• शनिबार, १२ श्रावण, २०८१
  • ०२:३६:३२

मलेसियाद्वारा  शुक्रबारदेखि आप्रवासी घरफिर्ती कार्यक्रम लागू

काठमाडौं   मलेसियाले अवैधानिक रूपमा बसेका विदेशी श्रमिकका लागि घर फिर्ती कार्यक्रम ल्याएको छ । अवैधानिक रूपमा बस्दै आएका विदेशी नागरिकका लागि  शुक्रबारदेखि २०८१ पुष १६ गतेसम्म घर फिर्ती कार्यक्रम लागू गरेको हो ।

Migration Repatriation Programme अन्तर्गत बढीमा ५ सय मलेसियन रिङ्गेट जरिवाना तिरेर घर फर्किन सक्ने मलेसिया सरकारले जनाएको छ । यो मौकाको फाइदा उठाउन मलेसियास्थित नेपाली राजदूतावासले आग्रह गरेको छ ।

मलेसियामा विना भिसा प्रवेश गरेका वा भिसाको म्याद गुजारेर बसेकाको हकमा  ५ सय मलेसियन रिङ्गेट जरिवाना र भिषाको नियम उल्लंघन गरी मलेसियामा बसेकाहरूको हकमा  ३ सय रिङ्गेट जरिवाना तिर्नुपर्ने दूतावासले जनाएको छ । 

अवैधानिक रूपमा मलेसिया बस्दै आई घर फर्कन चाहने विदेशी नागरिकको सहरीकरणका लागि अध्यागमन विभागले कुनै निकाय वा व्यक्तिलाई जिम्मेवारी नदिएकाले घर फर्कन चाहने नेपाली आफैंले प्रक्रिया अगाडि बढाउनुपर्ने राजदूतावासले जनाएको छ ।

वैधानिक कागजात नभएता पनि जरिवाना रकम तिरेर सहज रूपमा घर फर्कन पाउने दूतावासले जानकारी दिएको छ ।एनटिभि बाट ।