स्तन क्यान्सर भएको कसरी थाहा पाउँने ? यी हुन् १२ लक्षणहरु
-
नेटिजन संवाददाता
- बुधबार, १ कार्तिक, २०८०- १२:०७:००/ Wednesday 10-18-23

काठमाडौँ । महिलाहरुलाई हुने दीर्घ रोगमध्येको एक हो, स्तन क्यान्सर । धेरैलाई यसको लक्षणको बारेमा त्यति जानकारी भएको पाइदैन । यदि यसको लक्षणको बारेमा जानकारी भएको खण्डमा यसले निम्त्याउँने जोखिमहरुलाई घटाउँन सकिन्छ । स्तन क्यान्सर हुँदा कस्तो लक्षण देखिन्छ के तपाईँलाई थाहा छ? स्तन क्यान्सर प्रायः महिलामा हुन्छ। कहिलेकाहीँ पुरुषमा पनि हुन सक्छ।
स्तन क्यान्सरबारे सचेत हुन महिलाहरूले सबैभन्दा पहिला आफ्ना स्तन कस्ता छन् र कतै तिनमा परिवर्तन त भएको छैन भन्ने विचार गर्नुपर्छ।
स्तनमा केही अस्वाभाविक परिवर्तन भएको देखिए चिकित्सकसँग परामर्श गर्नुपर्छ।
स्तन क्यान्सर हुँदा देखिने १२ वटा विभिन्न लक्षणबारे तल दिइएको छ।
१ .छाला बाक्लो हुन थाल्छ
२ खाल्डो पर्छ
३ स्तनको मुख वरिपरि छालाको पाप्रो निस्किन्छ
४ स्तनमुख रसाइरहन्छ
५ चस्किन्छ वा दुख्छ
६ स्तनमुख गढ्छ
७ नसाहरु देखा पर्छन्
८ सुन्निन्छ
९ घाउ हुन्छ
१० छालामा खाल्डो पर्छ
११ आकार र रुप फेरिन्छ
१२ छाम्दा सतहमुनि डल्लो भेटिन्छ आदि
आफ्नो स्तन कस्तो छ विचार गर्नुहोस्, अनि केहि परिवर्तन भए जस्तो लागेमा चिकित्सकसँग परामर्श गर्नुहोस् । बीबीसी।