काठमाडौँ उपत्यकामा वर्षा
-
नेटिजन संवाददाता
- मंगलबार, २२ जेठ, २०८१- १२:३५:००/ Tuesday 06-04-24

काठमाडौँ । स्थानीय वायु प्रणालीको प्रभावका कारण काठमाडौँ उपत्यकामा वर्षा भएको छ ।
काठमाडौँको दक्षिण पश्चिम बुटवल आसपासबाट विकास भएको स्थानीय वायु प्रणाली धादिङ हुँदै काठमाडौँ उपत्यकामा प्रवेश गरेको र सोही वायु प्रणालीले वर्षा गराएको र यो प्रि मनसुन क्रियाकलाप भएको जल तथा मौसमविज्ञान विभागले जनाएको छ ।
हाल देशमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको उत्तरप्रदेशदेखि पश्चिम बङ्गालसम्म फैलिएको न्यूनचापीय क्षेत्रको पनि आंशिक प्रभाव छ । यस वर्षको मनसुन यही जेठ ३१ गतेदेखि नेपाल प्रवेश गर्ने विभागको पूर्वानुमान छ ।
महाशाखाका अनुसार कोशी, मधेस र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा छ । कोशी, मधेस, वाग्मती, लुम्बिनी र कर्णाली प्रदेशका १-२ स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।