• शनिबार, ५ जेठ, २०८१
  • १०:३०:०६

काठमाडौंमा दक्षिण कोरियाका कलाकारको प्रस्तुती सम्पन्न

  • Netizen Nepal
  • आइतबार, २३ बैशाख, २०८१- १०:३९:००/ Sunday 05-05-24

काठमाडौं । नेपाल र गणतन्त्र कोरिया (दक्षिण कोरिया) वीच कुटनैतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेको अवसरमा सन् २०२४ मा यी दुई देशका नागरिकहरुलाई जोड्ने तहमा समेत विभिन्न कार्यक्रमहरु आयोजना भइरहेका छन् । यसैवीच शनिवार काठमाडौंमा के कल्चर प्रस्तुती  कार्यक्रम सम्पन्न भएको छ । 
उक्त कार्यक्रममा कोरियाबाट नेपाल आएका कलाकार टोलीहरु के टाईगर्सले तेक्वान्दो नृत्य समावेस भएको कला र  ग्याम्बल्जक्र्युको बि बोईले नृत्य प्रस्तुत गरेका थिए । नेपाली कलाकारले पनि सांगितिक प्रस्तुति गरेका थिए । कार्यक्रममा पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामांगले कोरियाबाट नेपाल आएका बलाकारहरुलाई सवागत गर्दै यस किसिमका कला र संस्कृतिमा आधारित कार्यक्रमले  दक्षिण कोरिया र नेपालको सम्बन्धलाई कुटनतिक क्षेत्रबाट नागरिक स्तरसम्म विस्तार गर्न महत्वपूर्ण सहयोग पुगेको बताउँनुभयो । उहाँले दक्षिण कोरियाले नेपालको शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास तथा कृषि क्षेत्रमा गरेको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा दुई देशको सम्बन्ध अझ बलियो बनाउँन दुबै देश प्रयत्नशील रहेकोमा खुसी ब्यक्त गर्नुभयो । 
प्रमुख अतिथिका रुपमा उपस्थित हुनुभएका मन्त्री तामांगले दुई देशबीच कुट्नितीक सम्वन्ध स्थापनाको ५०औं स्वर्ण जयन्तीको सम्मान गर्दै विगत देखि कोरिया सरकाले नेपाल प्रति देखाएको भाईचारा सम्बन्धलाई भविष्यमा पनि थप गतिशिल बनाउने विश्वास व्यक्त गर्नु भयो। 

नेपालका लागि दक्षिण कोरियाका राजदुत पार्क  थेयङले  नेपाल र कोरियाको कुटनीतिक सम्बन्ध स्थापना भएको  ५०औं वर्षको स्वर्ण जयन्तीको अवसरमा गणतन्त्र कोरियाली दुतावासले विश्वभरी ख्याती कमाएका ३०जना कलाकारलाई कोरियाबाट नेपालमा आमन्त्रण गरेर यो प्रस्तुति संभव भएको बताउनुभयो । ख्याती कमाएका कलाकामार्फत नेपाली दर्शक, विभिन्न देशका कुटनितीज्ञ, नेपालमा रहनु भएका कोरियाली समाजलाई यथेष्ट मनोरञ्जन  प्रयास गरेको बताउँदै उहाँले  कोरियाली कलाकारको प्रस्तुतीलाई नेपालीहरुले निकै मन पराएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले कोरियाली सरकारले विगत देखिनै नेपालका विभिन्न क्षेत्रमा सहयोग तथा साझेदारी गर्दे आएको र हाल सांस्कृतिक रुपमा दुई देशको समानतालाई प्रष्ट्याउने अवसर मिलेको बताउँनुभयो । 


मे ४ तारिख शनिवारका दिन काठमाण्डौको नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा नेपाल स्थित गणतन्त्र कोरियाली दूतावासले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा उपस्थित सबै सामू  राजदूतले नेपाललाई माया गर्छु, कोरियालाई माया गर्छु र हामी साथै जाऊं भन्ने उदघोष गरेर कार्यक्रम हलमा बेग्ले उर्जा छाएको थियो । 
कार्यक्रममा उपस्थित दर्शकहरुले कोरियाली कलाकारको प्रस्तुतिमा आफ्नै स्थानबाट नाचगान गर्दै साथ दिएका थिए । दर्शकहरुको उक्त सक्रियाताबाट कोरियन कलाकारहरु समेत उत्साहित भएका देखिन्थे । 

 
सन् १९७४ मे १५ तारिखका दिन नेपाल र गणतन्त्र कोरियाबीच कुटनितीक सम्वन्ध स्थापना भएको हो । त्यतिखेरको समयमा यी दुई देशका नागरिकवीचको सम्बन्ध यति उच्चतम रुपमा विकसित हुने विश्वास गरिएको थिएन । तर पछिल्लो समयमा यी दुई देशवीचको सम्बन्ध  नागरिक तहमा सकेत बाक्लिएको छ । दुई देशको कुटनीतिक सम्बन्ध स्थापना भएको ५० औं वर्ष पूरा हुंदै गर्दा आपसमा विश्वास, सम्मान तथा साझेदारीले चमत्कारीक रुपमा फड्को देखिन्छ ।