• शनिबार, १२ श्रावण, २०८१
  • ०८:११:०१

चीनद्वारा १ करोड २० लाख बढी सहरी रोजगारी सिर्जना

काठमाडौं । चीनले सन् २०२३  मा आफ्नो सहरी क्षेत्रमा १ करोड २० लाखभन्दा बढी रोजगारी सिर्जना गरेको छ ।

गत वर्षको कूल गार्हस्थ्य उत्पादनमा ५.२  प्रतिशतको वृद्धि रोजगारी सिर्जनाका लागि महत्त्वपूर्ण थियो । कूल गार्हस्थ्य उत्पादनमा सेवा क्षेत्रले आर्थिक सुधारको नेतृत्व गरिरहेको मानव संसाधन तथा सामाजिक सुरक्षा मन्त्रालयका अधिकारी युन डोङलाईले पत्रकार सम्मेलनमा भन्नुभयो ।

सन् २०२३ मा ३० करोड युआनभन्दा बढी केन्द्रीय र स्थानीय सरकारको आर्थिक सहयोगका साथ देशले रोजगारीका लागि नीतिगत सहयोग बढाएको उहाँले बताउनुभयो ।

पछिल्ला चरणहरूमा देशले सामाजिक बिमाको बोझ कम गर्दै वित्तीय अनुदान र कर प्रोत्साहन बढाएर अधिक वित्तीय सहायता प्रदान गर्दै रोजगारीलाई आफ्नो शीर्ष प्राथमिकताका रूपमा कायम राखेको अधिकारीले बताए ।

यसले डिजिटल, इको–मैत्री, र वृद्ध हेरचाह क्षेत्रहरूसँगै उन्नत उत्पादनलाई रोजगारी सिर्जना गर्न  प्रोत्साहित गर्नेछ । यो नीतिले निजी, साना र मध्यम आकारका कम्पनीहरू जस्ता प्रमुख रोजगार चालकहरूलाई सहयोग पुग्नेछ ।

अधिकारीका अनुसार राष्ट्रव्यापी प्रमुख जनसङ्ख्याका लागि रोजगारी सिर्जना गर्ने उद्देश्यले जनवरीदेखि अप्रिलसम्म रोजगारी प्रवर्द्धन अभियान पनि सुरु गरिनेछ ।

देशको स्थिर आर्थिक पुनरुत्थान, परम्परागतबाट नयाँ वृद्धि चालकहरूमा स्थानान्तरण र रोजगारी सिर्जनाका नयाँ स्रोतहरूको निरन्तर उदयका कारण चीनको रोजगारी सामान्य तथा स्थिर रहने अपेक्षा गरिएको उल्लेख गर्नुभयो । रासस।