दुई ध्रुबमा बाँडिएको गठबन्धन दलहरूले सजगता र संयमता अपनाउनुपर्ने कुराहरूलाई अनुमान र अन्दाज गरि तत्काल केहि नयाँ राजनितीक र प्रशासनिक परिपाटी सुरू गरि अगाडी बढनुपर्ने हुन्छ ।
नयाँ गठबन्धनको बाटो
गठबन्धन बन्ने र भत्किने क्रममा भरखरै बनेको गठबन्धन टिकाउन पनि त्यति सजिलो छैन । तर यसलाई टिकाइराख्नु देशको राजनीतिक स्थिरताका लागि आवश्यकता हो । देशमा आन्तरिक र बाह्य शक्तिहरूले नेपालको संघीय लोकतान्त्रिक व्यवस्थामाथि चुनौती दिन सक्ने सम्भावना धेरै नै रहेको छ। सरकारको संचालन र व्यवस्थापनको जिम्मा लिईरहेका वा जिम्मा लिने दलहरूका नेताहरू संवेदनशील भई इमान्दारिता, पारदर्शिता, जन उत्तरदायित्वता, भ्रष्ट र भ्रष्चाचारी विरूद्ध चट्टान सरि खडा हुने आधार र विश्वास दिन सक्नुपर्छ । यदि यी विश्वास जनसमक्ष दिन सकेन भने आन्तरिक र बाह्य शक्तिहरुले मुलुकलाई अझ अस्थिरतातिर धकेल्न सक्नेछ र जनतामा यो गणतान्त्रिक व्यवस्थाप्रति वितृष्णा जगाउन न सक्ला भन्न सकिन्न।
सामाजिक, आर्थिक, भौतिक र राजनीतिक बुँदा अथवा प्रस्तुत उदेश्यहरुलाई केलाई सबै दलमा रहेको ध्येयहरू वा फरक रहेका बुँदालाई खुट्टाई संसदमा रहेका सबै दलका प्रतिनिधीहरूसँग सघन रूपमा छलफल गरि समान धारणा वनाई देशको समृद्धिका लागि नयाँ नितीहरू र योजनाहरू बनाउन सकेमा नव निर्मित संघिय गणतान्त्रिक संविधानप्रतिको जनविश्वास तथा आशा बढाउन सकिन्छ ।
देशमा सुशासन दिन र सर्वसम्मत स्विकार्य निती तथा योजनाहरूको निर्माण गर्न गठबन्धनमा रहेका दलहरूको चुनावी संकल्पपत्र वा चुनावी घोषणापत्रलाई सुक्ष्म अध्यन गर्न र यसको मुल्याकंन र पुनरावलोकन गर्न आवश्यक छ। सरकार प्रमुखको मातहतमा रहेको प्रस्तावित केहि समय अगाडी यहि लेखकले प्रक्षेपण गरेको लेखमा वर्तमानको राष्ट्रिय योजना आयोगलाई “राष्ट्रिय निती ,योजना तथा लगानी आयोग” मा रुपान्तरण गर्न पहल गर्नुपर्छ। यसै आयोगलाई संसदमा रहेका सबै दलको चुनावी संकल्पपत्र / घोषणापत्रलाई तालिका बनाई सामाजिक, आर्थिक, भौतिक र राजनीतिक सवाललाई बुँदागत रुपमा उल्लेख गर्नुपर्छ।
सबै दलमा रहेको ध्येयहरू वा फरक रहेका बुँदालाई समेटेर संसदमा रहेका सबै दलका प्रतिनिधीहरूसँग सघन रूपमा छलफल गरि समान धारणा वनाई देशको समृद्धिका लागि नयाँ नितीहरू र योजनाहरू बनाउन ढिला गर्नु हुदैन। यो गठबन्धनलाई सत्ताको लागि मात्र होइन अब बिकासको लागि साझा धारणा बनाउने अवसरको रुपमा पनि सदुपयोग गर्नु पर्छ। यसो गर्न सकेमा नव निर्मित संविधानप्रतिको जनविश्वास तथा आशा बढाउन सकिन्छ । सेवाको सरल उपलब्धि जनसमक्ष पुर्याउन वर्तमान प्रशासनिक संरचनाको पुनरावलोकन गरि नयाँ प्रक्षेपित प्रशासनिक ढाँचाबाट जनतामा सेवा पुर्याउने लक्ष्यमा सबैलाई सरकारले सँगसँगै डोर्याउन सक्नुपर्छ ।
नेपालको संसदीय पद्धति प्रत्यक्ष चुनाव र समानुपातिक विधीवाट सासंदको निर्वाचन हुने व्यवस्था रहेको कारणबाट एकै दलले संसदमा बहुमत ल्याउन किमार्थ सम्भव छैन । यस अर्थमा नेपालका राजनितीक दलहरूले चुनाव अगाडी नै समान लक्ष्य र समान परिवेशका सोचहरू राखी राजनितीक दलहरूले गठबन्धन बनाई आम चुनावमा जानु नै अहिलेको आवश्यकता हो।
कुलिन पुंजीवाद जसको नेतृत्व संभवतः नेपाली कांग्रेस पार्टीले र उग्रपुँजीवादको नेतृत नेपालका लोकतान्त्रिक बाम दलले लिने छन, यी दुवै थरिका पुँजीबादकोफ्युजन' बाट नै नेपाली समाजको प्रगती र उत्थान हुन्छ भन्ने विश्वास छ। यसमा अग्रगमनको सोचसहितको वहसको खाँचो छ ।
विकास अर्थविद् पोखरेल नागरिक लगानी कोषका पूर्व कार्यकारी निर्देशक हुनुहुन्छ।