• शनिबार, २२ असार, २०८१
  • ०७:४३:५३

नेपालका २ सय ३५ देवीदेवता अंकित कलाकृतिहरुको प्रदर्शनी शुरु

  • Netizen Nepal
  • बुधबार, ९ जेठ, २०८१- १६:२३:००/ Wednesday 05-22-24

नेपालका देवीदेवताहरु  नामक कला प्रदर्शनीको दोश्रो संस्करण नेपाल कला परिषद् र नेपाल हस्तकला महासंघ द्वारा नेपालका देवीदेवताहरू नामक कला प्रदर्शनी दोश्रो संस्करण नेपाल परिषद् बबरमहलमा जेठ ८ गतेदेखि शुरु भएको छ । यो प्रदर्शनी जेठ २८ गतेसम्म चल्नेछ । 
 कलात्मक सम्पदाको संरक्षण गर्न खोज्दै हाम्रो बलियो सांस्कृतिक सम्पदाको बारेमा आगन्तुकहरूलाई जानकारी गराउने उद्देश्य  आयोजिते बृहद कला प्रर्दनीमा देवीदेवताहरूको आधुनिक, लोक, परम्परागत र समसामयिक कलाहरुलाई एउटै धरातलमा अन्तर्निहित गरी प्रस्तुत गरिएको एक प्रमुख विषयगत प्रदर्शनी प्रस्तुत गरिएको छ ।  
प्रदर्शनीमा हिन्दु र बुद्ध  धर्म संग सम्बन्धित आधुनिक कला, परम्परागत कला, लोक कला र समसामयिक कला अन्तरगत १ सय ६३ जना वरिष्ट देखि नवोदीत कलाकारहरुले तयार पारेका २ सय ३५ थान उत्कृष्ट कलाकृतिहरु  प्रर्दशनमा राखिएको छ ।  प्रत्येक कला र कलाकारहरुको बारेमा जानकारी दिनका लागि क्यु आर कोड समेत राखिएको छ । जसबाट प्रर्दशनमा राखिएका बलाको विस्तृत विवरण हेर्न सकिन्छ । 

यस प्रदर्शनीमा नेपाली कलाकारहरूले देवीदेवताहरूको बाहुल्यतालाई धर्मनिरपेक्ष स्थानहरुको  सौन्दर्यतालाई सजाउने पवित्र उद्देश्यका साथ विभिन्न तरिकाबाट प्रस्तुत गरेको विज्ञप्तीमा उल्लेख गरिउको छ ।  यस प्रदर्शनीले देवीदेवताहरूप्रति सहिष्णुता र अन्तरसम्बन्ध जगाउन, आगन्तुकहरूलाई विविधतामा विचार गर्न उत्प्रेरित गर्दै, विभिन्न कलाकारहरूको अभिव्यक्ति र प्रेरणाको सदभाव र समर्पणमा जोडिन प्रेरित गर्ने बताइउको छ । 
यो प्रदर्शनी वैचारिक रूपरेखा र छनौट प्रकृयाको दृष्टिकोणमा अद्वितीय भएको र यसले गर्दा  देशका विभिन्न समुदायका कलाकार र मूर्तिकारहरूबाट विभिन्न विधाका कलाकृतिहरूको उजागर गर्न सहयोग पुग्ने आयोजकको भनाइ छ ।  

कलाकृतिहरुको  प्रदर्शनले हिन्दू र बौद्ध धर्मको उत्पत्ति र आधारभूत सिद्धान्तहरू, नेपालको मौलिक धर्म र दर्शनहरू जगाउने छ र त्यसपछि हामीले विगतका शताब्दीहरूमा सिद्धहरु, ऋषिहरू र विद्वानहरुबाट विरासतमा पाएका विभिन्न देवीदेवताका अवतारहरू र छविहरूको असंख्य रूपहरू, प्रतीकात्मकता र प्रतिमाहरुको  खोजी गर्नेछौ। यस प्रदर्शनीको उद्देश्यका लागि कलाकृतिहरुमा प्रतिनिधित्व गरिएका देवताहरूको संग्रहित खण्डहरुमा प्रस्तुत गरिएको छ । यस सस्करणमा देवीदेवताका बासस्थलहरु झल्काउने कलाकृतिहरु पनि प्रदर्शन गरिएको छ ।

प्रदर्शनीका आकर्षणहरूः
भुई तल्लाः हिन्दू र बौद्ध धर्मका आधारभूत सिद्धान्तहरू, ग्रह देवताहरू, लोकेश्वर, सम्भर र योगिनी, तारा, सिद्ध पुरुष, महांकाल, भैरव, अन्य बौद्ध देवताहरू र देवीदेवताका बासस्थलहरुको कलाकृतिहरु प्रस्तुत गरिएको छ । साथै नेपालवाट हराएको र फर्किएका देवीदेवताहरुको फोटो प्रदर्शनी गरिएको छ। यस संस्करणमा देवीदेवताका बासस्थलहरु झल्काउने कलाकृतिहरु  पनि प्रदर्शन गरिएको छ ।

पहिलो तल्लाः शैव, वैष्णव र विष्णुअवतार, शैव, शक्ति, आदिबुद्ध र पंञ्चबुद्ध, तारा, लोकेश्वर, शाक्यनी बुद्दहरुको जीवनी प्रस्तुत गरिने छ। यस तल्लामा लोक कला अन्तर्गत  मिथिलाकलाका आकर्षक कलाकृतिहरु प्रस्तुत  गरिएको छ।

माथिल्लो तल्ला ाः  युरोपियन कलाकार श्री नेल्सन फिरेराको मोबाईल फोनको फ्लास लाइटबाट  मा हेर्न सकिने (Painting without paint नामक कलाकृतिहरु प्रदर्शनी गरिएको छ । यस  तल्लामा परम्परागत कला अन्तरगत कमलको फुलको धार्मिक महत्वका बारेमा डिजिटल माध्यमवाट एनिमेशन गरी आकर्षक रुपमा प्रस्तुत गरिएको छ। 
नेपालको धातुकलाको (Lost Wax process) निर्माणशैलीको शुभारम्भ देखि अन्त सम्मका चरणबद्ध रुपमा भिडियो सहित प्रस्तुत गरीएको छ। प्रदर्शनीमा आउने सबै कलाकारहरु, आगन्तुकहरू, विद्यालयका छात्रछात्रा र विश्वविद्यालयको विद्यार्थीहरूका लागि विशेष रूपमा शैक्षिक कार्यक्रमको आयोजना गरिने छ ।