• शनिबार, १२ श्रावण, २०८१
  • ०९:२८:४६

मेक्सिकोको पहिलो महिला राष्ट्रपति

 

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले मेक्सिकोको पहिलो महिला राष्ट्रपतिको रुपमा सरकारको नेतृत्व गर्ने ऐतिहासिक जीतका लागि क्लाउडिया सेनबामलाई बधाई दिनुभएको छ ।

“म क्लाउडिया सेनबामलाई मेक्सिकोको पहिलो महिला राष्ट्रपतिको रूपमा निर्वाचित भएकोमा उहाँको ऐतिहासिक जितका लागि बधाई दिन चाहन्छु’’, बाइडेनले सोमबार एक विज्ञप्तिमार्फत भन्नुभयो ।

जलवायु वैज्ञानिक तथा मेक्सिको सहरकी पूर्व मेयर क्लाउडिया सेनबाम मेक्सिकोको पहिलो महिला राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । उहाँ यो पद सम्हाल्ने यहुदी सम्प्रदायकी पहिलो यहुदी नेता पनि हुनभएको पोलिटिकोले जनाएको छ ।

मेक्सिकोको निर्वाचन कार्यालयबाट प्राप्त प्रारम्भिक परिणामअनुसार ६१ वर्षीया सेनबामले लगभग ५८ प्रतिशत मत प्राप्त गर्नुभएको थियो ।

मतदाताहरूलाई समर्थनका लागि कृतज्ञता व्यक्त गर्दै सेनबामले यसलाई ऐतिहासिक क्षण रहेको बताउनुभयो । सेनबामले भन्नुभयो, “गणतन्त्रको २ सय वर्षमा पहिलोपटक म मेक्सिकोको पहिलो महिला राष्ट्रपति बन्नेछु । हामीले पूर्णरुपमा लोकतान्त्रिक मेक्सिको हासिल गरेका छौं । रासस।