९८ प्रकारका औषधि निःशुल्क
- Netizen Nepal
- सोमबार, १५ जेठ, २०८०- १९:५८:००/ Monday 05-29-23

नेटिजन सम्बाददाता
काठमाडौँ, १५ जेठ। सरकारले ९८ प्रकारका औषधि, खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने भएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आज सङ्घीय संसद्मा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्दै मुलुकभरका छ हजार सात सय ४३ वडाका आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट यो सुविधा लिन सकिने बताउनुभयो ।
औषधि, खोपलगायत आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउन एक अर्ब २८ करोड विनियोजन गरिएको अर्थमन्त्री डा महतले जानकारी दिनुभयो । कार्यक्रमअन्तर्गत स्वदेशमा नै उत्पादित औषधि खरिद गर्न प्राथमिकता दिइनेछ । बहुसङ्ख्यक जनताले सेवा प्राप्त गर्ने गरी पायक पर्ने स्थानमा आधारभूत अस्पताल निर्माण तथा सञ्चालन गर्न प्राथमिकता दिइने बजेटमा उल्लेख छ ।