सोमबार, २१ फाल्गुण, २०८०- १४:५९:००/ Monday 03-04-24
विगत एक दशकदेखि अमेरिकाको नर्थवेस्टर्न विश्वविद्यालयमा अनुसन्धानका सहप्राध्यापक जेफ्री बर्गडोर्फले मुसालाई काउकुती लगाइरहेका छन्। मुसाहरूलाई काउकुती लाग्दा तिनीहरू तीखो आवाजमा हाँसिरहेकाझैँ चिच्याउँछन्। तिनीहरू काउकुतीका लागि पुनः पुनः आइरहन्छन् र हम्बोल्ट विश्वविद्यालयमा गरिएको छुट्टै अनुसन्धानमा देखिए अनुसार काउकुतीको "इनाम" का लागि लुकामारी खेल्न समेत सिक्न सक्छन्। अब बर्गडोर्फ र उनको टोलीले यी सबै ज्ञानलाई उदासीनता अर्थात डिप्रेशनको उपचारका लागि जानकारी प्रदान गर्न प्रयोग गरिरहेका छन्। "जनावरहरूले यी आवाज निकाली रहँदा उनीहरू सबैभन्दा बढी सतर्क हुने हामीले देखेका छौँ," बर्गडोर्फ जानकारी दिए।
"मेरा सुपरिवेक्षक [स्नायुविद् याक पान्सेप] ले जहिले खेललाई मस्तिष्कको मल भन्थे, जुन सत्य पनि हो। खेल्दा तिनीहरूको मस्तिष्कले नयाँ सम्बन्धहरू विकास गर्छन्। यसले गर्दा ठट्टा गर्दा हामी उत्कृष्ट मानसिक अवस्थामा हुन्छौँ भनी भन्न सक्छौँ,"उनले भने।
तर मुसालाई काउकुती मनपर्ने भन्दैमा तिनीहरूलाई व्यङ्ग्य पनि मन पर्ने भन्न सकिन्छ त? धेरै बृहत् अध्ययनहरू नगरिएका हुनाले जनावरको व्यङ्ग्यचेतको बारेमा हामीसँग ठोस प्रमाण छैनन्। जनावरहरूको व्यवहारको उद्देश्य निश्चित गर्न पनि गाह्रो छ। लाउमरले अध्ययन गरेका वानरहरूले जिस्की नै रहेका थिए कि द्वन्द्व कम गर्न, खेल खेल्न वा ध्यान आकृष्ट गर्न खोजिरहेका थिए?
के मलाई जनावरहरूमा व्यङ्ग्यबारे चेतना हुन्छ जस्तो लाग्छ? अवश्य लाग्छ, तर प्रमाणित गर्न कठिन छ," बेकफले स्वीकारे। "मैले दुईटा कुकुर भएको कुनै कुनै घरमा देखेको छु, खाना खाने समयमा एउटा कुकुर ढोकामा गइ भुक्न थाल्छ। यो देखेर दोस्रो कुकुर ढोकामा को आएको छ भनेर हेर्न जान्छ र यही बेला पहिलो कुकुर आएर दोस्रो कुकुरको खाना खाइदिन्छ। यो भनेको कुकुर जिस्केको पनि मान्न सकिन्छ वा उसले बढी खान पाइन्छ भनेर सिकेको तरिका पनि हुनसक्छ," उनले भने।
फेरि ठट्टा गर्ने व्यवहार जनावरमा किन विकास हुन्थ्यो भन्ने पनि प्रश्न छ। मान्छेहरूमा यो सम्बन्ध सुदृढ गर्ने उपायका रूपमा विकास भएको विश्वास गरिन्छ। आखिर सँगै हाँसेर न साथी बन्छन्। जनावरमा पनि यही उद्देश्यका साथ ठट्यौली व्यवहार विकास भएको हुनसक्छ। "मान्छेहरूलाई चुटकिला आदि व्यङ्ग्यले अवस्था सहज बनाउन, सामाजिक अवरोध हटाउन र सम्बन्ध गाढा बनाउन सहयोग गर्छ," लाउमरले भनिन् । "अन्य जनावरमा पनि यही हो कि भनेर हामीलाई थाहा छैन तर सम्भावना रहेको छ। यो पत्ता लगाउन हामीलाई थप परीक्षण र अवलोकन आवश्यक हुन्छ।" बिबिसी