• आइतबार, १६ बैशाख, २०८१
  • ०२:२३:५२

नेकपा एमाले धादिङको जिल्ला सदस्यमा मुलपानीका सगुन निर्वाचित

  • Netizen Nepal
  • शुक्रबार, ४ फाल्गुण, २०८०- २१:२१:००/ Friday 02-16-24

काठमाडौँ। नेकपा एमाले धादिङको नवौं जिल्ला अधिवेशन बुधबार सम्पन्न भएको छ । गत माघ १९ गते उद्घाटन भएको अधिवेशनको बन्द सत्र स्थगित भएको थियो । सो स्थगित भएको बन्द सत्र सोमबारबाट सुचारु भएको हो ।

अधिवेशनमा सर्वसम्मत नभएपछि निर्वाचन भएको थियो । सो निर्वाचनमा ५४७ मत खसेको थियो । अध्यक्ष पदका लागि भुमि भूमि त्रिपाठी र डा. रामकुमार अधिकारीको भिडन्त भएको थियो । भूमि त्रिपाठीले ७१ मतान्तरले प्रतिद्वन्दीलाई हराएका छन् ।

अर्जुन गोर्खाली उपाध्यक्ष, राधिका सापकोटा सचिव, उपसचिवद्वय भक्त लामिछाने र उर्मिला रेग्मी निर्वाचित भएका छन् । यसैगरी त्रिपुरा सुन्दरी गाउँपालिका भुगोलबाट युवा सदस्य पदमा मुलपानीका सगुन थापा मगरले ३४५ मत प्राप्त गरी प्रतिद्वन्दीलाई हराएका छन् । मगर नेपाल खेलकुद महासंघ केन्द्रिय सचिवालय सदस्य एवम् धादिङ जिल्ला इन्चार्ज पनि हुन् ।