• बुधबार, १२ बैशाख, २०८१
  • ०५:०३:०४

सुनखानीबाट निस्कन्छ झण्डै ३ करोड कारबाट निस्कने जति कार्बन

  • Netizen Nepal
  • सोमबार, ११ बैशाख, २०८०- १६:२६:००/ Monday 04-24-23

नेटिजन संवाददाता 
काठमाडौँ, ११ बैशाख । पछिल्लो समय सुनको भाउ आकाशिएको छ । जति महँगो भए पनि मानिस सुन भनेपछि मरिहत्ते गर्छन । सुनलाई अचल सम्पतिका रुपमा महत्वका साथ् हेरिन्छ । परापुर्व कालदेखि नै सुन भएका मानिसहरु धनी कहलिन्थे ।  

प्राचिन इजिप्टका शासकहरुको समाधि होस् या ओलम्पिक्स विजेताहरुको पदक, राजाहरुको मुकुट या ओस्कारमा पुरस्कार दिइने  प्रतिमा लगायत धेरै कुरामा सुनको प्रयोग गरिन्छ । सुन हाम्रो जनजिवनमा जताततै छ ,सुनैलो टिकट देखि सुनको डिस्कसम्म, सुनको हतकडिदेखि कमेडी गोल्डसम्म ।

मुलतः ताराहरुको अवशेषहरुमा उत्पन्न हुने यो धातुका भौतिक गुणहरु  अद्भुत छन् । यसलाई सजिलै विभिन्न आकारमा ढाल्न सकिन्छ । तर यो पगाल्न टिन वा लेड जस्ता धातुलाइ भन्दा बडि तापमान चाहिन्छ । यसमा न खिया लाग्छ न उगाल आउँछ । यो गजवको सुचालक हो । विद्युतिय उपकरणको लागि पनि उपयुक्त हुन्छ । 

तपाईंको मोवाइलमा सुनका सुक्ष्म अंशहरु पक्कै हालिएको हुन्छ । धातुहरुमा यो अलि दुर्लव धातु हो । वास्तवमा पृथ्वीमा अहिलेसस्म भेटिएका सवै सुन एकै ठाउँमा भेला पार्ने हो भने प्रत्येक भुजा २३ मिटर हुने एउटा घनाकार बनाउन सकिन्छ । र्दुलभ भएकाले नै सुन बहुमूल्य बनेको हो । हिजोआज रेस्टुराँमा तपाईँ कसैलाई सुनको सिक्कामा भुक्तानी दिन सक्नुहुन्न  । तर बजार कमजोर हुँदाको अवस्थामा यो अझै पनि सुरक्षित सम्पति हो ।

देशहरुले आफ्नो शक्ति देखाउन अझै पनि सुन थुुपार्ने गरेका छन् । सुनकै लागि स्पेनी सेनानायकहरुले अमेरिकी महादेशहरुमा आतङ्क मच्चाए, इन्का माया र एज्टेकहरुमाथि अत्याचार गरेर उनिहरुले स्पेनका शासकहरुलाई १०० टन सुन पठाए । अहिलेको मुल्यमा त्यसलाई झन्डै ६ अर्व डलर पर्छ । अधिकांश त्यस्तो सुन पगालियो त्यस क्रममा असङ्ख्य कलात्मक वस्तु र गरगहना मासियो ।

उन्नाइसौं शताब्दीमा मानिसहरु सुन खोज्न क्यालिर्फाेर्निया र दक्षिण अष्ट्रेलियाका विकट स्थानमा ओइरिए ।केहिको भाग्य चम्कियो । बन्र्हार्ड्ट होल्टर्मानले सन् १८७२ मा अस्टे्लियामा २८९ केजी तौलको विशाल सुनको ढिक्का फेला पारे । आदिवासीहरुले पनि नराम्रो दु:ख पाए । सुनखानीका लागि उनिहरु मथि आक्रमण भयो र उनिहरुलाई आफ्नो भुमिबाट धपाइयो । सुनको विवादैको कारण केही युद्धहरु भए । 

पृथ्वीबाट निरन्तर सुनको दोहन भएको छ । तर सुनको उत्खननमा धेरै ऊर्जा खपत हुन्छ । सुनखानीबाट प्रत्येक वर्ष झण्डै २.८ करोड कारहरुबाट उत्सर्जन हुने जति कार्बन निस्कन्छ । सतर्कतापुर्बक उत्खनन नगरे नदिहरु दुषित हुन सक्छन् । जैविक प्रणाली बिथोलिन सक्छ र पारोजस्तो अतिविषाक्त प्रदुषकहरु हावामा फैलिन सक्छन् ।

नियमन नगरिएका साना खानिमा लाखौँ मानिसहरु संलग्न छन् । अतिविपन्न देशहरुमा ससाना बच्चालाई पनि सुन खोज्ने काममा लगाईएको पाइन्छ । मान्छेको सुनप्रतिको आशक्तिबाट हिंसा,शोषण र विनास भएको छ । सुनका कारण उत्पन्न नराम्रो पक्षतिर ध्यान दिने हो भने यो बहुमूल्य धातुको विवेकपूर्ण प्रयोगमा ध्यान दिन सकिन्थ्यो कि । बिबिसी ।