• शनिबार, ८ असार, २०८१
  • ०४:४८:४१

मोदीको शपथ ग्रहणमा छिमेकीको लर्को

 

काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल, बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना र श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्गेलगायत नेताले सहभागी हुन प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणा स्वीकार गर्नुभएको छ ।

प्रधानमन्त्री मोदी र नेपाली प्रधानमन्त्री प्रचण्डसँग फोनमा शुभकामना प्रदान तथा शपथ ग्रहणमा निमन्त्रणाको कुरा भएको एक अधिकारीले बताउनुभयो। कुराकानीमा शपथ ग्रहण समारोहमा सहभागिताको पुष्टि गरेको तथा औपचारिक घोषणा चाँडै गरिने जनाइएको छ । हसिनाले भर्खरै बङ्गलादेशको राष्ट्रिय चुनावमा विजय प्राप्त गर्नुभएको छ ।

 सन् २०२४ को लोकसभा चुनावको मतगणना मङ्गलबार सम्पन्न भएको थियो । भारतीय निर्वाचन आयोगका अनुसार भाजपाले २४० सिट जितेको छ ,जुन सन् २०१९ को ३०३ सिटभन्दा निकै कम हो र यसले सरकार गठनका लागि गठबन्धनको सहयोग आवश्यक हुनेछ ।