• शनिबार, १२ श्रावण, २०८१
  • ०२:२६:१५

अस्थायी युद्धविराम सकिएपछि गाजामा इजरेलबाट 'ठूला हमला'

काठमाडौं  इजरेलको सेनाले एक साता लामो अस्थायी युद्धविरामको अन्त्य भएयता गाजा स्ट्रिपका चारसय भन्दा धेरै निशानामा हमला गरेको जनाएको छ।

पछिल्लो इजरेली सैन्य कारबाही गाजा क्षेत्रको दक्षिणमा केन्द्रीत देखिएको छ।

खान यूनिसमा गरिएका व्यापक हवाई आक्रमणलाई स्थानियबासीहरूले अक्टोबर ७ मा युद्ध सुरु भएयताकै 'ठूला हमला' बताएका छन्। आइतवार बिहानै रफाह नजिकै इजरेली हमलामा परेर सातजना प्यालिस्टिनीहरू मारिएका छन्। खान यूनिस र रफाह दुवै गाजाको इजिप्टतर्फको सीमा नजिकैका सहरहरू हुन्।

सहरको पूर्वी क्षेत्रका मानिसहरूलाई इजरेली सैनिकले थप दक्षिणतर्फ जान भनिरहेको छ। राष्ट्रसङ्घीय अधिकारी र गाजाका मानिसहरूले इन्टरनेटको सीमित उपलब्धता र विद्युत् अभावका कारण भनिए जसरी बसिरहेका ठाउँ छाड्न कठिन हुने बताएका छन्।   

अक्टोबर ७ मा हमासले गरेको आक्रमणमा १,२०० जनाको ज्यान गएको थियो भने २४० जनालाई बन्धक बनाइएका थिए। तीमध्ये १४० जना अझै बन्धक अवस्थामा छन् जो अधिकांश पुरुष र सैनिकहरू रहेको बताइन्छ।

 

इजरेल हमासका केही नेताहरू गाजामै रहेको र उत्तरी क्षेत्र छाडेर उनीहरू धेरै सर्वसाधरणहरू भएकै ठाउँमा बसिरहेको विश्वास गर्छ। इजरेली सेनाले गत रातभर हमासका सुरुङ र कमान्ड केन्द्रहरूमा हमला गरेको जनाएको छ।  सङ्घर्षबिराम सकिएयता कम्तीमा २४० जना मानिसहरू मारिएको प्यालेस्टिनी स्वास्थ्य अधिकारीहरूले बताएका छन्।

इजरेलले लडाइँका बेला शनिवार आफ्ना एकजना सैनिक मारिएको र गतमहिना घाइते भएका अर्का एकजनाको समेत मृत्यु भएको जनाएको छ।

यूकेले हवाइ निरीक्षण गर्दै

यूकेको रक्षा मन्त्रालयले गाजा र इजरेलमाथि एक नि:शस्त्र निरीक्षण उडान गर्न लागिएको जनाएको छ। उसले हमासले बन्धकहरू राखेको हुनसक्ने ठाउँको खोजी प्रयासमा त्यसो गर्न लागिएको जनाएको छ।

हमासले दक्षिणी इजरेलमा ७ अक्टोबरमा गरेको घातक हमलायता पाँचजना ब्रिटिश नागरिकहरू अझै हराइरहेका छन्।

अक्टोबर ७ मा हमासले गरेको आक्रमणमा १,२०० जनाको ज्यान गएको थियो भने २४० जनालाई बन्धक बनाइएका थिए। तीमध्ये १४० जना अझै बन्धक अवस्थामा छन् जो अधिकांश पुरुष र सैनिकहरू रहेको बताइन्छ।

त्यसयता इजरेलले गरेको हमलामा १५,२०० जनाभन्दा बढी मारिएको गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ। सङ्घर्षबिरामको अन्त्यसँगै गाजाबाट समेत निरन्तर इजरेलतर्फ रकेट प्रहार भइरहेका छन्। शनिवार साँझ गरिएका प्रहार तेल अभिभ र मध्य इजरेल आसपासका क्षेत्रमा समेत लक्षित थिए।

इजरेलमाथि अमेरिकी दबाब

घेराबन्दीमा रहेको गाजामा इजरेलले थप दक्षिणतर्फ हमला केन्द्रीत गरिरहँदा अमेरिकी राष्ट्रपति जो बाइडन प्रशासनका दुईजना शीर्ष अधिकारीहरूले इजरेलमाथि दबाब बढाएका छन्।  

क्यालिफोर्नियामा आयोजित एक रक्षा सम्बन्धी कार्यक्रममा उनले नागरिकहरूलाई शत्रुतातर्फ धकेल्ने कामले इजरेलको योजनावद्ध जित एउटा रणनीतिक पराजय हुने बताए।

 

उपराष्ट्रपति कमला ह्यारिसले आमनागरिकको मृत्युलाई लिएर चर्को असन्तुष्टि जनाएकी छन्। उनले इजरेलसँग आत्मरक्षाको अधिकार भए तापनि निकै धेरै निर्दोस प्यालेस्टिनीहरू मारिएको बताइन।

दुबईमा संवाददाताहरूसँग बोल्दै पीडाको तहलाई ‘भयानक’ बताइन्। अमेरिकी रक्षामन्त्री लोइड अस्टिनले आफ्नो अहिलेसम्मकै कडा प्रतिक्रियामा इजरेलले नागरिकहरूको रक्षा गर्नुपर्ने इजरेलको नैतिक जिम्मेवारी हुने बताएका छन्।

क्यालिफोर्नियामा आयोजित एक रक्षा सम्बन्धी कार्यक्रममा उनले नागरिकहरूलाई शत्रुतातर्फ धकेल्ने कामले इजरेलको योजनावद्ध जित एउटा रणनीतिक पराजय हुने बताए।बीबीसी