• शनिबार, १२ श्रावण, २०८१
  • ०२:१४:२८

स्तन क्यान्सर भनेको के हो ?

 स्तनमा भएका कोषहरूको अनियन्त्रित र असामान्य रूपमा वृद्धि हुनुलाई स्तन क्यान्सर भनिन्छ । स्तन क्यान्सर स्तनको कुनै पनि भागमा सुरु हुन सक्छ । प्रायः स्तन क्यान्सर दूध उत्पादन हुने ग्रन्थि (लोव्यूल्स) वा (डकट) अथवा दूध वाहन नलीबाट सुरु हुने गर्दछ । स्तन क्यान्सर रक्त नलीहरू तथा लिम्फ नलीहरू हुँदै शरीरको अन्य भागहरूमा फैलिन सक्दछ ।

स्तन क्यानसरका लक्षणहरु

- स्तन वा काखी मुनि नदुख्ने गिर्खा वा गाँठो देखिनु

- स्तनको छालामा निको नहुने घाउ आउनु

- स्तनको आकारमा परिवर्तन आउनु

- स्तनको छाला सुन्तलाको बोक्रा जस्तो हुनु

- स्तनको मुन्टा भित्र तर्फ जानु

- स्तनको मुन्टाबाट रगत वा पीप बग्नु

- स्तन दुख्नु वा सुन्निनु

यी मध्ये कुनै पनि लक्षण देखिएमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मीकोमा जाँच र परामर्शको लागि सम्पर्क गर्नुपर्छ ।

स्तन क्यानसरको जोखिमबाट बच्ने उपायहरु

- धुम्रपान तथा मद्यपान नगर्ने

- स्तनको नियमित जाँच वा परिक्षण गर्ने

- स्तनपान गराउने

- नियमित व्यायाम गर्ने

- तौललाई सन्तुलनमा राख्ने

- पोषणयुक्त खानेकुरा खाने  आदि