• आइतबार, १६ बैशाख, २०८१
  • १२:०५:५५

खेलकुद महासंघ धादिङ जिल्ला कमिटिद्वारा भलिबल प्रतियोगिताको तयारी 

  • Netizen Nepal
  • आइतबार, १७ मङ्सिर, २०८०- १७:२०:००/ Sunday 12-03-23

काठमाडौँ । नेपाल खेलकुद महासंघ धादिङ जिल्ला कमिटीले जिल्ला अन्तर माध्यमिक तह विद्यालय नकआउट भलिबल प्रतियोगिताको तयारी थालेको छ । शनिवार बसेको तेस्रो पूर्ण बैठकले प्रतियोगिताको लागि आवश्यकीय समिति तथा उपसमितिहरुको गठन गरेको छ ।

प्रदिप थापाको संयोजकत्वमा पाँच सदस्यीय मूल समिति गठन गरिएको थियो ।  जसमा निरज ढुंगाना सह-संयोजक, रुविना थापा, रुपेश थापा र निर्मल श्रेष्ठ सदस्य चयन हुनुभएको थियो ।  कार्यक्रमबाटै आर्थिक व्यवस्थापन समिति, प्रचार, प्रसार समिति, पुरस्कार तथा टोकन व्यवस्थापन समिति, कार्यक्रम समारोह संचालन तथा व्यवस्थापन समिति, स्वयंसेवक समिति, खेल संचालन (प्राविधिक) समिति, खाजा खाना व्यवस्थापन समितिमा सदस्यहरुको जिम्मेवारी बाँडफाँड गरिएको थियो ।  

भलिबल प्रतियोगिता धादिङ्ग जिल्लाको निलकण्ठ नगरपालिकाको बीच बजारस्थित कबड हल मैदानमा गरिने निर्णय गरियो । साथै, खेललाई आर्थिक रुपले पारदर्शी बनाउँन सिद्धार्थ बैंक धादिङ्गबेशीमा खाता खोल्ने निर्णय पनि गरिएको थियो ।