• शनिबार, १२ श्रावण, २०८१
  • १२:३८:१०

प्रचण्ड जी ! लात्ताले हानेरै "उथलपुथल" ल्याउँने हो ?

काठमाडौं।  विगतका ३० महिनामा पुष्पकमल दाहाल प्रचण्ड तेस्रो राजनीतिक दल भएर पनि राज्यसत्ताको क्याप्टेन कै भूमिकामा रहेका छन् ।  आफ्नो वैधानिक राजनीतिक शक्ति कमजोर भए पनि राजनीतिक खेलमा प्रदर्शन गर्ने उल्टो सुल्टो, दायाँ बायाँ हरेक क्रियाकलापले उनलाई राज्यसत्ताको केन्द्रमाा बस्ने अवसर प्राप्त भएको छ । उनि नेकपा फुटे पछि १६ महिना कांग्रेससंग, दुई महिना एमालेसंग, त्यसपछिको एक वर्ष फेरी कांग्रेससंग गठबन्धन गर्दै अहिले फेरी एमालेसंगको गठबन्धनमा जोडिएका छन् ।  फागुन २३ गते नयाँ गठबन्धनको सरकारलाई करिब करिब पूर्णता दिएका छन् । यसमा उनलाई सफलता मिलोस् शुभकामना । तर भिरबाट लडेको गोरुलाई रामराम भन्न सकिन्छ, काँध थाप्न सकिन्न भने जस्तै उनको यो अस्थिर चरित्रले फेरी यो गठबन्धन पनि लड्ने हो कि भन्ने आशंका भने कायमै छ ।

उथलपुथल भनेको के हो र कसलाई उनले लात्ताले हानेर निस्किए भन्ने कुरा भने स्पष्ट खुलाएनन् । तर पनि उनका कार्यकर्ताले गडड... तालि बजाए । कुनै एक समयमा उनले यस्तो पनि भनेका थिए, के पि ओली भेडा हुन्, हामी पनि भेडा भएर भ्या..भ्या.. गरिएछ । त्यतिखेर पनि उनको भाषणमा राम्रै तालि बजेको थियो । आफू असफल भएपछि कार्यकर्तालाई भाषणका पोका फाल्छन् र तालि खाएर फुर्किन्छन् । कार्यकर्ताले पनि प्रश्न गर्दैनन् । अनि उनलाई मनपरी निर्णय लिन सजिलो हुन्छ । 

विगतका गठबन्धनमा एक्कासी फेरबदल गर्नुमा उनका सहकर्मी दलको कारण भन्दा पनि उनको आफ्नै  लहड र अपरिपक्वपन देखिन्छ । तर हरेक गबन्धन विगार्दा उनि अरुलाई नै दोष दिन्छन् र आफूलाई चोख्याउँन चर्का र क्रान्तिकारी कुरा गर्छन् । 

 यहि फागुन २१ गते एक  वर्ष अघि बनेको नेपाली कांग्रेससंगको गठबन्धन तोड्दै नेकपा एमालेसंग अर्को गठबन्धनको घोषणा गरेकै दिन प्रधानमन्त्री पुष्प कमलदाहालले एक सार्वजनिक कार्यक्रममा भनेका थिए, “म  नमर्दासम्म यो देशमा उथलपुथल भइरन्छ ।“ शान्ति प्रक्रिया, संघीय लोकतान्त्रिक गणतन्त्र र आजको राजनीति विषयक  अन्तरक्रियामा दिएको यो अभिव्यीक्तसंगै उनले प्रतिक्रियावादीले  आफूलाई उपयोग गर्न खोजेमा लात्ताले हानेर निस्किन्छु  भन्ने कुरा पनि राख्न भ्याए ।

यो अभिव्यक्तिमा   उथलपुथल भनेको के हो र कसलाई उनले लात्ताले हानेर निस्किए भन्ने कुरा भने स्पष्ट खुलाएनन् । तर पनि उनका कार्यकर्ताले गडड... तालि बजाए । कुनै एक समयमा उनले यस्तो पनि भनेका थिए, के पि ओली भेडा हुन्, हामी पनि भेडा भएर भ्या..भ्या.. गरिएछ । त्यतिखेर पनि उनको भाषणमा राम्रै तालि बजेको थियो । आफू असफल भएपछि कार्यकर्तालाई भाषणका पोका फाल्छन् र तालि खाएर फुर्किन्छन् । कार्यकर्ताले पनि प्रश्न गर्दैनन् । अनि उनलाई मनपरी निर्णय लिन सजिलो हुन्छ । 

अब फेरी प्रसंग जोडौं लात्ताले हानेको । यदि उनले कांग्रेससंगको गठबन्धनलाई लात्ताले हानेर निस्किएको भन्न खोजेका हुन् भने पहिला कांग्रेसबाट लात्ता खाएपछि आफूले लात्ता हानेका हुने कि कांग्रेसलाई लात्ता हानेर भागेका हुन् ? यदि होइन, अरु नै कसैलाई लात्ता हानेका हुन् भने  त्यो त प्रचण्डले बुझ्ने कुरा भयो ।  अर्को कुरा उनले आफू नमरुन्जेल देशमा उथलपुथल  भइरहन्छ भन्नुको अर्थ  के हो ? भाँडभैलो मच्चाएर भए पनि प्रचण्ड राजनीति र सत्ता खेलमा  हावी हुन सक्ने क्षमता प्रदर्शन गर्न  सक्छ भन्ने सन्देश बाँड्न खाजेको हुन् । यदि त्यसो हो भने यसको मूल्य उनलाई धेरै महंगो पर्नेछ र  उनका यी अभिव्यक्तिहरु कालान्तरमा उनकै लागि भारी हुनेछन् । 

प्रचण्ड पात्र मात्र होइनन्, उनि प्रवृति पनि  हुन् ।  सत्ता र शक्तिबाहिर अडिन नसक्ने उनि आफूलाई शक्तिबाहिर देख्ने वित्तिकै जे पनि गर्न पछि नपर्ने ब्यक्ति हुन् । अनि यस्तो अवस्थामा उनि बोलेरै कार्यकर्तालाई थुमथुम्याउँछन् र उचाल्छन् पनि । यो उनको कला  र चरित्र दुबैको रुपमा चित्रित हुदैछ । 

 प्रचण्ड किन यसो गर्छन्  ?   
यदि  समय परिस्थिति अनुसारको उपयुक्त विकल्प रोज्ने र सोहि अनुसारको काम गर्ने हो भने सार्वजनिक सरोकार रहेका विषयमा राजनीतिज्ञले लिने निर्णयहरुको बारेमा रोइकराइको स्पष्टीकरण जरुरी पर्दैन । यो कुरा आम जनता र राजनीतिक  कार्यकर्ताले सजिलै बुझ्छन् अनि उनिहरुले नै सबैलाई बुझाउँछन् पनि । तर जब स्वार्थ, कुण्ठा, असक्षमता ढाकछोपका लागि बोल्नु पर्ने अवस्था श्रृजना हुन्छ, त्यतिखेर शब्दजाल, गालीगलौज र दोषारोपणको व्यपार राम्रैसंग गर्नुपर्ने हुन्छ ।  प्रचण्डले हरेक राजनीतिक उथलपुथलमा यस्तै सहारा लिएको देखिन्छ । चाहे हिजो एमालेसंग गठबन्धन तोडेर कांग्रेसंग टाँसिन आउँदा होस् वा अहिले कांग्रेससंग अलग्गिएर एमालेसंग जोडिन जाँदा होस् वा विगतमा भएका अन्य घटनाक्रम हुन् । उनको अर्को विशेषता के पनि देखिएको छ भने अहिले गरेका गल्तिलाई अर्को सन्दर्भमा लिनुपर्ने लाभसंग जोडेर गल्ति भएको थियो भन्ने । उनका यी चालचलनले उनलाई नै बहानाबाजी र राजनीतिक चटके पात्रका रुपमा  चित्रित गरिरहेका छन् । 

कांग्रेसंग नजिकिन थाल्दा  गिरिजा प्रसाद कोइरालालाई राष्ट्रपति नबनाउनु गल्ती थियो, के. पि ओलीलाई विश्वास गर्नु गल्ति थियो भन्ने देखि देखि एमालेसंग जोडिदाखेरि कांग्रेससंग टाँसिनु ठिक गरिएन भन्ने जस्ता विगतका अभिव्यक्तिहरु उनको यो प्रबृत्तिका उदाहरण हुन् ।  उनका अभिव्यक्तिले राजनीतिक दुरदर्शिता र विश्वासमा भन्दा उनि शब्द र बोलीको  धुर्तताबाट राजनीतिक शक्ति आर्जनलाई  आफ्नो क्षमता ठान्छन्  भन्ने देखाउँछ । तर जे जस्तो भए पनि २०६३ सालपछि शान्ति प्रक्रियामा आएपछि प्रचण्डले सत्तामा आफ्नो शक्ति घटाएको देखिदैन । चाहे २०६४ सालको अद्भूत जनमत पाउँदा होस् वा २०७९ सालको कमजोर जनमत पाउँदा होस्, प्रचण्डको शक्ति र उर्जामा कतै कमि देखिदैन । यसको पछाडी बोली र ब्यहारको ठेगान नभएको राजनीतिक चालचलन नै हो वा अरु विशेष क्षमता हो, त्य पनि उनले नै बुझ्ने कुरा भयो, यसको निस्पक्ष मूल्यांकन भने जनस्तरमा भएकै छ, जसको परिणाम अबो चुनावमा उनले पाउँने नै छन् ।  

अनौठो घटना त के भने १६ महिनाको सत्ता साझेदारी तोडेर २०७९ मंसिर १० गते एमालेसंग नयाँ सत्ता साझेदारी गरेका प्रचण्डले दुई महिनामा फेरी एमालेसंगको साझेदारी तोडेर कांग्रेससंगै जोडिन आए । यहि घटनाक्रमबाट कांग्रेसलाई राष्ट्रपति दिलाइ फेरी चैत्र १७ गते कांग्रेस प्रचण्ड नेतृत्वको सरकारमा सहभागि भयो । सायद उनले छिनछिनमा बदलिन सक्ने  आफ्नो यहि प्रबृत्ति र चरित्रलाई उथलपुथल भनेका हुन सक्छन्

जब राजनीतिका धैर्यता, परिपक्वता र दीर्घकालिनता हुदैन, अनि त्यहाँ झुट, गाली, दोष फस्टाउँछ । त्यसले राजनीतिक संस्कार इमान्दारिता, स्वीकार्यता र नैतिकतामा ह्रास ल्याउँछ । आफू सर्बेसर्वा देखिनका लागि आफ्ना हरेक हारलाई समेत बहादुरीका रुपमा चित्रण गर्ने अनि अरुले दिएको आरक्षणको  लाभलाई पनि ठूलो प्राप्तिको रुपमा ब्याख्या गरेर आम जनतालाई अल्मल्याउँने अभिव्यक्ति र कला प्रचण्डसंग छ । सायद प्रतिक्रियावादीहरुलाई लात्ताले हानेर निस्कन्छु  भन्ने उनको अभिव्यक्ति पनि  आफ्ना कार्यकर्ता र शुभचिन्तकलाई अल्मल्याउँने शब्दबाँण हुनसक्छ । प्रचण्डको यहि प्रबृत्तिले उनिप्रतिको विश्वास झनै खस्किदै गएको भने स्पष्ट छ । 

पछिल्लो समयमा ग्रहगोचरले सत्ता हात पारेका प्रचण्डको राजनीतिक अस्थिरता, उनको बोली र निर्णयको टुंगो नभएका केहि दृष्टान्तहरुलाई समिक्षा गर्दा उनले भने जस्तो यो मुलुकमा उथलपुथल भएको छ । तर त्यो उथलपुथपल उनको सत्ताको लाभलाई सुनिश्चित गर्नेमा केन्द्रित देखिन्छ भने जनअनुभूति हुने खालका विकास र सुधारका कामहरु भने खासै भएका छैनन् । उनको बोली र व्यहारलाई तुलना गर्ने विगतका केहि दृष्टान्तहरुलाई केलाएर हेरौं । 

प्रचण्डले वि.स. २०७७ पुष ५ गते तत्कालिन प्रधानमन्त्री के पि शर्मा ओलीले सुविधाजनक बहुमतको सरकारसहितको संसद विघटन गरेपछि भौतारिदै नेकपालाई लथालिंग पारी माओवादीलाई ब्युताए । यसपछि माधव नेपाललाई समेत बोकेर नेपाली  कांग्रेसलाई प्रधानमन्त्री खाइदिनका लागि अनुनयबिनय गरेका प्रचण्डले २८ असार २०७८ मा सर्बोच्च अदालतले प्रतिनिधि सभा पुर्नस्थपना गरेसंगै कांग्रेससंगको गठबन्धनलाई औपचारिक रुपमा अघि बढाए । यतिखेरको कांग्रेसको नेतृत्वमा सरकार बन्नुमा प्रचण्डकै मेहनत बढि पर्यो । सायद इतिहासमा अर्को पार्टीले मेहनत गरेर आफूले सत्ताको बागडोर सम्हाल्न पाउँने यस्तो घटनाक्रम विरलै हुन्छ होला ।

यो गठबन्धन आलोपालो प्रधानमन्त्री बन्ने देखि स्थानीय तह, प्रदेश र संघको चुनाव गराउँनेसम्म जमिरहयो । यो समयमा उनले के पि ओलीलाई राम्रैसंग गाली गरे । सायद उनि के पिलाई गाली गरेर नेकपा फुाटाएको अपजसबाट चोखिन चाहन्थे । विस. २०७९ साल मंसिर ४ गतेको चुनावी परिणाम पछि उनले  निार्वाचमा भोट माग्दा ५ वर्ष कांग्रेसंगको गठबन्धनलाई निरन्तरता दिने भनेको वाचा विर्सिएर एक्कासी एमालेसंग टाँसिन पुगे । अनि एमालेको साथ लिएर सरकारको नेतृत्व गरे । उनि एमालेसंग यति छिटो र गोप्य ढंगले सत्ताको हातेमालो गर्दैछन् भन्ने कुरा १६ महिना सत्ता साझेदारी गरेका शेरबहादुर देउवाले सुइकोसम्म पाएनन्, जुन प्रचण्डका लागि सफलता थियो भन्दा फरक पर्दैन । 

अनौठो घटना त के भने १६ महिनाको सत्ता साझेदारी तोडेर २०७९ मंसिर १० गते एमालेसंग नयाँ सत्ता साझेदारी गरेका प्रचण्डले दुई महिनामा फेरी एमालेसंगको साझेदारी तोडेर कांग्रेससंगै जोडिन आए । यहि घटनाक्रमबाट कांग्रेसलाई राष्ट्रपति दिलाइ फेरी चैत्र १७ गते कांग्रेस प्रचण्ड नेतृत्वको सरकारमा सहभागि भयो । सायद उनले छिनछिनमा बदलिन सक्ने  आफ्नो यहि प्रबृत्ति र चरित्रलाई उथलपुथल भनेका हुन सक्छन् । उनको यो प्रबृत्तिले गर्दा प्रचण्डलाई साथमा लिन सजिलो भएको पनि देखिन्छ । तर साथमा लिन जति सजिलो छ, त्यहाँभन्दा  बढि शंका गर्नु  पर्ने अवस्था पनि आएको देखिन्छ ।  यी घटना क्रमलाई हेर्दा प्रचण्डले कतिखेर साथ दिन्छन् र कतिखेर हात छाड्छन् भन्ने कुरा उनका सहयात्रीले समेत मेसो पाउँदैनन् । यसलाई कसैले उनको क्षमता  भन्छन् भने कसैले राजनीतिक बैमानी पनि भन्छन् ।

सधैं यसरी नै चल्छ ?  
पछिल्लो समयमा मुलुक प्रचण्डले शसस्त्र युद्धका क्रममा उठाएका एजेण्डामा नै सबै राजनीतिक दलहरु हिडेकाले सबैलाई मिलाएर एउटा विश्वासको वातावरण श्रृजना गर्न सके प्रचण्डले जनस्याबासी पाउँने थिए । तर सत्ताका लागि  छिनछिनमा रुप फेर्ने, बोली फेर्ने, प्रतिबद्धहरु फेर्ने, वाचा फेर्ने प्रबृत्तिले उनकै  एजेण्डाहरु कमजोर बन्दै गएका छन् ।  अनि उनको पार्टी नै साँघुरिदै गएको छ । राजनीतिक खेल र सत्ताबाँडमा प्रचण्डको भूमिका, आवश्यकता, आलोचना एउटा पाटो होला । संविधान बनेपछि देशमा राजनीतिक स्थिरता आउँछ भनेर जनतालाई वाचा गरेका नेताहरुले नै यसरी अस्थिरता श्रृजना गरेपछि उनिहरु प्रति आम जनविश्वास घट्नु स्वभाविक हो । अहिले नेतामा मात्र विश्वास घटेको छैन,  सत्ता फेरबदलको खेलले गर्दा यो व्यवस्थाप्रति नै वितृष्णा बढेर गएको छ । 

उनले पछिल्लो समय सरकार चलाउँदा १४ महिनामा १४ पटक नै  मन्त्रीपरिषद् पुनगर्ठन गरेका छन् । अब चौथो पटक  विश्वासको मत लिनु पर्ने बेला आएको छ । यस अघि बनेका र भत्किएका प्रदेश सरकारहरु फेरी उथलपुथल  भएका छन् ।  यो राजनीतिक अस्थिरता हो कि होइन ? यो अस्थिरताको कारण को हो ? यतिखेर नै प्रचण्ड नै मुख्य पात्र हुन् भन्ने तथ्यलाई उनले कुनै तरिकाले पनि छिपाउँन सक्दैनन् ।

 के अब पनि उनले भनेजस्तै प्रचण्ड नमर्ने बेलासम्म यस्तै उथलपुथल भइरहने हो त ? उनले भनेको उथलपुथल के हो ? उनले भनेको उथलपुथलले परिवर्तन र रुपान्तरणलाई सघाएको छ कि देशलाई नै लथालिंग बनाएको छ ।   यो उथलपुथलले मुलुकलाई के फाइदा भएको छ ? सत्ता प्राप्तिका लागि छिनछिनमा गठबन्धन फेरबदल गर्ने अनि दोष जति अरुलाई थोपर्ने क्रम कहिलेसम्म कायम रहन्छ ? सत्ताको स्वादका लागि आफ्नो पार्टीलाई ठूलो बनाउँने भन्दा पनि ठूला दलसंग टाँसिने र अलग्गिने चरित्रलाई कहिलेसम्म कायम राख्ने ? नेपालको राजनीतिक संस्कारलाई के फाइदा भएको छ ? नेपालको संविधान र संघीयता कार्यान्वयनलाई के फाइदा भएको छ ? 

अब प्रचण्डले सत्ता प्राप्तिका मिठा गफ दिएर मात्र सुख पाउँने छैनन् । यी र यस्ता कैयौं प्रश्नहरुको जवाफ दिन आवश्यक ठानेमा उनले आफ्ना कमजोरीहरु बढि देख्नेछन् । उनले पछिल्लो समय सरकार चलाउँदा १४ महिनामा १४ पटक नै  मन्त्रीपरिषद् पुनगर्ठन गरेका छन् । अब चौथो पटक  विश्वासको मत लिनु पर्ने बेला आएको छ । यस अघि बनेका र भत्किएका प्रदेश सरकारहरु फेरी उथलपुथल  भएका छन् ।  यो राजनीतिक अस्थिरता हो कि होइन ? यो अस्थिरताको कारण को हो ? यतिखेर नै प्रचण्ड नै मुख्य पात्र हुन् भन्ने तथ्यलाई उनले कुनै तरिकाले पनि छिपाउँन सक्दैनन् । उनका यिनै  उथलपुथलले राजनीतिक अस्थिरता, अविश्वास, जालझेल र जनआक्रोश  बढाएको छ । के उनि यसैमा खुसी छन् ? उनले खाजेको राजनीति यस्तै हो ? 

 आफ्नो पार्टीको राजनीतिक शक्ति गुमाउँदै गएका प्रचण्डलाई राज्यसत्ता बिना बस्नै नसक्ने नसा लागिसकेको छ । उक्त नसाको स्वाद र आनन्दका लागि उनि जस्तोसुकै निर्णय लिन तयार हुने देन्छिन्  । उनको यहि पाराले  गर्दा यी उथलपुथलहरु भएका छन् ।  बोलेर मानिसलाई लठ्याउँन माहिर उनि आफ्ना कार्यकर्ताकोविचमा जान्छन् र आफ्ना हरेक निर्णयहरु युगान्तकारी भएको तर्क गर्दै भुलभुलैयामा पार्छन् । अबपनि उनका कार्यकर्ताले यस्ता भाषणमा  पनि थपडी मार्ने क्रमलाई निरन्तरता दिने हो ? प्रचण्डका  गल्तमिा औला ठड्याउँने आँट नगर्ने  हो ? प्रचण्डलाई कार्यकर्ताले यसरी नै पुल्पुल्याएर दलभित्र यस्तै रजगज चलाउँन दिने हो ? प्रचण्ड प्रबृत्तिले उनका  कार्यकर्ताप्रति पनि यस्ता कैयौं प्रश्नहरुको सघनता बढाएको छ ।  

लाभ लिने बेलासम्म सबै ठिक, लाभ प्राप्तिको कित्ता बदल्यो कि लात्ताले हानेर बाहिरिन्छु भन्ने उत्ताउलो बोलीले राजनीतिलाई सुधार्ने र बदल्ने कर्म गर्न सक्दैन  भन्ने कुरा प्रचण्डले बुझ्नु पर्छ ।  अन्यथा यी अभिव्यक्ति र प्रबृत्तिहरु उनकै लागि राजनीतिक गलपासो बन्ने छन् ।