• बिहीबार, १० जेठ, २०८१
  • १२:३७:०७

सेतो मत्स्येन्द्रनाथ रथयात्रा सुरु 

काठमाडौँ। वर्षा र सहकालका देवता मानिने सेतो मत्स्येन्द्रनाथ अर्थात् जनबहाःद्यःको रथयात्रा मङ्गलबारदेखि सुरु हुदैछ । पाहाँ चःह्रे जात्राको समापनलगत्तै जनबहाःद्यः अर्थात् लोकेश्वर करुणामय सेतो मत्स्येन्द्रनाथको रथयात्रा आरम्भ हुन्छ ।

रथयात्रा समितिका अनुसार मछिन्द्रबहालमा सेतो मत्स्येन्द्रनाथ देवतालाई नुहाइएको परम्परागत किंवदन्ती छ । त्यसपछि चैत शुक्ल पूर्णिमाको दिन खटमा राखेर रथमा  पुर्याउने चलन चल्दै आएको हो । 

 किंवदन्ती अनुसार परापूर्वकालमा जमल क्षेत्रको खेतमा एक जना ज्यापुले खेत खन्दा फेला परेको सेतो मत्स्येन्द्रनाथको मूर्तिलाई घर लगेर धानको भकारीभित्र लुकाएका थियो । त्यस भकारीबाट जति धान झिक्दा पनि नसकिएपछि मूर्तिलाई अन्नदाता ठहर्याई जनबहालमा स्थापना गरिएको हो । सोही परम्परा अुनसार जमलमै रथ बनाउने गरिएको छ ।

 

जनबहालबाट सेतो मत्स्येन्द्रनाथलाई विधिपूर्वक पूजाआजा गरी खटमा राखेर विभिन्न बाजागाजाका साथ तीनधारा पाठशालामा पुर्याइन्छ । जनबहालस्थित मन्दिरमा रहेको मूर्तिलाई विधिविधानपूर्वक रथारोहण गरी भित्री सहरको परिक्रमा गराइने प्रचलन छ ।

संस्कृति अभियन्ता राजन महर्जनका अनुसार तीनधारामा  पुर्याइएको सेतो मत्स्येन्द्रनाथलाई पुनः पूजाआजा गरी खटबाट निकालेर रथमा राखी तानेर घण्टाघर रत्नपार्क, भोटाहिटी हुँदै असनसम्म  पुर्याइन्छ । हिन्दु तथा बौद्ध धर्मावलम्बीले संयुक्त रूपमा आस्था प्रकट गर्ने मत्स्येन्द्रनाथको देवतालाई करुणाका प्रतीकका रूपमा सम्मान गरिन्छ ।

सेतो मत्स्येन्द्रनाथ यात्राको प्रमुख आकर्षण हो । यो रथ ३२ हात अग्लो उचाइ बनाइन्छ । यो रथ बनाउन ७ देखि ८ दिनसम्म लाग्ने गर्दछ । दरबार मार्गबाट सुरु हुने यो यात्रा लगनमा गएर टुङ्गिन्छ ।

किंवदन्ती अनुसार परापूर्वकालमा जमल क्षेत्रको खेतमा एक जना ज्यापुले खेत खन्दा फेला परेको सेतो मत्स्येन्द्रनाथको मूर्तिलाई घर लगेर धानको भकारीभित्र लुकाएका थियो । त्यस भकारीबाट जति धान झिक्दा पनि नसकिएपछि मूर्तिलाई अन्नदाता ठहर्याई जनबहालमा स्थापना गरिएको हो । सोही परम्परा अुनसार जमलमै रथ बनाउने गरिएको छ ।

रथलाई लगनटोलमा रहेको मत्स्येन्द्रनाथको आमाको मन्दिर परिक्रमा गराई रथयात्रा सम्पन्न भएपछि सेतो मत्स्येन्द्रनाथलाई खटमा राखी मच्छिन्द्रबहालस्थित मन्दिरमा लगिन्छ । रथ बनाउने कार्यमा काठमाडौँका महर्जन, तुलाधर, नकर्मी, मुनिकार, चित्रकार, मानन्धर आदि समुदायको भूमिका रहने गर्दछ । पाङ्ग्रादेखिमाथि गजुरसम्मै रथ निर्माण गर्ने र यात्रा सकिएपछि रथका पूर्जाहरू खोल्ने कामको जिम्मेवारी भने विभिन्न कवलका ७८ जना महर्जन परिवारलाई दिइएको हुन्छ ।

हरेक वर्ष चैत्रशुक्ल परेवाका दिन रथ बनाउन सुरु गर्ने पूर्ण महर्जनले जानकारी दिनुभयो । उहाँको अनुसार रथ निर्माणको कामलाई ४ भागमा छुट्याएर ४ वटा कवललाई जिम्मा दिइएको छ ।

गोफल कवल र मखन कवल मिलेर रथको अगाडिका २ वटा पाङ्ग्राको दायाँबायाँ गरी माथिका सबै काम सम्पन्न गर्ने परम्परा रहेको छ । तुकंबहाः कवलले पछाडिको बायाँ कुनोको भाग बनाउँछ । बिज्यापू ननी कवलले पछाडिको दायाँ कुनोको भाग बनाउँछ ।  

त्यसै गरी बुधबार असनबाट बालकुमारी, केलटोल, इन्द्रचोक, मखन हुँदै हनुमानढोकासम्म रथ तानिने गरिन्छ । बिहीबार हनुमानढोका, चिकमुगल, जैसीदेवल, ज्याबहाल हुँदै लगनसम्म रथयात्रा हुने समितिले जनाएको छ । रथयात्राको रुट काठमाडौँ महानगरपालिका १, १९, २०, २३, २४, २५, २७ र २८ गरी नौ वटा वडा छन् ।

 

उहाँले रथ बनाउन पहिला त सान्नानी, चिलाउने जातका रुखको काठ प्रयोग गरिने जानकारी दिँदै अहिले त्यस्तो काठै किन्न नपाइने उहाँले गुनासो गर्नुभयो । त्यसैले अग्राख प्रयोग हुन थालेको हो । अग्राख पनि बलियो त हो तर त्यो भाँचिने सम्भावना पनि उत्तिकै रहन्छ । प्राचीन समयदेखि सञ्चालनमा रहेको सो यात्रा नेपालीको महत्वपूर्ण संस्कृतिका रूपमा लिइन्छ ।

रथयात्राको दोस्रो दिन असनबाट हनुमानढोकास्थित कालभैरवसम्म, तेस्रो दिन कालभैरवबाट लगनटोलसम्म पुर्याइन्छ । चौथो दिन लगनमा रथ घुमाइन्छ । पाँचौँ दिन मूर्तिलाई सानो रथमा राखी लगनटोलबाट मछिन्द्रबहालसम्म यात्रा चलाइन्छ ।

त्यसै गरी बुधबार असनबाट बालकुमारी, केलटोल, इन्द्रचोक, मखन हुँदै हनुमानढोकासम्म रथ तानिने गरिन्छ । बिहीबार हनुमानढोका, चिकमुगल, जैसीदेवल, ज्याबहाल हुँदै लगनसम्म रथयात्रा हुने समितिले जनाएको छ । रथयात्राको रुट काठमाडौँ महानगरपालिका १, १९, २०, २३, २४, २५, २७ र २८ गरी नौ वटा वडा छन् ।रेडियो नेपाल।