• सोमबार, ३१ बैशाख, २०८१
  • ०५:१४:३०

इलाम २ मा नेपाली कांग्रेसलाई अग्रता, घण्टी चौथो स्थानमा  

काठमाडौँ । इलाम २ को शनिबार सम्पन्न उपनिर्वाचनको मतगणनाको शुरुवताी मत परिणाम आउँन थालेको छ । शुरुवाती परिणाम अनुसार  नेपाली   कांग्रेसका उम्मेदवार डम्बर खड्का ६ सय ५७ मतका साथ अगाडी हुनुहुन्छ । त्यसैगरी एमालेका उम्मेदवार सुहाङ नेम्वाङ ५ सय ३४ मत सहित दोस्रो स्थानमा हुनुहुन्छ भने  स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बू  १ सय ८७ मत सहित तेस्रो स्थानमा हुनुहुन्छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन योङहाङ लिम्बू  १ सय १५ मत सहित चौथो स्थानमा हुनुहुन्छ । अहिले  फाकफोकथुम–१ नम्बर र २ नम्बर  वडाको मत गणना भइरहेको छ । निर्वाचन आयोगका अनुसार हाल सम्म १ हजार ५ सय २१ मत गन्दा ५ जना उम्मेदवारले एक मत पनि पाएका छैनन्।  राप्राले भने ४ मत मात्र पाएको छ । माधव नेपालको पार्टी एकिकृत समाजवादीले भने एक मत पनि पाएको छैन ।