• सोमबार, ७ जेठ, २०८१
  • ०८:१४:३२

आमाको पहिचानका लागि परिवारको दायित्व: नबिल बैंक

काठमाडौं । मातातीर्थ आ‍ैँसीको अवसरमा नबिल बैंक लिमिटेडले सन्देशमूलक भिडियो बनाएको छ । हरेकको पहिचान बनाउन साथ दिने आमालाई, आफ्नो पहिचान बनाएर अघि बढ्न प्रोत्साहन गर्नुपर्छ भन्ने मूल सन्देशका साथ सो भिडियो नबिल बैंकले आफ्नो आधिकारिक सामाजिक सञ्जाल मार्फत् सार्वजनिक गरेको छ ।

        विशेषगरी  शहर र जागिरमा रहेका महिलाहरू आमा बनेपछिको अवस्थालाई जम्मा २ मिनेट ४५ सेकेन्डको छोटो भिडियोले आ‍‍ैंल्याएको छ ।

       आमा बन्ने क्रममा आफ्नो पहिचान नै बिर्सिएकी आमा, उनको व्यस्तता, बच्चा बच्ची र परिवारप्रतिको उनको दायित्व यो भिडियोमा देखाइएको छ ।           आमालाई आफ्नो पहिचानमा फर्काउन तथा खुसी बनाउन सन्तान र परिवारले खेल्ने भूमिका पनि यो भिडियोमा देखाइएको छ ।