• बुधबार, १२ बैशाख, २०८१
  • १२:०२:२८

गणित किन गाह्रो हुन्छ ? 

ओजस्वी घिमिरे/तेजस्वी घिमिरे 

  • Netizen Nepal
  • शनिबार, १८ चैत, २०७९- १५:४९:००/ Saturday 04-01-23

ओजस्वी घिमिरे/तेजस्वी घिमिरे 
काठमाडौं,१८ चैत्र । अंग्रेजीमा म्याथ भनिने विषयलाई  नेपालीमा गणित भनिन्छ । हरेक विद्यार्थीका लागि जानकारी भएको विषय भए पनि धेरैका  लागि यो विषय गाह्रो लागेको सुन्ने गरिन्छ । हामीलाई पनि यो विषय गाह्रै लाग्छ । तर किन गाह्रो लाग्छ त ? यो विषय नै गाह्रो हो कि हामीलाई गाह्रो लागेको मात्र हो ?  कि गाह्रो बनाइएको हो त ? एक दिन हाम्रो घरमा बाबा, आमा र हामी दुई जना (ओजस्वी र तेजस्वी) वीच यसै विषयमा छलफल चल्यो । यस बारेमा विभिन्न कुराहरु पनि उठे । तर हामीले माथिका प्रश्नहरुको जवाफ खोज्न  सकेनौं । अनि बाबाले हामी दुई जनालाई संयुक्त कार्य दिनुभयो । उक्त कार्य थियो गणित किन गाह्रो हुन्छ, पत्ता लगाउ ।

हामीले गुगल सर्च गरयौं ।  आफ्नो कक्षाका केहि अनुभवहरु याद गर्यौं । अनि विभिन्न विश्लेषण गर्यौं ।  यसैका आधारमा केहि निष्कर्षहरु निकाल्यौ । तिनै निष्कर्ष र केहि तथ्यहरु यहाँ प्रस्तुत गर्दैछौं । हामीले प्रस्तुत गरेका कुरामा अरु पनि नयाँ थप कुराहरु आउने अपेक्षाका साथ हामिले यो निष्कर्ष यहाँहरु समक्ष प्रस्तुत गरेका छौ।  

विश्वमा गणितको शुरुवात छैटौं शताब्दीमा भएको थियो । इटलीमा जन्मिएका आरकीमेड्सले यसको शुरुवात गरेका थिए । नेपालमा भने गोपाल पाण्डेले सन् १८८३ मा वाक्ता चन्द्रिका भन्ने किताव लेखेर गणितको शुरु गरेका थिए ।

गणितको शुरुवात 
सरल भाषामा भन्नु पर्दा  गणित त्यो विज्ञान हो, जो संख्याको माध्यमबाट  गुणान, भाग, जोड, घटाउ लागायतसंग जोडिन्छ । हामीले गुगल  सर्च गर्दा भेटे अनुसार विश्वमा गणितको शुरुवात छैटौं शताब्दीमा भएको थियो । इटलीमा जन्मिएका आरकीमेड्सले यसको शुरुवात गरेका थिए । नेपालमा भने गोपाल पाण्डेले सन् १८८३ मा वाक्ता चन्द्रिका भन्ने किताव लेखेर गणितको शुरु गरेका थिए । यस आधार विश्वमा गणित शुरु भएको १५ सय वर्ष भएको छ भने नेपालमा शुरु भएको १ सय ४० वर्ष भएको छ । 
अहिले गणित कुनै न कुनै रुपमा प्ले ग्रुप देखि विद्यावारिधिसम्मका सबै विद्यार्थीले पढ्छन् । तर पनि यो विषय प्राय सबैलाई अप्ठ्यारो लागेको सुन्ने गरिन्छ । अहिले त जाँचको सिजन छ । जाँचको बेला त गणित विषय धेरै विद्यार्थीको टाउको दुखाइको विषय बन्छ । किन त ? गणित गाह्रो हुनुको पछाडी हामीले निकालेका निष्कर्षहरु यस्ता छन् ः 

  • हाम्रो दिमागले रोचक र चाख लाग्दा कुराहरु छिटो टिप्छ । तर गणितमा कथा, कविता, चुट्किला, इतिहास जस्ता रोचक कुराहरु हुदैनन् । त्यसैले यो विषय हाम्रा लागि सुख्खा हुन्छ । अनि सुख्खा विषय पढ्न पनि अरु विषयजस्तो रसिलो हुदैन । अनि जाँगर लाग्दैन । अनि  गाह्रो हुनु स्वभाविकै हो ।  
  • धेरै विद्यार्थीहरुले अरु विषयमा जस्ता गणित विषय प्रति त्यति चासो राख्दैनन् । त्यसले गर्दा पनि गाह्रो  लाग्छ ।
  • हामी गणित बुझेर, त्यसको  अर्थ लगाएर पढ्दैनौ । त्यसको व्यवहारिक महत्व जानेर भन्दा पनि सुत्र र तोकिएको प्रक्रियालाई घोकेर पढ्छौ । यसो गर्दा पढेको कुरा बुझ्न गाह्रो हुन्छ र छिटो बिर्सने हुन्छ । यसले गर्दा पनि गणित गाह्रो हुन्छ । 
  • हाम्रो अनुभवमा प्रायजसो विद्यार्थीहरुले गणितमा फेल भइन्छ कि भन्ने डर राखेका हुन्छन् । कतिपयले त परिक्षामा प्रतिस्पर्धीको भन्दा मेरो थोरै नम्बर आउँछकी भनेर पहिले नै डराएका हुन्छन् । यसले गर्दा उनिहरुलाई सिकाइ भन्दा पनि नम्बर कति आउँछ भन्ने संग सरोकार बढि हुन्छ । यो मानसिकताले पढेपछि स्वभाविक रुपमा गणित मात्र होइन, जुनसुकै विषय पनि गाह्रो हुने गर्दछ ।  
  • गणितमा विभिन्न हिसाब हुन्छ । ती हिसाब गर्ने विभिन्न तरिकाहरु हुन्छन् । यदि हामीले ती सबै  तरिकाहरु मार्फत सिक्न खोजेको  खण्डमा अलमलमा परिन्छ । यसले गर्दा झन् बोझ बढ्छ र सिक्न सकिदैन । अनि गणित गाह्रो हुन्छ ।
  • गणित प्राविधिक विषय हो । यसलाई सम्झने तरिका भनेकै अभ्यास हो । अभ्यास नगरेमा यो विषयमा कमजोर भइन्छ । अनि पढेको कुरा पनि बिर्सन सकिने पनि हुन सक्छ । हामी यसको अभ्यास कम गर्छौ । त्यसैले गर्दा पनि गणित गाह्रो हुने गर्दछ । तर धेरै अभ्यास गरेमा भने सजिलो हुन्छ । 
  • गणितलाई हामीले सिक्ने उत्साहको रुपमा लिनु पर्छ । यसो गरेमा हरेक अप्ठ्यारा हिसाबहरु सिकाइका अवसर हुन्छन  । यसका लागि हामीले अप्ठ्यारो परेको बेलामा शिक्षकसंग सोधेर वा घरपरिवका  सदस्यसंग सोधेर  आत्मविश्वासका साथ समस्याको समाधानका उपाय खोजी गरेमा सजिलो हुन्छ होला ।  तर त्यो अभ्यास हामीले कम मात्रामा गर्छौ । त्यसैले पनि गाह्रो हुन्छ । 
  • हामीले सुने अनुसार गणितका हरेक हिसाब हाम्रो कुनै न कुनै व्यवहारिक  जीवनमा जोडिएको हुन्छ । तर हामीलाई सिकाउँदा त्यसरी व्यवहारमा जोडेको कमै मात्रामा पाइन्छ ।  हामीले हाम्रो व्यवहारसंग जोडेर अध्ययन नगर्दा हामीलाई यो विषय परिक्षा पास गर्न र राम्रो नम्बर ल्याउँन मात्र पढ्ने हो भन्ने लाग्छ । यसरी पढ्दा हामीले गणितको महत्वलाई साँघुरो बनाएका हुन्छौ । यसो हुदा यो विषय झन् गाह्रो हुन्छ । 
  • विद्यालय र घरमा समेत हामीलाई गणित गाह्रो विषय गाह्रो हुन्छ भनेर सुनाइन्छ । तर धेरै नम्बर ल्याउँनका लागि सबै हिसाब मिलाउनु पर्ने उपदेश दिइन्छ । यसले गर्दा हामीलाई एकातिर दबाब र डर बढ्छ भने अर्को तर्फ हाम्रो दिमागमा गणित विषय नै गाह्रो हो भन्ने छाप परेको हुन्छ । अनि पढ्दा पनि म गाह्रो विषय पढेको छु भनेजस्तो हुन्छ । यसले पनि गणित विषयलाई अप्ठ्यारो बनाउनमा भूमिका खेलेको हुन्छ । 
  • अरु विषय पढाउँदा देश विदेशका रोचक प्रसंग र सम्बन्धित् घटना तथा तथ्यपरक उदाहरणहरु दिइन्छ । तर गणित पढाउँदा शिक्षकहरुले पनि तरिका र सुत्र मात्र पढाउँनुहुन्छ । यसले गर्दा यो विषय सिक्ने तरिका नै अरु विषयको भन्दा सुख्खा हुन्छ । त्यसैले पनि यो विषय गाह्रो भएको हुन सक्छ । 
  • हरेक गणितका हरेक हिसाबहरु  हाम्रो व्यवहार संग जोडिन्छन् होला । हरेक गणितको आफ्नै  महत्व  र इतिहास पनि हुन्छ होला । तर प्राय गणित  शिक्षकले हिसाब पढाउँने बाहेक यो विषयका रोचक पक्षहरु सिकाएको पाइदैन ।तर  शिक्षकले  गणितको वृहत्तर महत्व र सरल सिकाइ तरिका हामीलाई सिकाएका हुदैनन् ।  घोकन्ते र रटन्ते पाराले विद्यार्थीलाई सिकाएका हुन्छन्   । अनि सिकाउने तरिका नै सरल , रोचक र  व्यवहारिक नभए पछि विद्यार्थीलाई सिक्ने उत्साह कम हुन्छ।  पछि त्यो कम उत्साह  गाह्रोमा परिणत हुन्छ।   

विद्यार्थी असफल भयो वा कमजोर भयो भने त्यसको दोस उसलाई नै दिइन्छ । हाम्रो विचारमा विद्यार्थी असफल हुनुको पछाडी विद्यार्थी मात्र दोशी हुदैन । त्यहाँ हाम्रो पाठ्यक्रम, विद्यालय, शिक्षक तथा परिवार पनि जोडिएको हुन्छ ।

गणित गाह्रो लाग्नुका पछाडि यस्तै कुराहरु बाधक रहेका जस्तो लाग्छ । तर विद्यार्थी असफल भयो वा कमजोर भयो भने त्यसको दोस उसलाई मात्रै  दिइन्छ । हाम्रो विचारमा विद्यार्थी असफल हुनुको पछाडी विद्यार्थी मात्र दोशी हुदैन । त्यहाँ हाम्रो पाठ्यक्रम, विद्यालय, शिक्षक तथा परिवार पनि जोडिएको हुन्छ । विद्यार्थी गणितमा कमजोर हुनुको पछाडी हाम्रा गणित शिक्षकहरु नै कमजोर भएको कारणले त होइन ? यो प्रश्न पनि हामीले उठाउनु पर्छ ।

सायद शिक्षकलाइ  पनि गणित अप्ठ्यारो लागेको हुन सक्छ । त्यहि कुरा विद्यार्थीमा पुगेको हुन सक्छ । हाम्रो विचारमा विद्यार्थी कमजोर हुनु भनेको  शिक्षक पनि कमजोर हुनु हो कि । त्यसैले  गणितमा विद्यार्थी मात्र होइन शिक्षक पनि कमजोर भएका हुन सक्छ भन्ने तरिकाले पनि हेर्ने कि  ।  त्यसैले गणितलाई सजिलो बनाउँन शिक्षकबाटै सुधारको शुरुवात गरेमा गणित गाह्रोबाट सजिलोमा परिणत हुन सक्छ । 
यहाँ उल्लेख गरिएका तथ्यहरु हामीले व्यक्तिगत रुपमा अनुभव गरेका, भोगेका र विभिन्न तरिकाबाट सिकेको कुराहरु हुन् । यस भन्दा अरु पनि थुप्रै कुराहरु हुन सक्छन् ।

लेखकद्वय सुन्दरवन स्कूल अफ साइन्समा  अध्ययनरत विद्यार्थी हुन् ।