• आइतबार, १६ बैशाख, २०८१
  • १०:२१:१८

दोरम्बामा प्रचण्ड

  • Netizen Nepal
  • आइतबार, ३ भदौ, २०८०- ०६:१२:००/ Sunday 08-20-23

नेटिजन सम्बाददाता

काठमाडौं,१ भदौ । गत भदौ १ गते रामेछापको दोरम्बामा १५ वर्ष हत्य गरिएका माओवादी कार्यकर्ताको स्मृतिसभामा प्रधानमनत्री प्रचण्ड। 
 २०६० साल साउन ३२ गते दाङको हापुरेमा तत्कालीन विद्रोही पक्षले युद्ध विरामको घोषणा गरेकै अवस्थामा सरकार र माओवादीबीच वार्ता भइरहदा दोरम्बा स्थित शिक्षक युवराज मोक्तानको घरमा पार्टीको बैठक र वैवाहिक कार्यक्रममा जम्मा भएका जिल्ला स्तरीय नेता तथा कार्यकर्तालाई मेजर राममणि पोखरेलको नेतृत्वमा रहेको रहेको सेनाको गस्ती टोलीले घर घेरा हाली नियन्त्रण लिइएको थियो। सेनाले नियन्त्रणमा लिएका नेता तथा कार्यकर्ताको हात बाध्नुका साथै आँखामा पट्टीसमेत बाधेर दोरम्बा बजार हुँदै डडुवाका डाँडा कटेरीमा लगेर हत्या गरेको थियो । २ जनाको नियन्त्रणमा लिएको घरमा हत्या गरेको थियो भने १९ जनालाइ भने डाँडाकटेरी पु-याएर गोली हानी हत्या गरेको थियो। दोरम्बा घटना पछि माओवादी बार्ता भंग गरी हिँडेको थियो।