• आइतबार, १६ बैशाख, २०८१
  • ०५:१८:१८

निर्धन उत्थान लघुवित्तद्वारा भुकम्प प्रभावित ५ सय ५० सदस्यलाई राहत वितरण 

  • Netizen Nepal
  • मंगलबार, १७ पौष, २०८०- १७:२२:००/ Tuesday 01-02-24

काठमाडौं। निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको  जाजरकोट खलंगा शाखाले  कत्तिक १७ गते गएको भुकम्पबाट प्रभावित आफ्ना सदस्यहरुलाई राहत वितरण गरेको छ । संस्थाको शाखा कार्यालय खलङ्गा जाजरकोट तथा यस शाखा बाट संचालित  भिलेज बैंकिंग कार्यक्रम  अन्तर्गत राडीबजार-आठबीसकोट रुकुममा आवद्ध ५ सय ५० सदस्यहरुलाई राहत रकम वितरण गरिएको हो ।  

राहत रकम वापत कुल १९ लाख ६५ हजार रुपैयाँ वितरण गरिएको संस्थाको शाखा कार्यालय खलङ्गा, जाजरकोटले जनाएको छ।  

भुकम्पबाट आंशिक र पूर्ण रुपमा भएको क्षतिको विवरण संकलन गरी पूर्ण रुपमा क्षति हुनेहरुलाई जनही ६ हजार र आंशिक क्षति हुनेहरुका लागि रु. ३ हजारका दरले राहत रकम वितरण गरिएको थियो । भुकम्पबाट पूर्ण क्षति पुगेका १ सय ५ जनालाई जनही ६ हजार रुपैयाँ   र ४ सय ४५ आंशिक क्षति भएका सदस्यहरुलाई   रु. ३ हजारका दरले घरमै पुगी संस्थाका कर्मचारीहरुले रकम प्रदान गरेको संस्थाले जनाएको छ।  उक्त राहत रकम निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको  जाजरकोट खलंगा शाखाका प्रमुख सजेन्द्र कुमार यादवको नेतृत्वमा संस्थाका कर्मचारीहरुसहितको टोलीले घर घरमै गएर  वितरण गरेको थियो।  

भुकम्प गएपछि आफ्नो घरबास नै गुमाएका सदस्यहरुलाई उनिहरुको दैनिकि चलाउँनले आवश्यकता परिपूर्ति गर्न केहि सहयोग पुगोस भन्ने उदेश्यले यो राहत वितरण गरिएको जनाइएको छ । 

निर्धन उद्यम लघुवित्त वित्तिय संस्थाले नेपालका ७७ ओटै जिल्लामा १८५ शाखा कार्यालय मार्फत ५ लाख सदस्यहरुलाई वित्तिय तथा गैरवित्तिय सेवा प्रदान गर्दै आइरहेको छ । कर्जा, बचत, विमा तथा रेमिट्यान्स जस्ता वित्तिय सेवा तथा सामाजिक उत्तरदायित्व, गैरवित्तिय सेवामा समेत संस्था अग्र स्थानमा छ । संस्थाले बाढी,पहिरो भूक्षय, भुकम्प, प्राकृतिक प्रकोप , पारिवारिक समस्या, क्यान्सर, घातक रोग तथा सुत्केरी पोषण भत्ता लगायत सामाजिक सेवाका कार्यहरुमा समेत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।