• शनिबार, ५ जेठ, २०८१
  • १०:५०:५९

दैलेखको दुल्लूमा नबिल बैंकको नयाँ शाखा 

काठमाडौं । नबिल बैंक लिमिटेडले कर्णाली प्रदेशको दैलेख जिल्ला, दुल्लू नगरपालिकामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो २६८ औँ शाखाको रूपमा  यो शाखा विस्तार गरेको हो । यस विस्तारसँगै नबिल बैंक दुल्लू नगरपालिकाको पहिलो निजी क्षेत्रको बैंकका रुपमा सेवा दिन सफल भएको बैंकले  बिज्ञप्ति मार्फत जनाएको छ।  

दुल्लू नगरपालिका प्रमुख भरतप्रसाद रिजाल, नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सिइओ) मनोज ज्ञवाली, स्थानीय जनप्रतिनिधिहरु, स्थानीय उद्यमी व्यवसायी तथा सरोकारवालाहरूको उपस्थितिमा गत शुक्रबार दुल्लू शाखाको उद्घाटन गरिएको नबिल बैंकले जनाएको छ । 

दुल्लू नगरपालिका प्रमुख रिजालले नबिल बैंकको शाखा सञ्चालनमा आएसँगै स्थानीयलाई वित्तीय सेवा लिन निकै सहयोग पुग्ने बताउनुभयो । नबिल बैंकका डेपुटी सिइओ ज्ञवालीले बैंकले डिजिटल सेवाका साथै सम्पूर्ण सुविधा प्रदान गर्न प्रतिबद्ध रहेको बताउनुभयो । 

नबिल बैंकले देशभर २६८ शाखा सञ्जालसहित २२ वटा एक्सटेन्सन काउन्टर र ३१३ एटिएम मेसिनबाट सेवा प्रदान गर्दै  आएको छ ।