• बुधबार, १२ बैशाख, २०८१
  • ११:४६:३९

नेपालमा राजनीतिक 'जिनको सिलाइ कटाई' संभव छ ?

  • Netizen Nepal
  • शुक्रबार, १७ चैत, २०७९- १४:५४:००/ Friday 03-31-23

रामकृष्ण पोखरेल
काठमाडौँ, १७ चैत। जीन (Gene) भन्ने वित्तिकै यो जैवाणुक अंशको विधी र शास्त्र संग संवन्धित विषय होला जस्तो हामी सबै लाई लाग्ने छ । हो, यथार्थमा यहि नै हो । तर यस्को अन्वेषण, विश्लेषण र बिम्बलाइ राजनितीक परिवेशमा पनि  प्रयोग गर्न थालिएको छ ।  नेपालको राजनितीले पनि जनस्तरबाट सहयोग प्राप्त हुने देखेर यो पंक्तिकार ले मिडीयाको माध्यमबाट जनदवाव श्रृजना गरि नेपालको ढोंगी राजनितीमा नयां रक्तसंचार हुने विश्वाशका साथ जीव  विज्ञानको यो अयामलाई राजनीतिसंग जोडेर विश्लेषण गर्ने प्रयास गरेको छ । 

यो एक्काईंसौ सताब्दिमा राजनितीमा मुलुक र जनताका हित हुने दुरगामी सोचमा आधारित हुनुपर्छ।  यसमा कसैको बिमति छैन।  तर नेपालको राजनीतिमा एकपछि अर्को बहाना बनाएर जान अपेक्षा अनुसार काम नहुने प्रवृति बढेको छ।  यस अर्थमा नेपालको राजनीतिलाई जिन संग जोडेर हेर्नु आवश्यक देखिएको छ।   डिएनए  यो एउटा तरल पदार्थ हो,जस्मा मानिसका जीनहरू प्रवाह भई शरिरका विभिन्न अंगमा अक्सिजनको प्रवाह गराई मानिसलाई स्वस्थ र जिवन्त वनाउन मद्त गर्ने गर्दछ । यहि  डिएनएमा हाम्रा लाखौं जिनका अंश हरू पौडिदै शरिरका अंगमा जाने गर्द । यहि जीन कहिले उचित आकार र प्रकारका नभई दिदा सिक्कल ( Sickle disease ) रोग बाट ग्रशित भई पर्याप्त अक्सिजन को मात्रा रगतमा संचार हुन नसकि मानिसले अल्प आयु  मै मृत्युवरण   गर्दछ । 

हालै बैज्ञानिक अनुसंधानवाट यो हसिया आकारको जिनलाई गोलो आकारको जीन डिएनएमा प्रवाह गरि हसिया आकारका जिनलाई गोला आकार जिनले क्रमशः विस्थापित  गर्दै लगी रोगीहरूलाई नया जीवन दान दिन सकेको कुरा हालै वैज्ञानिक हरूले विश्व मंचमा गौरव साथ प्रस्तुत गरेका छन् । यस विधिलाई  बैज्ञानिकहरूले  अणुवंशिक सिलाई  (Gene Tailoring)  को नामाकरण गरेका छन्  ।

यो अनुवांशिक सिलाईको बैज्ञानिकी अनुसंधान र प्रयोग हालै मात्र मानिसमा हुने गरेको सिक्कल रोग (Sickle disease)  का विरामी अनुवंशिक सिलाई गरेको पाईंएको छ । यो सिक्कल रोगमा विरामीको अनुवंश गोलाकार हुनु को सट्टा हसियाको आकार हुन गइ मानिस जिवन पर्यन्त रोगी नै हुने र अकालमा  मृत्युको सामना गर्ने गर्द छ । यो हसियाको आकार जीनले पर्याप्त मात्रामा रगतमा ओक्सिजनको मात्रा उत्पादन गर्न सक्दैन र विरामी अल्प आयु मै मर्छ। यस अर्थॅमा जीन टेलरिंगको विधी गरि सिक्कल रोगी हरूको रोग ठिक पार्न डाक्टरहरू सफल भएको उदाहरण छ । यस अर्थमा यसै जीन टेलरिगं  (Gene Tailoring)  को विधी अपनाई नेपाल का राजनिती दल र यिन का नेताहरू मा यो बैज्ञानिक प्रयोग गर्ने वेला आएको छ ।

नेपालको प्रशासनिक क्षेत्रमा नयां सोच, नयां विचार र नयां प्राविधिक ज्ञान भएका र नयां तरिकाले शासन शैली संचालन र व्यवस्थापन गर्ने र गर्न सक्ने हरू लाई क्षडके प्रवेश  (Lateral entry) को व्यवस्था गर्नेछ।    

यहि किसिमको  जीन टेलरिगं नेपालको राजनितीमा पनि गर्नु पर्ने खांचो देखिएको छ । अहिलेका राजनीतिक दलहरुमा नयां विचार, नयां सोच र एक्काईसौ सताव्दिको समाजले खोजेको बिकास दिन सक्ने सामर्थ्यको अभाव देखिएको छ।  दलहरूको डिएनए मा पनि हसिया आकारका जीनहरूलाई क्रमशः विस्थापित गर्न गराउन  आवश्यक देखिएको छ।   यसो गरेको खण्डमा सधै बिरामी पर्ने राजनीति स्वस्थ हुनेछ।  यसले नेपालको प्रशासनिक क्षेत्रमा नयां सोच, नयां विचार र नयां प्राविधिक ज्ञान भएका र नयां तरिकाले शासन शैली संचालन र व्यवस्थापन गर्ने र गर्न सक्ने हरू लाई क्षडके प्रवेश  (Lateral entry) को व्यवस्था गर्नेछ।    

मानव शरिरमा डिएनए र अनुवंश जति आवश्यक छ त्यतिमै लोकतातंत्रिक समाज र दलहरूमा यो डिएनए र अनुवंशको शुक्ष्म अध्यन गरि नेपालको राजनितीमा सुधारको आवश्यकता बढेको छ।  यसै कारणले गर्दा  नेपालको राजनितीक दल र नेताहरुलाई  पनि जीन टेलरिगं गरि नेपालको राजनिती मा पनि मुलुक लाई चाहिने अक्सिजन को मात्रा बढाई राजनीतीको नायां कोर्शमा जानु पर्ने हुन्छ ।  लोकतंत्रको जिवन र पद्धतीको स्थायी  राजनितीक दल र यीन का नेताहरूमा हुने र देखिने स्वच्छता, ईमान्दारिता, पारदर्शिता र शक्ति प्रतीको मोहलाई  परित्याग गर्न र गराउन जुन वेला नेपाली समाज ले सक्छ त्यस वेला देखि नेपालको राजनितीमा जीन टेलरिगं प्रारंभ  भएको जनविश्वास हुनेछ ।

राजनितीक दलहरू ले आ आफना संल्पपत्र वा घोषणा पत्र को शुक्ष्म अध्यन, मुल्याकंन र पुनरावलोकन गरि चेतनशिल  नागरिक र विद्वत वर्ग संग समेत सहयोग र सुझाव लिई आगामी दुई देखि तिन वर्षमा बेरोजगारी, भ्रष्टाचार, असमानता लाई ब्यापक चिरफार र नियंत्रण गरि नेपाली लाई सभ्य र सौम्य जीवन शैली मा लग्ने विश्वास दिलाउन सक्ने आधार तयार गर्नु पर्ने जन आवाज छ । 

राजनितीक दलहरूको डिएनए मा प्रवाह हुने जीनको सुधार र सच्चाउन दलका युवाहरूले भुईतहमा गई लोकतान्त्रिक  मुल्य र मान्यताका अबयवहरूमा बेपरवाह रूपमा ब्यापक छलफलको आवश्यकता छ।  यसबाट लोकतान्त्रिक मान्यता र मुल्यलाई दलका नेताहरूले परिस्क्रित र परिमार्जित रूपमा अवलंम्वन गर्न केन्द्रदेखि स्थानिय तहसम्म अभियान’ चलाउन आवश्यक छ।  यसका लागि युवाहरूको कार्यदल वनाई अगाडी बढ्न सबै लोकतात्रिक दलका युवा र अगुवा हरूले आफ्नो  शक्ति प्रदर्शित गर्न सक्नु पर्छ । नेपाल का संपुर्ण राजनितीक दलहरू ले आ आफना दलको मनोदशा र आश्क्ति मा परिवर्तन ल्याउने संकल्प गर्नु पर्छ। राजनितीक दलहरू ले आ आफना संल्पपत्र वा घोषणापत्र को शुक्ष्म अध्यन, मुल्याकंन र पुनरावलोकन गरि चेतनशिल  नागरिक र विद्वत वर्ग संग समेत सहयोग र सुझाव लिई आगामी दुई देखि तिन वर्षमा बेरोजगारी, भ्रष्टाचार, असमानता लाई ब्यापक चिरफार र नियंत्रण गरि नेपाली लाई सभ्य र सौम्य जीवन शैली मा लग्ने विश्वास दिलाउन सक्ने आधार तयार गर्नु पर्ने जन आवाज छ । 

लोकतात्रिक पद्धती मा प्रतेक ब्यक्तिमा सकारात्मक सोचहरूलाई  एकत्रित गरि सहअस्तित्य र सहकार्य का लागी सबै दल र प्रवुद्ध समाज एकै ठाउंमा न आई नेपाली समाज अग्रगमन तर्फ उन्मुख हुन सक्दैन भन्ने ठम्माई आम जनतामा रहेको छ ।राजनितीक दलहरू ले  घ्रिणा र निषेध को राजनिती परित्याग गरौ १ नेपाल को  लोकतंत्र को जग वलियो बनाउने अभियान मा सहयोगी बनौं ।