• शनिबार, १२ श्रावण, २०८१
  • ०९:३३:०१

यस्ता छन्, गौतम बुद्धका २५ उपदेशहरु 

  • Netizen Nepal
  • मंगलबार, ९ माघ, २०८०- १२:५५:००/ Tuesday 01-23-24

गौतम बुद्धको जन्म झन्डै २५०० वर्षअघि नेपालको लुम्बिनीमा भएको थियो । वास्तविक नाम सिद्धार्थ गौतम भए पनि बुद्धत्व प्राप्त गरेपछि उनी गौतम बुद्धका नामले प्रशिद्ध भए । उनको जन्म बैशाख पुर्णिमाका दिन भएकाले उक्त तिथिलाई बुद्ध पुर्णिमा पनि भनिन्छ ।

गौतम बुद्धले बुद्धत्व प्राप्त गरिसकेपछि आफ्ना शिष्यहरुलाई दिएको केही महत्वपुर्ण उपदेशहरु यहाँ प्रस्तुत गरिएको छ ।   

  • शान्ति आफैं भित्र हुन्छ, यसलाई बाहिर नखोज ।
  • आफ्नै तर्क र विवेकले स्विकार नगरेसम्म पढेको वा सुनेको कुरामा विश्वस नगर ।
  • यदि आफैंलाई सच्चा प्रेम गर्दछौ भने तिमीले अरूलाई पिडा दिन सक्दैनौं ।
  • उद्यमीका लागि प्रत्येक दिन भाग्योदय हुन्छ ।
  • त्यही व्यक्ति धार्मिक हो जसले अर्काको निम्ति त्याग गर्न सक्छ ।
  • लगनबाट ज्ञान प्राप्त हुन्छ, लगनको अभावमा ज्ञान हराउँछ ।
  • यदि विद्यार्थी तयार छ भने शिक्षक स्वतं उपस्थित हुन्छ ।
  • हामी आफ्नो रिसका लागि होइन रिसद्वारा दण्डित हुन्छौं ।
  • हजारौं युद्धहरू जित्नुभन्दा महत्वपूर्ण आफैंलाई चिन्नु हो। यही नै तिम्रो विजय हो । यसलाई तिमीबाट खोस्न सकिंदैन, न त परीद्वारा-न त प्रेतद्वारा ।
  • हाम्रो मस्तिष्क नै सबैथोक हो । हामी जे सोच्दछौं त्यही बन्दछौं।
  • शान्ती आफैं भित्रबाट आउँदछ । यसलाई बाहिर नखोज ।
  • हाम्रो बाटो आकाशतर्फ होइन, आफ्नै हृदयतर्फ हुनुपर्दछ ।
  • मैले यो हेर्दिन कि के के गरिसकें, मैले यो हेर्दछु कि के के गर्न बाँकी छ ।
  • हजार खोक्रा शब्दहरूभन्दा शान्ति दिने एक शब्द नै उत्तम हुन्छ ।
  • जिब्रो एउटा त्यस्तो छुरी हो जसले खुन ननिकाली काट्न सक्छ ।
  • हजारौं मैनबत्ती एउटा मैनबत्तीको प्रकाश कम नगराइ जलाउन सकिन्छ । यसरी नै खुसी बाँड्दा बढ्ने गर्छ ।
  • आफ्नो उद्दारका लागि स्वयंमा निर्भर रहनुपर्दछ, अन्यमा होइन ।
  • धार्मिक त्यही हो जसले अरूका निम्ती त्याग गर्न सक्छ ।
  • एउटा पुरै गाग्री थोपा थोपा पानीले भरिने हो ।
  • घृणा घृणाद्वारा घट्दैन, यो त प्रेमद्वारा घट्दछ, यो शास्वत नियम हो ।
  • स्वास्थ्य सबैभन्दा महान् उपहार हो, सन्तोष सबैभन्दा ठूलो धन र विश्वसनीयता सबैभन्दा उत्तम सम्बन्ध हो ।
  • विगतमा ध्यान नदेउ, भविष्यको सपना नदेख, वर्तमानमा आफ्नो ध्यान लगाउ ।
  • जो मानिस दोश्रोको इर्ष्या गर्दछ, उसको मनमा कहिल्यै शान्ती मिल्दैन ।