• बुधबार, १९ बैशाख, २०८१
  • ०६:११:३४

वाइड बडी खरिद प्रकरणमा पूर्वमन्त्रीसहित ३२ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौँ  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाही, तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकारसहित ३२ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियारले २४ जना नेपाली नागरिक र ८ जना विदेशीलाई प्रतिवादी बनाएको हो ।  नेपाल वायु सेवा निगमले खरिद गरेको वाइडबडी जहाजमा भ्रष्टाचार गरेको अभियोगमा आयोगले उनीहरूबाट रु १  अर्ब ४७ करोड १० लाख ८५ हजार चार सय ८२ बराबरको बिगो माग दाबीसमेत गरेको छ ।

आयोगले तत्कालीन सचिव एवं निगम सञ्चालक समितिका अध्यक्ष शङ्करप्रसाद अधिकारी, भन्सार विभागका तत्कालीन महानिर्देशक एवं निगम तत्कालीन सञ्चालक समिति सदस्य शिशिरकुमार ढुङ्गाना, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने, सञ्चालक समिति सदस्य टेकनाथ आचार्य, निमा नुरु शेर्पा र मुक्तिराम पाण्डेविरुद्ध पनि समान बिगो दाबी गरेको छ ।

निगमका तत्कालीन सञ्चालक समिति सदस्य जीवनप्रकाश सिटौला र सञ्चालक समिति सदस्य अच्युतराज पहाडीविरुद्ध पनि समान बिगो दाबी गरिएको छ । निगमका कामु निर्देशक रामहरि शर्मा सेढाईं, कामु निर्देशक एवं हाल नायक महाप्रबन्धक जनकराज कालाखेती, तत्कालीन उपनिर्देशक प्रभासकुमार कर्माचार्यविरुद्ध रु एक अर्ब ४७ करोड १० लाख ८५ हजार चार सय ८२ बराबरको बिगो दाबी गरिएको छ । निगमका तत्कालीन निर्देशक गणेशबहादुर चन्द, कामु निर्देशक कर्णबहादुर थापाविरुद्ध पनि समान बिगो दाबी गरिएको छ ।

यसैगरी निगमका तत्कालीन नायब महाप्रबन्धक रमेशबहादुर शाह, वरिष्ठ क्याप्टेन रवीन्द्रकुमार शेरचन, काम निर्देशक रविन्द्र श्रेष्ठ, तत्कालीन कामु निर्देशक उपेन्द्र पौडेल, तत्कालीन कामु उपनिर्देशक श्रवण रिजा, तत्कालीन निमित्त निर्देशक पारस पौडेल, तत्कालीन निमित्त उपनिर्देशक उमेश पौडेल र तत्कालीन निमित्त उपनिर्देशक बृहतमान तुलाधरविरुद्ध पनि समान बिगो दाबी गरिएको आयोगले जनाएको छ ।

विमान आपूर्तिकर्ता प्रस्तावदाता कम्पनीका प्रतिनिधि जर्मन नागरिक, रोमानिया र माल्दोभाका नागरिकविरुद्ध पनि समान बिगो माग दाबी गरिएको छ । एएआर इन्टरनेशन आइएनसीका प्रमुखलगायत पाँच जनाविरुद्ध रु एक अर्ब ४७ करोड १० लाख ८५ हजार चार सय ८२ बराबरको बिगो माग दाबी गरिएको छ। 

आरोपित ३२ जना :  कसले के गरे ?

  • तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा हाल कर्णाली प्रदेश सभा सदस्य जीवनबहादुर  शाहीले प्रचलित सार्वजनिक खरिद ऐन, २०६३ र सो अन्तर्गत बनेको सार्वजनिक खरीद नियमावली, २०६४ समेतको विपरीत रहेको तथ्यलाई अनदेखा गरी नेपाल वायुसेवा निगमलाई गैरकानुनी हानी पुर्याउने बदनियतका साथ कानुनविपरीतको शर्त र विमानको भारवहन क्षमता कायम गरेको आरोप लागेको छ। सो भारवहन क्षमता अनुसार भुक्तानी गर्ने गरी राखेको प्रावधानलाई बदर गराउन वा सच्याउन मन्त्रीको हैसियतमा निर्देशन दिनुपर्नेमा प्रस्तावदाता र निगमका कर्मचारीसँगको मिलेमतो भएको आयोगको दाबि छ ।
  • नेपाल वायुसेवा निगमका कार्यकारी प्रमुखको भूमिकामा रहेका तत्कालीन महाप्रबन्धक एवम् सञ्चालक समिति सदस्य सुगतरत्न कंसारकारले ऐनले व्यवस्थित गरेको कार्यविधिविपरीत रहेको निगमको आर्थिक विनियमावली, २०६५ को विनियम २३६ संशोेधन नगरी स्ट्याण्डर्ड बिडिङ डकुमेन्ट विपरीतको रिक्वेष्ट फर् प्रापोजल डकुमेन्ट तयार तथा स्वीकृत गरेको आरोप लागेको छ।
  • विभागका तत्कालीन सञ्चालक समिति सदस्य शिशिरकुमार ढुङ्गाना, मन्त्रालयका सहसचिव एवम् निगमका तत्कालीन सञ्चालक समिति सदस्य बुद्धिसागर लामिछाने, टेकनाथ आचार्य, निमा नुरु शेर्पा, मुक्तिराम पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
  • सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका तत्कालीन महानिर्देशक एवम् निगमका सञ्चालक समिति सदस्य जीवनप्रकाश सिटौला, हाल नेपाल नागरिक उड्डयन प्राधिकरणका सञ्चालक समिति सदस्य अच्युतराज पहाडीले कार्यविधिविपरीत कार्य गरेको अभियोग छ। 
  • निगमका तत्कालीन का.मु. निर्देशक रामहरी शर्मा सेढाइँ, का.मु. निर्देशक तथा हाल नायब महाप्रबन्ध जनकराज कालाखेती र तत्कालीन उपनिर्देशक प्रभाशकुमार कर्माचार्यले विमान खरिद उपसमिति र प्रस्ताव मूल्याङ्कन उपसमितिमा बदनियतपूर्वक प्रस्तावना तयार गरेको आरोप लागेको छ।
  • निगमका तत्कालीन निर्देशक गणेशबहादुर चन्द, तत्कालीन का.मु. निर्देशक कर्णबहादुर थापा र तत्कालीन निमित्त निर्देशक तथा हाल वरिष्ठ क्याप्टेन सुवास रिजाल, तत्कालीन नायब महाप्रबन्धक रमेशबहादुर शाह, तत्कालीन निमित्त निर्देशक तथा हाल वरिष्ठ क्याप्टेन रविन्द्र कुमार शेरचन, तत्कालीन का. मु. निर्देशक रविन्द्र श्रेष्ठ, तत्कालीन का. मु. निर्देशक तथा हाल निर्देशक उपेन्द्र पौडेल, तत्कालीन उपनिर्देशक तथा हाल निर्देशक श्रवण रिजाल, तत्कालीन निमित्त उपनिर्देशक पारस पौडेल, तत्कालीन निमित्त उपनिर्देशक तथा हाल निर्देशक उमेश पौडेल र तत्कालीन उपनिर्देशक तथा हाल उपनिर्देशक बृहतमान तुलाधरविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
  •  विमान आपूर्तिकर्ता तथा प्रस्तावदाता कम्पनीमध्ये प्रेसिडेन्ट, इन्टरनेशनल सप्लाइ चेन, एएआर कोर्पोरेशन, युएसइ एवम् बेलायती नागरिक दीपक शर्मा, हीफ्ली एक्स आइरल्याण्ड लिमिटेडका निर्देशक एवम् जर्मन एभिएसन क्यापिटल जर्मनीका फाइनान्स डिरेक्टर एवम् रोमानिया एण्ड मोल्डोभाका नागरिक ओलेग क्यालिस्ट्रयुले निगमका कर्मचारी तथा पदाधिकारीसँगको मिलेमतोमा योजनाबद्ध रुपले सो भ्रष्टाचार गरेको आरोप लागेको छ।
  •  एएआर इन्टरनेशनल, युएसए र उक्त कम्पनीको मुख्य व्यक्ति जोन एम. होल्म्स्, प्रेसिडेन्ट एण्ड सिइओ, जर्मन एभिएसन क्यापिटल जीएमबीएम र उक्त कम्पनीको मुख्य व्यक्ति एना टोपा, मेनिजिङ डाइरेक्टर, हाइ फ्लाइ ट्रान्सपोर्ट एइरोज् एसए पोर्चुगल र उक्त कम्पनीको मुख्य व्यक्ति पउलो मिरपुरी, प्रेसिडेन्ट, हाइफ्लाइ एक्स आइरल्याण्ड लिमिटेड आइरल्याण्ड र उक्त कम्पनीका मुख्य व्इक्ति गेरल्ड थर्नटन, डिरेक्टर र क्रिस्चियन न्युह्लेन, डिरेक्टर र नोर्टन रोज फुलब्राइट एलएलपी जर्मनी र उत्तः कम्पनीका मुख्य व्यक्ति मार्कस राडब्रच, हेड अफ एभिएसन र राल्फ् स्प्रिङ्गर, सिनियर कन्सल्टेन्टविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।