• शनिबार, १२ श्रावण, २०८१
  • ०१:०७:३६

भूकम्प प्रभावित क्षेत्रमा नेपाल टेलिकमका सम्पूर्ण सेवाहरु निःशुल्क

काठमाडौं । हाल भूकम्प प्रभावित रुकुम पूर्व, रुकुम पश्चिम र जाजरकोट क्षेत्रमा नेपाल टेलिकमका सम्पूर्ण सेवाहरु सुचारु रहेको जानकारी गराएको छ।

यस विषम परिस्थितिमा नेपाल टेलिकम आफ्नो कर्तव्य बोध गर्दै सबै प्रकारका दूरसञ्चार सेवाहरुलाई नियमित रुपमा सुचारु राख्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ । सूचना आदान–प्रदानलाई निरन्तरता दिन उक्त क्षेत्रमा रहनुभएका कम्पनीका सम्पूर्ण मोबाइल ग्राहकहरूलाई पाँच (५) दिनको अवधिका लागि निःशुल्क Voice तथा SMS सेवा उपलब्ध गराइएको छ ।

यसका अतिरिक्त उक्त क्षेत्रमा पाँच (५) दिनको अवधिका लागि निःशुल्क Voice तथा SMS  सेवा सहितको निःशुल्क सिम उपलब्ध गराइनेछ । उक्त सिम कम्पनीको सुर्खेत, रुकुम पूर्व, रुकुम पश्चिम र जाजरकोटका कार्यालयबाट उपलब्ध हुनेछ । उद्धार क्षेत्रमा सूचना आदानप्रदान गर्न आवश्यकता अनुसार निःशुल्क Namaste WiFi सेवा उपलब्ध गराइनेछ ।

कम्पनीका सेवा सम्बन्धी  समन्वयका लागि कर्मचारीहरु प्रकाशचन्द्र सिग्देल – ९८५१०२१७४०, जनक डाँगी – ९८५११०९९५५, ओम प्रकाश ढकाल – ९८५१३४७८७० लाई सम्पर्क गर्न सकिनेछ भन्ने कुराको जानकारी नेपाल टेलिकमका  प्रवक्ता शोभन अधिकारीले दिनुभयो ।

  

    

 

।