कालो कफी कतिको फाइदाजनक ?
- नेटिजन संवाददाता
- बुधबार, १९ मङ्सिर, २०८१- १५:३०:००/ Wednesday 12-04-24
काठमाडौँ। धेरै मानिसको दिनको सुरुवात कफीबाट हुन्छ । कसैलाई दूधको कफी पिउन मन पर्छ भने कोही कालो कफी रोज्छन्। जब हामी कामको क्रममा सुस्त महसुस गर्न थाल्छौं, एक कप कफीले हामीलाई यो समस्याबाट बचाउन धेरै मदत गर्दछ। यसले हाम्रो मुड राम्रो राख्ने काम मात्र गर्दैन, कामको क्रममा आउने निन्द्रालाई पनि हटाउँछ।
धेरैजसो मानिसले कालो चियालाई स्वस्थकर मान्छन् । यसको सेवनले फाइदा मात्र हुन्छ, हानि हुँदैन भन्ने धारणा गलत छ । यद्धपि ब्ल्याक कफी स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । तर यसको अत्याधिक सेवन गर्नुका धेरै बेफाइदाहरू छन्, जसका बारेमा तपाई सायद अनभिज्ञ हुनुहुन्छ। स्वस्थ्य वस्तुहरू पनि तबसम्म स्वस्थ रहन्छन् जबसम्म यिनीहरूको सीमित मात्रामा सेवन गरिन्छ। क्याफिनको कारणले गर्दा कालो कफी पनि शरीरको लागि हानिकारक हुन्छ। यस्ता छन कालो कफीको साइड इफेक्ट
कालो कफीको साइड इफेक्ट
तनाव र चिन्ता
सीमित मात्रामा कालो कफी पिउनाले शरीरलाई धेरै फाइदाहरू पुग्छ। तरयसको अत्यधिक सेवनले तनाव र चिन्ता निम्त्याउन सक्छ। धेरै कालो कफी पिउनाले शरीरमा तनाव हार्मोनहरू निस्कन्छ, जसले चिन्ता र तनाव सिर्जना गर्दछ। धेरै क्याफिन सेवन गर्दा बेचैनि बढ्छ।
निद्रामा गडबडी
धेरै कफी पिउनाले निद्रामा बाधा पुर्याउछ। राम्रो निन्द्राको लागि सुत्नुभन्दा केही घण्टा अगाडि कफी पिउनु हुँदैन ।
पेट दुख्ने
कालो कफीमा क्याफिन र एसिड प्रचुर मात्रामा पाइन्छ। यही कारणले यसको अत्यधिक सेवनले पेटमा एसिडिटीको समस्या निम्त्याउछ। यसले पेट पोल्ने, दुख्ने समस्या हुन्छ।
पोषक तत्व खपत गर्न सक्दैन
अधिक कफी पिउनाले फलाम, क्याल्सियम र जिंक जस्ता खनिजहरू खानाबाट अवशोषित गर्न सकिंदैन। हेल्थलाइनको रिपोर्ट अनुसार स्वस्थ व्यक्तिले दैनिक ४०० मिलीग्राम क्याफिन मात्र सेवन गर्नुपर्छ, जुन करिब ४ कप कफी (९६० एमएल) बराबर हुन्छ।