कृत्रिम जलाशयले फेरियो दैनिकी
- Netizen Nepal
- शुक्रबार, १२ असोज, २०८०- १६:५५:००/ Friday 09-29-23

नेटिजन सम्बाददाता
काठमाडौं,१२ असोज । घोराही उपमहानगरपालिकाले ‘एक वडा एक जलाशय’ अभियान सञ्चालन गरेर घोराहीका अधिकांश वडामा जलाशय निर्माण गरेको छ । अभियानअन्तर्गत पालिकाका विभिन्न वडामा ४३ जलाशय निर्माण गरिएका छन् ।
घोराही-१७ का शङ्कर चौधरीले आकासे पानीको भरमा खेती गर्दै आउनुभएको थियो । पिउने पानीकोसमेत समस्या भएको थियो । उहाँको खेतबारीमा अहिले आरोग्य कृत्रिम तालमा जम्मा भएको पानी सिँचाइ गर्न थालेपछि वर्षमा ४ पटकसम्म खेती हुने गरेको छ । “पानीको सुविधा नहुँदा तरकारी बजारबाट किनेर खाने गरेका थियौँ अहिले १२ महिना तरकारी खेती गरेर आम्दानी गर्ने भएका छौँ”, उहाँले भन्नुभयो, “कृत्रिम जलाशयको छेवैमा पम्प सेट राखेर सिँचाइ गरी उत्पादन गरिरहेका छौँ ।”
कृषि र पानीको स्रोत बढाउन अभियान सुरु गरिएको बताउँदै उपप्रमुख डिसीले सुख्खा हुँदै गएको जमिनमा सिँचाइ सुविधा पुगेको उल्लेख गर्नुभयो । उहाँका अनुसार जलाशयमा जम्मा भएको पानीले स्थानीयवासीले सिँचाइ, माछापालन, तरकारी खेती तथा फलफूल खेती गरिरहेका छन् । सबैभन्दा धेरै वडा नं.१७ मा ८ जलाशय निर्माण भएका उपप्रमुख डिसीले जानकारी दिनुभयो ।
उक्त तालको पानीले ८० देखि ९० बिघा जमिनमा सिँचाइ भइरहेको चौधरीले बताउनुभयो । गर्मीको समयमा इनारमा पानी सुक्ने समस्या भएको जनाउँदै उहाँले अहिले १२ महिना प्रशस्त पानी हुने गरेको बताउनुभयो ।
ड्याम बाँधेर बनाएको कृत्रिम जलाशयले अहिले स्थानीयको जीवनशैली फेरिएको छ । सिँचाइको सुविधा पुगेकाले तरकारी उत्पादन गरी घोराही बजारमा बिक्री गर्दै आइरहेको घोराही-१ का सुरेश चौधरीले बताउनुभयो । “कृत्रिम जलाशयको पानीले सिँचाइ गरी उत्पादन गरिरहेका छौँ”, उहाँले भननुभयो, “यसअघि सिँचाइका साथै पिउने पानीको पनि समस्या थियो, अहिले छैन ।
चौधरीका अनुसार अहिले रामपुर टोलका एक सयभन्दा धेरै घरपरिवारले जलाशयको सुविधा लिइरहेका छन् । “अहिले बाह्रै महिना किसान खेतमा हुने गरेका छौँ । अन्य ठाउँमा पानी नपरेर धान रोपाइँ गर्न नपाएका बेला पनि हामीले जलाशयको पानीले रोपाइँ गरिसकेका थियौँ”, उहाँले भन्नुभयो ।
घोराहीमा ४३ जलाशय निर्माण गरिएका जनाउँदै घोराही उपमहानगरपालिका उपप्रमुख हुमा डिसीले यी जलाशयले घोराहीको विकास र समृद्धिका लागि सहयोग पुर्याउने अपेक्षा गरिएको बताउनुभयो । यसका माध्यमबाट पर्यावरण जोगाउनुका साथै कृषि क्षेत्रको विकासका लागि खेतबारीमा सिँचाइ सुविधा पुर्याउने उद्देश्य रहेको उहाँको भनाइ थियो ।
जलाशय निर्माणसँगै स्थानीयले सिँचाइ सुविधा लिएर कृषि पेसाबाट पर्याप्त आम्दानी लिन थालेपछि उत्साहित भएका छन् । कृषि र पानीको स्रोत बढाउन अभियान सुरु गरिएको बताउँदै उपप्रमुख डिसीले सुख्खा हुँदै गएको जमिनमा सिँचाइ सुविधा पुगेको उल्लेख गर्नुभयो । उहाँका अनुसार जलाशयमा जम्मा भएको पानीले स्थानीयवासीले सिँचाइ, माछापालन, तरकारी खेती तथा फलफूल खेती गरिरहेका छन् । सबैभन्दा धेरै वडा नं.१७ मा ८ जलाशय निर्माण भएका उपप्रमुख डिसीले जानकारी दिनुभयो ।
निर्मित जलाशयको बहुुउपयोगितासँगै दिगो व्यवस्थापनका लागि थप बजेट आवश्यक पर्नेमा इञ्जिनियर पौडेलले जोड दिनुभयो । “कृत्रिम जलाशयले पानीको संरक्षणसँगै सिँचाइ र पर्यटन प्रवद्र्धनको काम भइहेको छ”, उहाँले भन्नुुभयो, “उपमहानगरले सुरुआती वर्षमा १२ जलाशय निर्माण गरेको थियो । त्यसयता थप ३१ जलाशय निर्माण गरेर ४३ पुराएको छ ।”
उपमहानगरभित्र पालिका र वडाले स्रोत व्यवस्थापन गर्नुका साथै केही प्रदेश र केन्द्र सरकारसँगको समन्वयमा बजेट व्यवस्थापन गरी जलाशय निर्माण गरिएको उपमहानगरपालिकाका पूर्वाधार महाशाखा प्रमुख इञ्जिनियर युवराज पौडेलले बताउनुभयो । उहाँका अनुसार कुनै ठाउँमा साना पोखरीका रुपमा रहेका जलाशयलाई विस्तार गरिएको हो ।
निर्मित जलाशयको बहुुउपयोगितासँगै दिगो व्यवस्थापनका लागि थप बजेट आवश्यक पर्नेमा इञ्जिनियर पौडेलले जोड दिनुभयो । “कृत्रिम जलाशयले पानीको संरक्षणसँगै सिँचाइ र पर्यटन प्रवद्र्धनको काम भइहेको छ”, उहाँले भन्नुुभयो, “उपमहानगरले सुरुआती वर्षमा १२ जलाशय निर्माण गरेको थियो । त्यसयता थप ३१ जलाशय निर्माण गरेर ४३ पुराएको छ ।” रासस।