• सोमबार, ७ जेठ, २०८१
  • ०१:३९:०२

आगलागी र चट्याङबाट २७ जनाको मृत्यु

काठमाडौँ। पछिल्लो समयमा आगलागी तथा ददेलोको विपद चिन्ताजनक रुपमा फैलिएको छ।  यसबाट ठुलो धनजनको क्षेती पनि भएको छ। राष्ट्रिय विपद् जोखिम न्युनीनकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ देखि २४ गतेसम्ममा  आगलागी, डढेलो र चट्याङबाट वैशाख महिनाको २४ दिनमा २७ जनाको मृत्यु भएको छ । 

प्राधिकरणले आगलागीबाट १८, डढेलोले छ तथा चट्याङ लागेर तीन जनाले ज्यान गुमाएका तथा ९० जना घाइते भएका प्राधिकरणले बताएको छ । यसैबीच, प्राधिकरणले अग्निपीडित परिवारलाई पनि अस्थायी घर बनाउन आर्थिक सहयोग गर्ने कार्यविधि स्वीकृत गरेको जनाएको छ ।

यसअघि त्यस्तो सुविधा भूकम्पपीडितका लागि मात्र उपलव्ध थियो । देशभरी डडेलो बढ्दै जाँदा वायु प्रदुषण देखि हवाइ उडानमा समेत समस्या देखिएको छ । तर पनि सरकारले यसबारेमा खासै चासो नदिएको गुनासो आम क्षेत्रबाट भएको छ । खासगरी डडेलो लगाउँने ब्यक्तिको खोजी र कानूनी कारवाहीमा सरकारले चासो नदिएकोले यस्तो समस्या बढेको बताइएको छ । गृहमन्त्रालय तथा वन मन्त्रालय जस्ता निकायहरु यो समस्या यति धेरै बढ्दा पनि मौन बसेको देखिन्छ ।