• आइतबार, २० असोज, २०८१
  • १२:३७:४४

महँगा खेलाडी भित्र्याउने साउदी अरबको होड पछाडिको कारण के हो?

  • Netizen Nepal
  • बुधबार, १० असोज, २०८०- १०:५९:००/ Wednesday 09-27-23

नेटिजन सम्बाददाता 

काठमाडौं, १० असोज । हरेक गृष्ममा युरोपेली क्लबहरूले खेलाडीलाई मूल्य बढाबढमा अनुबन्ध गर्ने कुरा विश्वभरिका फुटबलप्रेमीलाई थाहा भएकै विषय हो। तर खेलाडी तान्ने होडमा यो महादेशबाहिरको साउदी अरब पनि अहिले अघि सरेको छ।

सन् १९७०को दशक अन्त्यतिर स्थापन भए पनि त्यति चर्चा नकमाएको साउदी प्रो लीग पछिल्ला महिनाहरूमा विश्वभरि समाचारमा छाइरहेको छ। त्यसको कारण चाहिँ विश्वभरिका तीक्ष्ण खेलाडीहरू अनुबन्ध गर्ने यसको आक्रामक योजना हो।

“तपाईँले देखिरहेको कुरा के हो भने अरू लिगहरूले गर्नुपर्ने कुरा साउदी प्रो लिगले गरिरहेको छ। हामी यो श्रेणीमा उक्लिइसकेका छौँ अब भनेको मैदानमा गुणस्तर सुधार गर्ने मात्रै हो,” नोराले समाचार संस्था रोएटर्सलाई भनेका छन्।

 

ट्रान्सफर विन्डो भनिने खेलाडीहरूले क्लब परिवर्तन गर्न पाउने अवधिमा यो वर्ष मात्रै साउदी क्लबहरूले नाम चलेका खेलाडीहरू भित्र्याउन एक अर्ब अमेरिकी डलर खर्च गरिसकेका छन्। यो रकम खेलाडीहरूको अनुबन्ध फुकुवा गर्न उनीहरू आबद्ध रहेको क्लबलाई तिर्नका लागि भएको खर्च मात्रै हो।

साउदी क्लबहरूले यस बाहेक पनि खेलाडीहरूले पाउने तलबमा लोभलाग्दो पैसा खर्च गरिरहेका छन्। साउदी प्रो लिगका एक जना वरिष्ठ अधिकारी कार्लो नोराका अनुसार यो एक पटकका लागि मात्रै हुन लागेको होइन।

उनका अनुसार साउदी लिगले पनि गुणस्तर र आर्थिक गतिविधिका दृष्टिले विश्वका प्रतिष्ठित लिगहरूको जत्तिकै स्थान नबनाएसम्म साउदी सरकारले क्लबहरूलाई आर्थिक सहयोग गर्ने वचन दिएको छ।

“तपाईँले देखिरहेको कुरा के हो भने अरू लिगहरूले गर्नुपर्ने कुरा साउदी प्रो लिगले गरिरहेको छ। हामी यो श्रेणीमा उक्लिइसकेका छौँ अब भनेको मैदानमा गुणस्तर सुधार गर्ने मात्रै हो,” नोराले समाचार संस्था रोएटर्सलाई भनेका छन्।

नेयमार र रोनाल्डो जस्तै अरू को को गए?

फ्रान्सेली खेलाडी करिम बेन्जमाले स्पेनी क्लब रेआल म्याड्रिड छोडेर वार्षिक २० करोड अमेरिकी डलर पाउने गरि अल-इत्तिहादमा अनुबन्ध भएका छन्  

उनलाई फ्रान्सको पीएसजीले स्पेनको बार्सिलोनाबाट आफ्नो क्लबमा अनुबन्धित गर्न २४ करोड अमेरिकी डलर खर्चिएको थियो। रियादमा रहेको रियादको अल-हिलाल क्लबले ब्रजिलका यी खेलाडी अनुबन्ध गर्दा ९ करोड अमेरिकी डलर तिरेको थियो।

 

साउदीले खोजी गरेरै लगेका खेलाडीहरूको पछिल्लो सूचीमा नेयमार थपिएका छन्। यी ब्रजिलियन अग्रपङ्क्तिका खेलाडी केही वर्षअघि मात्रै इतिहासमै विश्वका सबैभन्दा महँगा खेलाडी भएका छन्।

उनलाई फ्रान्सको पीएसजीले स्पेनको बार्सिलोनाबाट आफ्नो क्लबमा अनुबन्धित गर्न २४ करोड अमेरिकी डलर खर्चिएको थियो। रियादमा रहेको रियादको अल-हिलाल क्लबले ब्रजिलका यी खेलाडी अनुबन्ध गर्दा ९ करोड अमेरिकी डलर तिरेको थियो।

उक्त क्लबले अनुबन्ध गरेका अन्य खेलाडीहरूमा अल्जेरिआका रिआड मारेज पनि छन्। मारेज म्यान्चेस्टर सिटीलाई यूईएफए च्याम्पिअन्स लिग जिताउने मध्येका खेलाडी हुन्। त्यस्तै फुटबलमा व्यक्तिगत रूपमा दिइने सबैभन्दा प्रतिष्ठित अवार्ड बालोन डि’ओरका यो वर्षका विजेता करिम बेन्जमा छन्।

साउदीले यो वर्षको सुरुमै क्रिस्टियानो रोनाल्डोलाई अनुबन्ध गरेर विश्वभरि तरङ्ग पैदा गरेको थियो। उनी इङ्गल्यान्डको म्यान्चेस्टर युनाइटेडबाट साउदीको अल-नासरमा अनुबन्ध हुँदा उक्त क्लबले उनलाई ६ महिनाका लागि ४० करोड अमेरिकी डलर दिएको विवरण आएका थिए।

महँगा खेलाडी भित्र्याउने क्लबमा कसको लगानी?

महँगा खेलाडीहरू भित्र्याउने साउदी अरबका चार वटा क्लबहरू छन्। ती अल-हिलाल, अल-नासर, अल-अली र अल-इत्तिहाद हुन्।  

ती क्लबहरू साउदी अरबको पब्लिक इन्भेस्टमेन्ट फन्ड (पीआईएफ)को स्वामित्वमा रहेका छन्। यो कोषको अनुमानित सम्पत्ति ७ खर्ब ७६ अर्ब अमेरिकी डलर रहेको बताइन्छ। यो कोषका मालिक साउदी अरबको प्रधानमन्त्री समेत रहेका राजकुमार मोहम्मद बिन सलमान हुन्।

लगानीका दृष्टिले हेर्ने हो भने साउदी सरकारको रणनीति यहाँको फुटबलको स्तर उकास्नमा मात्रै सीमित छैन। सन् २०१६ मा साउदी अरबले भिजन २०३० सार्वजनिक गर्दै तेलको आयमा निर्भर देशको अर्थतन्त्रलाई विविधीकरण गर्ने लगानी रणनीति सार्वजनिक गर्‍यो। 

 साउदी अरबको धेरैजसो जनसङ्ख्या ४० वर्ष मुनिको छ। यो लगानी उनीहरूका लागि मनोरञ्जन उद्योगमा मात्रै सीमित छैन। साउदी अरबले मानव अधिकारको कमजोर अवस्था रहेको देशको परिचय सुधारका लागि पनि यसो गरिरहेको छ।

 

 

साउदी सरकारको रुचिको एउटा क्षेत्र खेलकुद पनि हो। अहिले साउदीको आफ्नै फर्मुला १ ग्रान्ड प्रि छ। देश व्यावसायिक गल्फ असोसिएसनको पनि साझेदार हो। साउदी अरबले सन् २०२९ मा एशियाली विन्टर गेम्स पनि आयोजना गर्दैछ। जसका लागि मरुभूमिको बीचमा अहिले एउटा स्की रिसोर्ट बनिरहेको छ।

साउदी अरबको धेरैजसो जनसङ्ख्या ४० वर्ष मुनिको छ। यो लगानी उनीहरूका लागि मनोरञ्जन उद्योगमा मात्रै सीमित छैन। साउदी अरबले मानव अधिकारको कमजोर अवस्था रहेको देशको परिचय सुधारका लागि पनि यसो गरिरहेको छ।

क्लब किन्ने प्रतिस्पर्धा

साउदीका अरू छिमेकीले पनि यस्तै गरिरहेका छन्। यूएई र कतारले पनि खेलकुदमा ठूलो लगानी गरेका छन्। यूएई म्यान्चेस्टर सिटी र कतार पीएसजी क्लबको मालिक हो।  त्यसो त साउदी अरबले सन् २०२१ मै न्यूकासल युनाइटेड क्लब किनेको थियो।

ऊ आफ्ना छिमेकीहरू जस्तो बाहिरी क्लबमा मात्रै लगानी सीमित नगरी देशभित्रैका क्लबहरू बलियो बनाउन लागि परेको छ। सन् २०२२ मा कतारले विश्वकप फुटबल पनि आयोजना गरेर मध्यपूर्व र मुस्लिम देशमा विश्वकप आयोजना गर्ने पहिलो मुलुक बन्यो।

साउदीले पनि भविष्यका लागि यस्तो कुरामा रुचि देखाएको छ। अन्य देशका क्लबले युरोपका महँगा खेलाडी किन्ने दौड अहिले मात्रै सुरु भएको चाहिँ होइन।

सन् २०१६ र २०१७ मा चिनियाँ व्यवसायीहरूले सञ्चालन गरेका चिनियाँ क्लबहरूले नाम चलेका खेलाडीहरू युरोपबाट किनेका थिए। सन् २०१९ को कोभिड महामारीपछि उनीहरूको प्रयोग भने सफल भएन।

चीनको जस्तै नियति त हुने होइन?

अहिले साउदी अरबको नियति पनि चीनको जस्तै हुन्छ वा यो युरोपकै प्रतिस्पर्धी हुन्छ भन्नेबारे बहस भइरहेका छन्। फुटबलको अर्थतन्त्रबारे विशेषज्ञता हासिल गरेका अर्थशास्त्री स्टेफन लेग्ग साउदी युरोपको प्रतिस्पर्धीकै रूपमा आउनेमा शङ्का गर्छन्।

 उनका अनुसार विश्वभरिका खेलाडी र समर्थक आकर्षित गर्ने मामिलामा युरोपका केही सहजताहरू छन्।“अहिले पैसाका कारण मात्रै खेलाडीहरू साउदी अरबमा गइरहेका छन्। प्रतिष्ठित क्लब र प्रतिस्पर्धाहरू बनाउन दशकौँ लाग्छ,” उनी भन्छन्।

“रोचक लिग बनाउनका लागि साउदी अरबले दिगो लगानी र उत्कृष्ट व्यवस्थापनका साथै अरू माथि निरन्तर हाबी भइरहनुपर्छ।” फुटबलसम्बन्धी लेखक समिन्द्र कुन्ती साउदी अरबले आफ्नो लिग रोचक बनाउन युवा खेलाडीहरू ल्याउनुपर्ने बताउँछन्।

“बेन्जमा, रोनाल्डो र नेयमार लोकप्रिय खेलाडी त हुन् तर उनीहरूले आफ्नो उत्कृष्ट खेल देखाउने समय पार गरिसकेका छन्,” उनी भन्छन्। कुन्तीका अनुसार विश्वकै सबैभन्दा प्रतिस्पर्धी र धनी क्लबहरूको यूईएफए च्याम्पिअनसिप पनि युरोपमै छ।

“अन्ततः युरोपले आफ्नो हात माथि पारिछाड्छ…यो सबै खेलाडीले जित्न चाहने क्लब प्रतिस्पर्धा हो र यहीँबाट सबै ठूला खेलाडीको उदय हुन्छ,” उनी भन्छन्। 

साउदी अरबको खेल नीति पछाडि उसको छवि सुधार्ने मात्रै रणनीति नरहेको विश्वास गर्ने विज्ञहरू पनि छन्। “विश्वभरिका देशहरूले नै आफ्नो देशको दबदबा बढाउन खेललाई साधनको रूपमा प्रयोग गर्ने गरेका छन्,” पेरिसस्थित स्केमा बिजनेस स्कुलका खेल र भूराजनीतिक अर्थतन्त्रका प्राध्यापक सिमोन चादविक बताउँछन्।

 

‘छवि सुधार्न खेलकुद’

आलोचकहरूले खेलकुदमा साउदी अरबको लगानीलाई ‘छवि सुधार्न’ खेलको सहारा लिएको बताएका छन्। जमाल खसोग्जी जस्ता प्रतिष्ठित पत्रकारहरूको हत्या सहितका मानव अधिकार उल्लङ्घनका आरोप यो अरब देशमाथि लाग्ने गरेको छ।

साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानलाई अमेरिकाले खसोग्जीको हत्या अनुमोदित गरेको आरोप लगाएको छ। साउदी अरबले चाहिँ उनीमाथि लागेको आरोप अस्वीकार गर्दै आएको छ र “सरकारका बदमास एजेन्टहरू”ले हत्या गरेको बताउने गरेको छ।

साउदी अरबको खेल नीति पछाडि उसको छवि सुधार्ने मात्रै रणनीति नरहेको विश्वास गर्ने विज्ञहरू पनि छन्। “विश्वभरिका देशहरूले नै आफ्नो देशको दबदबा बढाउन खेललाई साधनको रूपमा प्रयोग गर्ने गरेका छन्,” पेरिसस्थित स्केमा बिजनेस स्कुलका खेल र भूराजनीतिक अर्थतन्त्रका प्राध्यापक सिमोन चादविक बताउँछन्।

“यो भनेको विश्वव्यापी रूपमा मानिसहरूको मन र मस्तिष्क जित्ने देशहरूको प्रतिस्पर्धा हो। ब्रिटेन, अमेरिका, फ्रान्स, भारत र अरू धेरै देशहरूले यस्तो नीति कार्यान्वयनमा ल्याइसकेका छन्। अहिले साउदीहरूले गरेको पनि त्यही हो,” उनी भन्छन्।बीबीसी