• बुधबार, २ माघ, २०८१
  • १०:५६:२४

व्यवसायिक कारोबारलाई जोडेर यसरी फैलिदै ईसेवा 

काठमाडौं, १० असोज ।  ईसेवा  अब कारोबारमा मात्र सिमित छैन । यो एउटा जनजीब्रोको बोली नै बन्यो । शहर बजार देखि गाउँगाउँसम्म, व्यक्ति देखि कार्यालय सम्म डिजिटल भुक्तानीमा स्वतः सम्झिने  विश्वास बनिसकेको छ । इसेवाको सेवा क्षेत्र यसरी विस्तार भएको छ कि यसले दिएका सेवाहरु मानिसका सुविधामा परिणत भएका छन् । यस्ता सुविधालाई विस्तार गर्न इसेवाले हरेक समयमा नयाँ र श्रृजनशील स्किमहरु ल्याइरहन्छ । यसैवीच भर्खरै मात्र ईसेवा क्यूआर मर्चेन्ट मार्फत जोडिएकाहरुका लागि  आकर्षक उपहारहरू जित्ने एउटा अफर  ल्याएको जनाएको छ ।  यहि भाद्र १५ देखि मङ्सिर १४  सम्म  ३ महिना चल्ने यस अफर मार्फत ईसेवा क्यूआर मर्चेन्टहरूले रु ५ सय सम्मको टप–अप  सुविधा पाउँनेछन् । त्यसैगरी हरेक हप्ता ५ जना व्यवसायीले १ महिनाको इन्टरनेट सित्तैमा जित्न सक्नुहुनेछ । 
हाल ४ लाखभन्दा बढी साना तथा ठुला व्यवसायीहरु इसेवामा जोडिएको छन् । व्यक्तिसंगै व्यवसायमा पनि यो सेवालाई वस्तार गर्नका लागि इसेवाले यो अफर  ल्याएको छ । यसका लागि क्यूआर मर्चेन्ट भएका व्यवसायीहरूले इसेवामार्फत प्राप्त बिजनेस क्यूआर मार्फत भुक्तानी लिएको हुनुपर्नेछ । व्यवसायीहरूले इसेवा बिजनेस क्यूआर सक्रिय भएको पहिलो महिनामै रु.१ सय वा सो भन्दा बढिको ३ वा बढि कारोबार क्यूआर मार्फत प्राप्त गर्दा रु.१० देखि रु. ५ सय सम्मको टप–अप प्राप्त गर्न  सकिने छ । यसै गरी हरेक हप्ता ५ जना भाग्यशाली मर्चेन्टले रु. १५ सय बराबरको १ महिनाको इन्टरनेट प्याकेज पनि जित्न सकिने योजना पनि रहेको छ । 


हाल इसेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोबाइल मार्फत करिब ७ लाख ग्राहकले सेवा लिइरहेका छन् । 
इसेवाबाट इन्सयोरेन्स्को प्रिमियम भुक्तानी,मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, विभिन्न सरकारी कार्यालयहरूको शुल्क भुक्तानी,हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका करिब २५ सय वटा मर्चेन्ट तथा सेवा तथा सुविधाको भुक्तानी गर्न सकिन्छ ।

आफ्नो सेवालाई बहुआयामिक ढंगले विस्तार गरेको इसेवाले शुरु गरेको यो स्किमबाट अझ धेरैमा विस्तार हुने विश्वास लिइएको छ । डिजिटल भुक्तानीको बारेमा आम मानिसलाई जानकारी नभएको बेलामा नेपाल राष्ट्रबैंकबाट सन् २००९ मा नेपालकै पहिलो  भुक्तानी सेवा प्रदायकका रुपमा इजाजतपत्र प्राप्त गरेको इसेवाले शुरुका दिनमा यसको महत्व बुझाउँन धेरै नै मेहनत गर्नुपर्यो । त्यहि मेहनतकाक कारण हाल झण्डै ७५ लाख मानिसहरु  कारोबार यसमा कारोबार मार्फत जोडिएका छन् । यो संख्यालाई विश्लेषण गर्दा विगत १४ वर्षको अवधिमा इसेवाले प्रत्येक वर्ष औषतमा ५ लाख ३५ हजार भन्दा बढि नयाँ ग्राहकलाई जोडेको छ । 
यसका लागि  इसेवाले आफ्ना एजेन्टहरुलाई प्रभावकारी ढंगले परिचालन गरेको देखिन्छ । हाल  देशभर १ लाख २० हजारभन्दा बढी  एजेन्ट  छन् भने ५१ भन्दा बढी बैंक तथा वित्तिय संस्थासंग साझेदारी छ ।
  नेपाल राष्ट्र बैंकको २०८० बैशाखसम्मको तथ्याङ्क  अनुसार नेपालमा वालेट कम्पनीहरुले  कूल १ खर्ब ७९ अर्ब  भन्दा बढिको कारोबार गरेका छन् । यसमध्ये इसेवाले मात्र झण्डै ६० प्रतिशत हिस्सा ओगटेको छ । 

ईसेवामार्फत प्राप्त बिजनेस क्यूआर प्रयोग गरी भुक्तानी लिँदा व्यवसायीले आफ्नो इच्छाअनुसार इसेवा खाता वा बैंक खातामा पैसा जम्मा गर्न सक्नेछन् । साथमा, ईसेवा प्रयोगकर्ताले समेत डिजिटल माध्यमको प्रयोग गरी नगद वा चानचुनको झन्झट बिना सजिलै कारोबार गर्न सक्नेछन् ।  हाल इसेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोबाइल मार्फत करिब ७ लाख ग्राहकले सेवा लिइरहेका छन् । 

इसेवाबाट इन्सयोरेन्स्को प्रिमियम भुक्तानी,मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, विभिन्न सरकारी कार्यालयहरूको शुल्क भुक्तानी,हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका करिब २५ सय वटा मर्चेन्ट तथा सेवा तथा सुविधाको भुक्तानी गर्न सकिन्छ । हाल शुरु गरेको नयाँ ईसेवा क्यूआर मर्चेन्टले अझ धेरै व्यवसायलाई जोड्ने विश्वास गरिएको छ ।