• शनिबार, १२ श्रावण, २०८१
  • ०९:१७:०३

सफा हिमाल अभियान : सेनाले २ शव र ८ हजार किलो फोहर उठायो

काठमाडौँ । गत चैत २९ गतेबाट नेपाली सेनाको अगुवाइमा सञ्चालन भइरहेको सफा हिमाल अभियानमा सहभागी टोलीले सगरमाथाको क्याम्प ४ बाट  र ल्होत्से हिमालको शिखर नजिकबाट  जनाको शव निकालेको छ ।

सो क्षेत्रको लोलापास फेदी इलाकाबाट मानव अस्थिपञ्जर सङ्कलन गरी हवाई साधनमार्फत त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा ल्याइएको नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।

निर्देशनालयले सोही अभियानका दौरान हालसम्म ८ हजार ६२० किलो फोहर सङ्कलन गरी त्यसमध्ये २ सय ५० किलो कुहिने फोहर सगरमाथा प्रदूषण नियन्त्रण समितिलाई हस्तान्तरण गरेको आज जानकारी गराएको छ ।

यस वर्षको सफा हिमाल अभियानअन्तर्गत सगरमाथा, ल्होत्से र नुप्त्से हिमालबाट १० टन फोहर तथा ५ वटा मानव शव सङ्कलन तथा व्यवस्थापन गर्ने योजना रहेको सेनाले जनाएको छ । सेनाले जैविक विविधता तथा पर्यावरण संरक्षण गर्ने उद्देश्यले सफा हिमाल अभियान सञ्चालन गर्दै आएको छ ।रासस ।