कात्तिकदेखि नयाँ नोट सटही सुरु हुने
- Netizen Nepal
- शुक्रबार, १२ असोज, २०८०- १२:०१:००/ Friday 09-29-23

नेटिजन सम्बाददाता
काठमाडौं,१२ असोज । नेपाल राष्ट्र बैङ्कले कात्तिकको सुरुदेखि नोट सटही सुविधा प्रदान गर्ने जनाएको छ । राष्ट्र बैङ्कका मुद्रा व्यवस्थापन विभागका निर्देशक वासुदेव भट्टराईका अनुसार दसैँ, तिहार, छठजस्ता चाडपर्वका लागि कात्तिकको सुरुबाट नै नोट सटही सुविधा प्रदान गरिनेछ ।
उहाँले भन्नुभयो, “गतवर्षजस्तै यस वर्ष पनि दसैँ, तिहार, छठजस्ता पर्वका लागि कात्तिकको सुरुदेखि नोट सटही सुविधा प्रदान गर्नेछौँ ।” गत वर्षजस्तै सर्वसाधारणले यो वर्ष पनि प्रतिव्यक्ति १८ हजार ५ सय रुपियाँसम्मका नयाँ नोट साट्न पाउनेछन् ।
यो ५ देखि एकसय रुपियाँसम्मको १–१ वटा बन्डल हो । बैङ्कले ५, १०, २०, ५० र १०० दरका नयाँ नोट सटही सुविधा प्रदान गर्ने उहाँको भनाइ छ ।