• शनिबार, ५ जेठ, २०८१
  • ११:५९:५८

सगरमाथा जाने बाटो भत्किएपछि आरोहण ठप्प

काठमाडौँ । सगरमाथा, ल्होत्से र नुप्से हिमाल आरोहणको मुख्य मार्ग खुम्बु आइसफल क्षेत्रमा बाटो भत्किएपछि सगरमाथा आरोहण ठप्प भएको छ । पहिलो क्याम्प नजिकैको ५९०० मिटर उचाइमा शनिवार राती करिब एक सय मिटर भन्दा लामो दुरीमा बाटो भत्किएपछि आरोहण कार्य रोकिएको हो । 

बाटो भत्किएसँगै राउन्ड ट्रिप आरोहणका लागि उकालो हिँडेका र आधार शिविर झर्ने क्रममा रहेका आरोहीहरू माथि नै रोकिएको छ । आरोहण तालिकामा समस्या आउने देखिएसँगै तत्काल बाटो बनाउन सगरमाथा प्रदूषण नियन्त्रण समितिलाई अनुरोध गरी सकिएको दावा फुटी शेर्पाले जानकारी दिनुभयो । क्याम्प चारको लक्ष्यका साथ शनिवार राती आधार शिविरबाट उकालो हिँडेका आरोही गाइड सहित ६० जना भन्दा बढी आधार शिविरनै फिर्ता आउनु परेको गाइड कुङगा शेर्पाले आधार शिविरबाट जानकारी दिनुभयो । 

आधार शिविर देखि क्याम्प २ सम्मको बाटो निर्माणको जिम्मा समितिले लिँदै आएको छ । बाटो निर्माण भएमा सोमबार बिहानै देखि आरोहण नियमित गर्ने तयारीमा रहेको गाइड छिरिङ शेर्पाले जानकारी दिनुभयो ।  

मे १३/१४ मा चुचुरोसम्मको बाटोमा डोरी टाँग्ने लक्ष्यका साथ फिक्सीङ टोलीले काम अघि बढाएको जानकारी भएको उहाँले बताउनुभयो । यस वर्ष खुम्बु आइफल क्षेत्रमा हिम पहिरोका कारण बाटो भत्किएपछि गतवर्षहरुमा प्रयोग हुँदै आएको बाटो नभएर सन् २००४ मा प्रयोग गरिएको अर्को बाटोबाट डोरी टाँगिएको छ ।गोरखापत्र।