• बिहीबार, १३ बैशाख, २०८१
  • ०३:३८:४३

मौलिकता समेटेर चार पुल निर्माण गरिने   

  • Netizen Nepal
  • मंगलबार, २३ जेठ, २०८०- १४:०४:००/ Tuesday 06-06-23

 नेटिजन संवाददाता 

काठमाडौँ, २३ जेठ । सडक विभागले आगामी वर्ष चार स्थानमा पुल निर्माण गर्न प्रक्रिया अघि बढाउने भएको     

काठमाडौँ उपत्यकाको बागमती नदी, चितवनको नारायणी नदी, कास्कीको विजयपुर रुपन्देहीको तिनाउ नदीमा अत्याधिक पुल निर्माणका लागि अध्ययन थालिएको सडक विभाग, पुल महाशाखाका प्रमुख नरेशमान शाक्यले बताउनुभयो    

 उहाँले भन्नुभयो, “विश्वका कतिपय सहर पुलका कारण चिनिन्छन्, त्यसैगरी यी पुल पनि ती ठाउँको परिचय झल्किने गरी बनाउन लागिएको ।” विशेषतासहित पुल निर्माणको योजना बनाइएको शाक्यको भनाइ    

 नयाँ बनाइने चारवटै पुलमा स्थानीय मौलिकता समेट्ने गरी डिजाइन गरिने उहाँले बताउनुभयो काठमाडौँमा मन्दिर वा कुनै कलात्मक कुरा, चितवानमा गैँडा अरु ठाउँमा पनि त्यहाँको विशेषता समेट्ने योजना रहेको तिनाउ नदीमा बिश्व बैंकको ‘सिग्नेचर पुलमा एक्सेस प्रोग्राम’ अन्तर्गत पुल निर्माण गर्न लागिएको पोखरामा पुल निर्माणका लागि विभागले अन्तर्राष्ट्रिय विज्ञको सहयोगमा डिजाइन तयार गर्ने योजना बनाएको  । रासस