• बिहीबार, १३ बैशाख, २०८१
  • १०:४८:५३

नेपालको कुटनीतिक तरलता कहिलेसम्म ?

  • Netizen Nepal
  • सोमबार, १५ जेठ, २०८०- १२:४१:००/ Monday 05-29-23

रामकृष्ण पोखरेल 
नेपालको कुटनितीक इतिहास सन् १९३४ देखि शुरू भएको पाइन्छ । सन १९३४ तिर नै पहिलो पटक वेलायतमा कुटनितीक स्तरको राजदुतावास खोलेर दुई पक्षिय ( नेपाल र बेलायत) कुटनिती प्रारम्भ भएको थियो । भारतमा सन् १९४५ तिर मात्र राजदुतावास स्थापना भएको थियो तर राजनैतिक सम्बन्ध तत्कालिन प्रधानमन्त्री जंग बहादुर राणाका पालादेखि नै अविरल सम्बन्ध रहेको देखिएको छ । यो दुवै देशमा बेलायतीहरूको नै राज्यसत्ता थियो । नेपालले दुवै देशमा राजदुतावास खोल्दा राणाहरू राज्य सत्तामा थिए । यी दुवै देशहरूमा राणा प्रधानमन्त्रीका नजिकका नातेदार र हजुरियाहरूले नै नियुक्ति पाउने गरेका थिए । राणाकालीन समयमा राजदुतावासको स्थापनाको उद्धेश्य यी दुई मुलुकहरुलाई खुशी पार्ने, सत्ता टिकाउने र सुरक्षितसाथ् चलाइराख्ने थियो । 

राजाको प्रत्यक्ष शासनको शुरूवात २०१७ पौष ०१  मा जननिर्वाचित सरकारको बर्खास्ती गरि प्रजातन्त्रको अपहरण पश्चात स्थापना भएको निर्दलिय पञ्चायती शासनले राजाको प्रत्यक्ष शासन र निर्दलिय पञ्चायती व्यवस्थाको आड भरोसा पाउन विभिन्न देशमा केहि परिचित क्षेत्रका अनुहारहरू प्रयोग हुने गरेको बुझिएको छ । नेपालमा कुटनितीक पदहरूमा तत्कालीन प्रत्यक्ष शासन र प्रशासन चलाउनेहरूले  नै नियुक्ति गरि पठाउने गर्दथे । अलि महत्वपुर्ण देशहरूमा अलि दक्ष कुटनितीक र वैदेशिक क्षेत्रका जानकारहरू जो की राजाका विश्वास पात्रहरूलाई मात्र पठाइन्थ्यो ।  कम महत्वका देशहरूमा परराष्ट्रका सामान्य जानकारहरूलाई नियुक्ति गरि पठाउने प्रचलन थियो । यी कुटनितीक मिसनमा जानेले सामान्यरूपमा दुई पक्षिय सहयोग र तत्कालिन शासन व्यवस्थाको जोड तोडका साथ ती सम्बन्धित देशहरूको समेत सहयोगका लागी पहल गर्नुपर्ने अवस्था थियो ।

सामान्यतया विश्वमा विभिन्न मुलुकहरूले आ-आफ्ना कुटनितीक दुतहरू मुलुकको उत्थान र प्रगतिका लागी सहायक हुनुपर्छ भन्ने मान्यताका साथ नियुक्ति गरि पठाउने प्रचलन रहेको छ । यसै मान्यतालाई अध्यन गर्दा १८औं शताब्दीताका फ्रान्सका राज्य सत्ताले बेलायतका लागी १८ शताब्दीको अन्त्यतिर नियुक्त हुनुभएका चार्लस माउरीको नाम विश्व कुटनितीक इतिहासमा स्मरण गर्ने गरिन्छ । चार्ल्सले नै सामान्यतया कुटनितीकहरूले कुन कुन क्षेत्रमा आफ्ना देशको हित हुनेगरि काम गर्नुपर्छ भन्ने कुराहरू अगाडी सारेका थिए । कुटनितीज्ञहरूको सम्पर्क त्यस देशका जनतादेखि जनतासम्म हुने गरि काम गर्नुपर्दछ । 

ती कुटनितीक क्षेत्रहरू यस्ता छन् । 

१. आर्थिक कुटनिती (Economic Diplomacy )
यसमा दुवै देशको हित हुने आर्थिक लगानी परिचालन गर्ने र यसको पृष्टपोषण गर्न दुवै देशका शासक र प्रशासकसंग नितीगत रुपान्तरणका लागी पहल गर्ने गरिन्छ । 

२. सांस्कृतिक कुटनिती ( Cultural Diplomacy) 
यसमा देशको संस्कृतिक महत्वका स्थल, पर्यटकिय क्षेत्र र धार्मिक महत्वका सम्पदाहरुको प्रचार प्रसार र बजारिकरण गर्नुपर्ने हुन्छ ।  

३. क्षेत्रिय कुटनिती (Regional Diplomacy) 
यो कुटनितीमा आफ्नो देश र आफ्नो छिमेकी र क्षेत्रका देशहरूसंग शान्ती र समृद्धिका लागि उपयोगी संस्थाहरूसंग सहकार्य गर्ने वातावरण बनाउने जस्तै सार्क क्षेत्रिय सहयोग, संघाई कर्पोरेसन अर्गनाईजेशन, बिमस्टेक आदि पर्दछन ।  

४. उर्जा कुटनिती (Energy Diplomacy) 
नेपालका लागी यो कुटनिती क्षेत्रले धेरै नै महत्व राख्दछ । नेपालको जलश्रोतको अधिक प्रयोग गरि देशको गार्हस्थ उत्पादन बढाउन धेरै नै ठुलो भुमिका खेल्ने विश्वास गरिन्छ । अर्थात नेपालको १ लाख २५ हजार मेगावाट जलविद्युतको उपयोग गर्न सम्बन्धित देशका लगानीकर्ता र सरकारसंग दुई पक्षीय र बहुपक्षिय पहल गर्ने कुराहरु यसमा पर्दछन।

यी माथि उल्लेख गरेका विशिष्ठ काम बाहेक नेपालका कुटनितीज्ञहरूले : गैर आवाशिय नेपाली र नेपाली वैदेशिक कामदारको प्रोटोकलसम्बन्धि काममा सहयोग पुर्याउनुपर्ने हुन्छ । आफु लगायत त्यस देशमा रहेका नेपालीहरूको प्रतिरक्षा र विशेषाधिकारको सुरक्षा सुनिश्तित गर्न सक्नुपर्छ । 

वर्तमान सरकार लोकतन्त्रको कसीमा खरो रूपमा उभिई देशको प्रतिष्ठा र पहिचान बनाउन तथा विगतका कुटनीतिक नियुक्तिमा भएका गल्तीहरूलाई तत्तकाल सुधार गर्न किमार्थ पछाडि पर्नु हुँदैन। 

 

के नेपाल सरकारले राजदुत नियुक्ति गर्दा माथि भनिएका प्रचलनहरूलाई आत्मसाथ् गरि कुटनितीज्ञहरू अनियुक्ति गरेको छन् त ? पैसाको लेना देना र राम्रा होईन हाम्रा मान्छेको नै मापदण्ड राखि नियुक्ति हुने गरेको चर्चा यत्र तत्र सुन्ने गरिन्छ । लोकतन्त्रको कसीमा वर्तमान सरकार आफुलाई खरो रूपमा उभिई नेपालको प्रतिष्ठा र पहिचान बनाउन तत्काल केहि विगतका कुटनीतिक नियुक्तिमा भएका गल्तीहरूलाई तत्तकाल सुधार गर्न किमार्थ पछाडि पर्नु हुँदैन भन्ने बुद्धजिवीहरूको ठम्माई छ । 

जनता देखि जनतासम्म पुग्नसक्ने आ आफ्नो क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तीहरू पहिचान गरि कुटनितीक नियुक्तिमा भएका गल्तीहरू सच्चाउनु पर्ने समयको माग रहेको छ । आर्थिक कुटनीति, संस्कृतिक कुटनीति , क्षेत्रिय र छिमेकी देशको कुटनीति, उर्जा कुटनीति ,  गैर आवाशिय नेपाली र वैदेशिक रोजगारमा रहेकाको चाहना, शुरक्षा र हितमा काम गर्न गराउन असल, सक्षम, लोकतंत्रको प्रवर्धन र संरक्षण कोवातावरण बनाउनका लागी 'रूपैया पैसाको लेन देन' आफ्नो मान्छे होईन राम्रा मानिस पहिचान गरि राजनैतिक कुटनितीज्ञहरू नियुक्तिका लागी अगाडी बढ्नुपर्छ भन्ने आम नेपालीको माग छ । 

विश्व विख्यात कुटनितीक पहिचान बनाएका हेनरी किशिंगर वा बेन्जामिन फ्रानंकलिन वा कोनंडलिना राईसजस्ता मानिस पक्कै पनि नेपालीले खोजेका होईनन् । नेपाली र नेपाल भित्रै रहेका उचित व्यक्तित्वहरूको खोजीको जिम्मा सरकारमा नै रहेको छ भन्ने सचेत नागरिकको बुझाई छ । लामो समयसम्म कुटनितीक तरलतालाई सहि बाटोमा ल्याउन सरकारले अविलम्ब कदम चाल्नुपर्छ भन्ने सोच बौद्धिक क्षेत्रको रहेको छ ।