• बुधबार, १० असोज, २०८०
  • ०५:५९:०३

धार्मिक पर्यटक संगम नरसिंह धाम

  • Netizen Nepal
  • सोमबार, ११ भदौ, २०८०- ११:४६:००/ Monday 08-28-23

नेटिजन संवाददाता  
काठमाडौँ, ११ भदौ । एकातिर बूढीगण्डकी अर्कोतिर नेत्रावती । यही २ नदीको सङ्गममा छ नरसिंह धाम । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१, सल्यानटारको फेदीमा रहेको धाममा हिजोआज दैनिक सयौँ भक्तजन पुग्ने गरेका छन् ।

गोरखा र धादिङ जिल्लाको सिमानामा पर्ने यी २ नदी मिसिएको दोभान प्राचीन समयदेखि नै नरसिंह देवताको उत्पत्ति स्थलको रूपमा परिचित छ । यशोधरा भन्नाले बुढीगण्डकी र नेत्रावती भन्नाले आँखु खोला भन्ने बुझाउँछ । 

 विसं २०७६ देखि रु २१ करोडको लागतमा नयाँ मन्दिरको सुरुवात गरिएको छ । मन्दिर निर्माणका लागि विभिन्न पालिकाहरुको लगानी रहेको छ भक्तजनबाट सङ्कलन भएको रकमबाट मन्दिरका अतिरिक्त गुरूकुल भवन, आवास गृह, प्रसादी गृह, गौशालालगायतका भौतिक संरचना निर्माण भइरहेको छ । 

 

अघिल्ला वर्षहरुमा खासै चर्चामा नरहेको धाम एकाएक चर्चामा आएसँगै धार्मिक पर्यटकको चहलपहल निकै बढेको छ । साउन महिनामा मात्रै १० लाख बढी भक्तजनले नरसिंह धामको दर्शन गरेका छन् । नरसिंह धाम विकास संरक्षण मूल समितिका अध्यक्ष फणिकान्त छत्कुली भन्नुहुन्छ–‘‘साउन महिनाको सुरुवातदेखि एक महिने विशेष मेला आयोजना गरियो । त्यसपछि देशका कुनाकाप्चा र भारतबाट पनि भक्तजन आउन थाले ।’’ हिजोआज दैनिक सयौं भक्तजन धाममा पुग्छन् । बिदाको दिन त सानाठूला गरी २ सय सवारी त्यहाँ पुग्ने गरेको उहाँको भनाइ छ ।

धाममा जाने भक्तजन बुढीगण्डकी र नेत्रावतीको दोभानमा नुहाउँछन् र नरसिंहको अवतारमा पूजापाठ गरी भेटी चढाएर फर्किन्छन् । धेरै भीड भएको दिन चार लाख रुपैयाँसम्म भेटी सङ्कलन भएको अध्यक्ष छत्कुलीले बताउनुभयो । उहाँका अनुसार त्यही भेटीबाट केही खर्च छुट्याएर धाममा पुग्ने भक्तजनलाई प्रसादीको रुपमा निःशुल्क खाना खुवाउने व्यवस्था गरिएको छ ।

यस धामको २०६६ फागुनदेखि खोज अनुसन्धान सुरु भयो । शास्त्रीय प्रमाणका आधारमा पं. मोहन लामिछाने स्थानीयवासीको सहयोगमा नरसिंह मन्दिरको स्थापना गर्नुभयो । २०६७ सालमा आँपको फेदमा बसेर पुराण लगाएर उठेको पैसाले मन्दिरको संरचना निर्माण थालियो । मन्दिर बनाउने स्थान खार्ने क्रममा लिच्छबीकालीन सिक्का पैसा, इँट्टाका मूर्तिलगायत भग्नावषेश फेला पर्‍यो ।

त्यसपछि हरेक वर्ष पुराण लगाउन थालियो । २०७२ सालको भूकम्पले मन्दिर भत्किएपछि उत्खनन् गर्दा प्राचीन ढुङ्गा, इँटा र सिक्काहरू भेटिएको थियो । सल्यानटारको तल्लो क्षेत्र सबै बालुवा र ढुङ्गाको डाँडो जस्तो छ । तर यस ठाउँमा भने ७-८  फिट गहिरो खन्दा चिम्ट्याइलो रातो माटो र इँटाका अवशेष भेटिन्छन् ।

विसं २०७६ देखि रु २१ करोडको लागतमा नयाँ मन्दिरको सुरुवात गरिएको छ । मन्दिर निर्माणका लागि विभिन्न पालिकाहरुको लगानी रहेको छ भक्तजनबाट सङ्कलन भएको रकमबाट मन्दिरका अतिरिक्त गुरूकुल भवन, आवास गृह, प्रसादी गृह, गौशालालगायतका भौतिक संरचना निर्माण भइरहेको छ ।  

पुरातत्वविद्ले खोज अनुसन्धानमा यहाँ लिच्छवीकालीन बस्ती भएको अनुमान गरिएको छ । अर्कोतर्फ वैदिक सनातन शास्त्रहरूमा भगवान् नरसिंहदेवको विभिन्न १२ वटा प्राकट्य स्थल र १२ वटा नरसिंह पीठमध्ये यो स्थानलाई पनि एक पीठको रूपमा वर्णन गरिएको छ । शास्त्रीय हिसाबले यी २ नदी बुढीगण्डकी र नेत्रावतीलाई नार सिंह र ब्राह्मी भनेर स्कन्द पुराण र पद्म पुराणमा व्याख्या गरिएको छ ।

 

यहाँ गुरूकुल पनि सञ्चालन भइरहेको छ । यसका लागि शिक्षा मन्त्रालयले २ वटा विद्यालय भवन बनाउन सहयोग गरेको छ । गुरूकुलमा हाल ५० भन्दा बढी विद्यार्थी छन् । भक्त प्रल्हादले ज्ञान प्राप्त गर्नुभएको स्थल भएकाले यो स्थान गुरूकुल सञ्चालनको निम्ति अत्यन्त महत्वपूर्ण रहनेको पुरोहित गणेश लोहनी बताउनुहुन्छ । भक्त प्रह्लादले तपस्या गर्दा भगवान् नरसिंहले नदीबाट प्रकट भएर दर्शन दिनुभएकाले त्यो नदीको नाम नारसिंहे भनेर रहन गयो र त्यो नदी नै अहिले नेत्रावती (आँखु) नामले चिनिन्छ । नेत्रावती नदी भगवान् शिवजीको आँखाबाट बगेकी हुन् भन्ने पनि जनविश्वास पाइन्छ ।

नरसिंह स्फटिक खम्बाबाट धाम हुँदै आगिञ्चोकसम्म पुग्दा भगवान् नरसिंह प्रकट भएको स्थल, होलीको दहन भएको स्थल (आगिञ्चोक), नारदमुनिले प्रह्लादलाई उपदेश दिनु भएको स्थल पनि यही हो भनिएको छ । विभिन्न पुस्तकहरुमा लेखिएअनुसार यस स्थानलाई श्वेतवराह कल्पमा प्रह्लाद महाराजले तपस्या गरेर भगवान् नरसिंह प्रकट भई दर्शन दिनुभएको स्थल भनी उल्लेख गरिएको छ ।

अहिलेसम्म तीन सय विद्यार्थी राख्न मिल्ने गुरूकुल भवन, ४ सयसम्मलाई खाना खुवाउन सकिने प्रसादी गृह, २ सय जनालाई राख्न सकिने अतिथि आवास गृह, ४० ओटासम्म गाई पाल्न सकिने गौशालाका साथै भण्डार कक्षहरुको निर्माण सम्पन्न भइसकेको छ । हाल श्रीवास कृष्णदास ब्रह्मचारीको सत्संकल्पमा मन्दिर निर्माणसहित यस क्षेत्रलाई विशिष्ट धामको रूपमा विकसित गर्ने उद्देश्यका साथ काम अगाडि बढिरहेको छ ।

पुरातत्वविद्ले खोज अनुसन्धानमा यहाँ लिच्छवीकालीन बस्ती भएको अनुमान गरिएको छ । अर्कोतर्फ वैदिक सनातन शास्त्रहरूमा भगवान् नरसिंहदेवको विभिन्न १२ वटा प्राकट्य स्थल र १२ वटा नरसिंह पीठमध्ये यो स्थानलाई पनि एक पीठको रूपमा वर्णन गरिएको छ । शास्त्रीय हिसाबले यी २ नदी बुढीगण्डकी र नेत्रावतीलाई नार सिंह र ब्राह्मी भनेर स्कन्द पुराण र पद्म पुराणमा व्याख्या गरिएको छ ।

स्थानीय पाकाहरूको भनाइअनुसार घाटबेंसी जाने पुल बन्नुभन्दा पहिला मानिसहरू गण्डकी नदी पार गर्न जँगार तर्नुपर्दा यहाँ तल आउनुपर्ने बाध्यता थियो । त्यतिखेरसम्म यहाँ पूजाआजा हुने गर्दथ्यो । त्यतिबेला यहाँ मन्दिर थिएन । तर यहाँ नरसिंह देवता छन् भन्दै थुम्कामा फूलपाती र भेटी चढाएर जाने चलन थियो भन्ने कथन छ । 

 हाल मन्दिर निर्माण भइरहेको स्थान बुढीगण्डकी जलविद्युत आयोजनाले डुबानमा पर्ने भएपछि ७० मिटर अग्लोसम्म पानीको ताल जाँदा त्यसलाई थेग्न सक्ने गरी जग राखिएको समितिका अध्यक्ष छत्कुलीको भनाइ छ । ताल बनेपछि मन्दिरसम्म ढुङ्गामा आउने र लिफ्टबाट मन्दिरमा झर्ने र दर्शन गरेर फर्किन सकिने गरी मन्दिरको संरचना निर्माण भइरहेको उहाँले जानकारी दिनुभयो ।

 

त्यतिबेला कतिपय मानिसले जताततै इँटा देखिने हुँदा यस क्षेत्रलाई इँटको डाँडो भन्ने गरेको किंवदन्ती छ । पछिल्लो समय मन्दिर निर्माणको निम्ति उत्खनन् गर्दा पनि २०३५ सालभन्दा अगाडिका झण्डै २ पाथी जति सिक्का भेटिएको थियो । नरसिंह धाम पछिल्लो समय आन्तरिक पर्यटनको गन्तव्य बनिसकेको छ । साउन महिनाभर चलेको पुरुषोत्तम महायज्ञ कथा अर्चना तथा नृसिंह महायज्ञले यसलाई अझ परिचित गराएको छ । विभिन्न सामाजिक संजालहरुमार्फत पनि यसको प्रचार निकै भएको पाइन्छ ।

धादिङ र गोरखाका स्थानीय सरकारहरुले पनि धामको प्रचार र यस क्षेत्रको पर्यटनको विकासमा राम्रै सहयोग गरिरहेको छ । नरसिंह धामलाई धार्मिक पर्यटनका लागि देशकै नमूना स्थल बनाउने योजनासहित काम गरिरहेको त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष राजु उप्रेतीले बताउनुभयो । यो वर्ष बाटो स्तरोन्नति गराएर सानाठूला सबै सवारीलाई सजिलै धामसम्म पुर्‍याउने योजना रहेको उहाँको भनाइ छ ।

हाल मन्दिर निर्माण भइरहेको स्थान बुढीगण्डकी जलविद्युत आयोजनाले डुबानमा पर्ने भएपछि ७० मिटर अग्लोसम्म पानीको ताल जाँदा त्यसलाई थेग्न सक्ने गरी जग राखिएको समितिका अध्यक्ष छत्कुलीको भनाइ छ । ताल बनेपछि मन्दिरसम्म ढुङ्गामा आउने र लिफ्टबाट मन्दिरमा झर्ने र दर्शन गरेर फर्किन सकिने गरी मन्दिरको संरचना निर्माण भइरहेको उहाँले जानकारी दिनुभयो ।

धादिङको सदरमुकाम धादिङबेसीबाट मुरलीभञ्ज्याङ, ज्यामिरेबजार हुँदै टारीबेसी पुगिन्छ । त्यसपछि देशकै चर्चिक टार सल्यानटार उक्लिएर नरसिंह धामको ओरालो झर्नुपर्छ । धादिङबेसीबाट सयानटारको बसको यात्रा करिब एक घण्टा ४५ मिनेको हो । धादिङबेसीबाट आरुघाट जाने बसले सल्यानटारको पानी ट्याङ्की भन्ने ठाउँसम्म पुर्‍याउँछ । त्यसपछि म्याजिक भ्यानबाट करिब २० मिनेट नरसिंह धाम परिसर पुग्न सकिन्छ । रासस।