• आइतबार, ३० असार, २०८१
  • ०९:४४:१४

गाँजा : देशमा प्रतिबन्ध, विदेशबाट आयात 

  • Netizen Nepal
  • शनिबार, १ असार, २०८१- १३:४३:००/ Saturday 06-15-24

काठमाडौँ     केही दशकअघिसम्म सिंहदरबार वैद्यखानाबाट उत्पादन हुने एउटा औषधि झाडापखालाको उपचारका लागि निकै प्रचलित थियो। तर सन् १९७६ मा नेपालले लागुपदार्थ नियन्त्रणसम्बन्धी कानुन बनाएपछि नेपालमा गाँजा खेती र यसको प्रयोग प्रतिबन्धित भयो।  संयुक्त राष्ट्रसङ्घको सम्मेलनले पारित गरेको अन्तर्राष्ट्रिय सन्धि ुसिङ्गल कन्भेन्शन अन नार्कोटिक ड्रग १९६१ु मा नेपाल सहभागी भएसँगै सिंहदरबार वैद्यखानाले बनाउने धेरै आयुर्वेदिक औषधिको उत्पादन रोकियो।

आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा। वासुदेव उपाध्याय भन्छन्, ूनेपालमा गाँजा प्रतिबन्धित भएपछि यसको प्रयोग गरेर बनाइने केही औषधिहरूमा वैकल्पिक जडीबुटी प्रयोग गरेर उत्पादनलाई निरन्तरता दिइए पनि केही औषधिहरूको उत्पादन बन्दै भयो।ू “त्यो औषधि अहिले पनि पुराना मानिसहरूले सम्झिन्छन्। तर अहिले त्यो औषधि बन्दैन किनभने त्यसको प्रमुख तत्त्व नै गाँजा थियो। गाँजा प्रतिबन्धित भएपछि त्यो पनि बन्न छोड्यो,” आयुर्वेद चिकित्सक डा.शारदा खनाल भन्छिन्।

धेरै रोगको उपचारमा ‘उपयोगी’

विभागका महानिर्देशक डा. उपाध्यायका अनुसार आयुर्वेदमा आजभन्दा झन्डै २,००० वर्षअघिदेखि प्रचलनमा रहेका ुचरक संहिताु नामक ग्रन्थमा पनि गाँजा र यसबाट बन्ने भाङको प्रयोग औषधिका लागि उपयोगी हुने उल्लेख छ। “त्यसैलाई टेकेर परम्परागत औषधिमा भाङ प्रयोग गरिएको छ,” उनी भन्छन्। महानिर्देशक उपाध्याय र डा। खनालका अनुसार गाँजाबाट उत्पादन गर्न सकिने औषधि प्रभावकारी हुनसक्ने रोगहरूस्
पाचन तथा पेटसम्बन्धी रोग

स्नायुरोग तथा टाउको दुख्ने

मानसिक रोग तथा डिप्रेशन

दुखाइ कम गर्ने र क्यान्सर

गाँजाका भाले र पोथी बोट छुट्टाछुट्टै हुन्छन् भन्ने मान्यता छ

स्वास्थ्य अनुसन्धान परिषद्का अनुसन्धानकर्ता डा। विष्णु मरासिनीका अनुसार नेपालको उच्च पहाडी र हिमाली क्षेत्रमा उत्पादन हुने गाँजामा औषधीय गुण धेरै पाइन्छ। “गाँजामा टेट्राहाइड्रोक्यानबिनोल ९टीएचसी० भन्ने तत्त्व हुन्छ। त्योबाहेक अरू एल्कालोइड ९क्षाराभहरू० पनि हुन्छन्,” उनी भन्छन्। उनका अनुसार पनि दुखाइ कम गर्न र डिप्रेशनको उपचारमा गाँजामा पाइने यी तत्त्वहरू उपयोगी हुन्छन्।

“नेपालको उच्च लेकाली भूभागमा पाइने गाँजामा त्यो अझै बढी हुन्छ,” उनी भन्छन्। “जति उचाइमा भयो टीएचसी त्यति नै बढी पाइन्छ। तराईतिर कम हुन्छ।” मरासिनीका अनुसार गाँजाको पनि भाले र पोथी बोट हुन्छ। “पोथी बोटमा हुने फूलको झुप्पालाई ुइनफ्लोरसन्सु भनिन्छ त्यसमा यो तत्त्व बढी पाइन्छ,” उनी भन्छन्।

प्रत्येक गाँजाको बोटमा यो तत्त्व नपाइन सक्छ र कुनैमा कम कुनैमा बढी हुन्छ। तर नेपालको हावापानी र उचाइका कारण यहाँ उत्पादन हुने बोटहरूमा ती तत्त्वहरू बढी हुने विभिन्न अनुसन्धानका नतिजाले देखाएको अनुसन्धानकर्ताहरू बताउँछन्।“प्रशोधन गरेर टीएचसी निकाल्न सकियो भने त्यो एकदमै राम्रो औषधि हो। यो एउटा उत्कृष्टमध्येको औषधिको स्रोत पनि हो भन्ने अहिले अनुसन्धानहरूले देखाएका छन्,” मरासिनी भन्छन्।

वैद्यखाना विकास समितिका भूतपूर्व प्रबन्धनिर्देशक चन्द्र सापकोटाका अनुसार धेरै देशमा क्यान्सरका बिरामीको उपचारमा यसको प्रभावकारिता देखिएको भन्दै थप अनुसन्धान भइरहेको छ। “बाहिरी देशहरूमा क्यान्सर रोगको उपचारमा प्रयोगका लागि अनुसन्धान सुरु भएको छ। क्यान्सरमा असह्य पीडा हुन्छ, यसले त्यो पीडा कम गर्न सहयोग गर्छ,” उनी भन्छन्।

“गाँजा औषधि पनि हो यसको लोक्ताबाट राम्रो कपडा पनि बनाउन सकिन्छ,” सापकोटाले भने। तर अनुसन्धानकर्ता मरासिनीका अनुसार औषधीय गुण धेरै भएका गाँजाको बोटमा कपडाका लागि प्रभावकारी हुँदैनन् र कपडा बनाउन राम्रो मानिने बोटहरू औषधिका लागि राम्रो मानिँदैनन्।

नेपालमा प्रतिबन्ध ‘विदेशबाट आयात’

आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागसँगको सहकार्यमा स्वास्थ्य अनुसन्धान परिषद् र सरकारी थिङ्कट्याङ्क नीति अनुसन्धान प्रतिष्ठानसम्मले नेपालमा गाँजा खेतीको औषधिजन्य प्रयोगबारे खोज गरिसकेका छन्। औषधि व्यवस्था विभागका पूर्वसूचना अधिकारी सन्तोष केसीका अनुसार गाँजाबाट निस्कने ‘क्यानबिनोल’ र ‘क्यानबिनोइड्स’ दुखाइ कम गर्ने औषधिको रूपमा प्रयोग हुने गरे पनि नेपालमा यसको प्रयोग भएका औषधि प्रचलनमा छैनन्।

दुखाइ कम गर्न सिफारिस गरिने गाँजाको प्रयोगबाट बनेका औषधि विदेशबाट पनि नेपालमा नआउने उनी बताउँछन्।“बाहिर क्यान्सरका बिरामी र बिरामी हेरचाह गर्ने गृहमा बसेकाहरूमा अन्य केही मानिसमा मानसिक रोगमा पनि यो ठिक छ भन्ने आएको छ। खोज हुँदै छ तर अझै पनि यसबारे विवाद छ,” उनले भने। “नेपालमा आयात हुने र यहाँ उत्पादन हुने कुनै पनि किसिमका औषधिमा अहिले गाँजाको प्रयोग छैन।”

यद्यपि अनुसन्धान परिषद्का अनुसन्धानकर्ता मरासिनीले नेपालमा औषधीय प्रयोजनका लागि विदेशबाट गाँजाको आयात हुने गरेको आफूले पाएको बताए। विभागले अनुमति नदिने भएकाले त्यस्तो आयात ूअनौपचारिक माध्यमूबाट हुन्छ। त्यो गैरकानुनी हो।नेपालकै गाँजा भने घरेलुबाहेक अन्य औषधिमा प्रयोग नभएको मरासिनी बताउँछन्। औषधि उत्पादक सङ्घका पूर्वअध्यक्ष नारायणबहादुर क्षेत्रीले भने नेपालमा गाँजाबाट बनेका कुनै पनि औषधि आयात नभएको दाबी गरे।

“हामीले उत्पादन गर्ने औषधिमा यसको प्रयोग गर्दैनौँ। नेपालमा आयात पनि हुँदैन,” उनले भने। तर मरासिनीका अनुसार ूजसरी आएको भए पनि औषधिको रूपमा प्रयोग चाहिँ भइरहेको छू। ूप्रशोधित क्याप्सुल वा इन्जेक्शनको स्वरूपमा आएको देखिन्छ,ू उनले भने।

नेपालमा गाँजा खेतीको पैरवी

भारतमा अनुमति लिएर खेतीको अनुमति दिन थालिएसँगै नेपालमा पनि औषधीय प्रयोजनका लागि गाँजाको खेतीका लागि अनुमति दिइनुपर्ने आवाज मुखरित भएको अधिकारीहरू बताउँछन्। केही वर्षअघि नेकपा एमालेका सांसद शेरबहादुर तामाङको अगुवाइमा सांसदहरूको एउटा टोलीले गाँजा खेतीलाई कानुनी मान्यता दिन प्रस्ताव गरिएको विधेयक संसद्‌मा दर्ता गरेका थिए। तर उक्त विधेयक संसद्‌बाट अघि बढेन।

आयुर्वेद चिकित्सक खनालका अनुसार नेपालमा गाँजा खेती र यसबाट औषधि उत्पादनको पनि राम्रो सम्भाव्यता छ। “सिंहदरबार वैद्यखानामै ४८ वटा औषधिमा र ११ वटा भिन्न ुफर्मुलेन्टु मा विगतमा गाँजाको प्रयोग गरिएको पाइएको छ,” खनाल भन्छिन्। वैद्यखाना विकास समितिका पूर्वप्रमुख सापकोटाका अनुसार ‘वानरी गुटिका’मा गाँजामा हुने औषधीय गुणबारे व्याख्या गरिएको छ।

“यो लागुपदार्थको रूपमा मात्रै प्रयोग हुने हो भनेर हामीले बुझ्नुभएन,” उनी भन्छन्। विभागका महानिर्देशक उपाध्याय अनुसन्धानका लागि भए पनि कानुनी बाधा फुकाउन आफूहरूले पनि पहल गरिरहेको बताउँछन्। “औषधीय गुण भएको त हामीलाई थाहा भइसक्यो अब यसको साइडइफेक्टहरू ९दुष्प्रभाव० पनि छन् कि भनेर थप अध्ययन हुन बाँकी रहेकाले पनि अनुसन्धान गर्नुपर्ला,” उनी भन्छन्।

‘भोलिदेखि नै सुरु गर्ने होइन’

आगामी आर्थिक वर्षको बजेटमा औषधीय प्रयोजनका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने घोषणा भएपछि पूर्वप्रधानमन्त्री केपी ओलीसहित कतिपय सांसदले सरकारको घोषणाबारे संशय व्यक्त गरेका थिए।
“कसले गर्न खोजिरहेको छ यो गाँजा खेतीरु बीउ लिएर बसेको व्यापारी को होरु” उनले संसद्‌मा प्रश्न गरेका थिए। बजेटबारे उठेका प्रश्नहरूको जबाफ दिने क्रममा अर्थमन्त्री प्रकाशशरण महतले औषधीय प्रयोजनका लागि गाँजाको खेती खुल्ला गर्नेबारे यसको प्रतिबन्धमा पैरवी गर्ने देशहरू नै लागिरहेको बताएका थिए। उनले संसद्‌मा भने, “उनीहरूले चाहिँ यसको फाइदा उठाइराख्ने हामी चाहिँ पुरानै मानसिकतामा नबस्ने हो किरु”

कतिपयले गाँजा खेतीलाई कानुनी मान्यता दिँदा आउन सक्ने जोखिमबारे सरकारले धेरै सावधानी अपनाउनुपर्ने भन्दै त्यसबारे विमर्श आवश्यक रहेको बताएका छन्। अर्थमन्त्री महतले संसद्‌मा भनेका छन्, “भोलिदेखि नै सुरु गरिहाल्ने भनेको छैन। कानुनी अड्चन पनि हटाउनुपर्‍यो। औषधिजन्य उद्देश्यका लागि भनेका छौँ। यसलाई रिक्रिएशनल ९मनोरञ्जनात्मक० प्रयोजनका लागि पनि प्रयोग गर्न सकिन्छ।”

वैद्यखाना विकास समितिका पूर्वप्रमुख सापकोटा गाँजा मात्रै नभएर नेपालमा पाइने धेरै वनस्पतिहरूबाट औषधि बनाउनेबारे अध्ययन हुनुपर्ने ठान्छन्। “गाँजा मात्रै नभएर नेपालमा पाइने धेरै वनस्पतिमा देशलाई समृद्ध बताउन सक्ने आधार छन्। जसलाई राजनेताले राम्ररी लैजान सकेनन्,” व्यवस्थित गर्न नसके दुरुपयोगको जोखिम पनि रहेको औँल्याउँदै उनी भन्छन्।

दुरुपयोगको जोखिम

लागु औषध नियन्त्रण ऐन २०३३ मा नेपाल सरकारको अनुमति लिएर गाँजाबारे अनुसन्धान गर्न मिल्ने भनिए पनि औषधि व्यवस्था विभागले आफूले अहिलेसम्म कसैलाई पनि अनुसन्धानका लागि अनुमति नदिएको बताएको छ।
त्यसको मुख्य कारण नेपालले हस्ताक्षर गरेका अभिसन्धि र त्यसपछि बनेका कानुनहरू नै प्रमुख रहेको जानकारहरू बताउँछन्। नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोका प्रमुख गोविन्द थपलियाका अनुसार नेपालमा विभिन्न ठाउँमा हुने गाँजाको अवैध खेती, तस्करी र दुर्व्यसन नियन्त्रण गर्नु प्रहरीका लागि ठूलो चुनौती बनेको छ।

प्रहरीका पूर्व अधिकारीहरू गाँजाको औषधीय प्रयोजनका लागि खेती खुलाउँदा हुन सक्ने दुरुपयोगको जोखिम धेरै रहेको बताउँछन्।“यसको दुरुपयोग हुने सम्भावना पनि उत्तिकै हरेको हुनाले यसलाई कसरी नियन्त्रण गर्ने भन्ने कुरा पनि प्रशासनको सरोकारको विषय हुन सक्छ,” जोखिमबारे अनुसन्धानकर्ता मरासिनी भन्छन्।

तर यसको एउटा बोटबाट एक मात्रा औषधि निस्किने र कृषकहरूले अहिलेको अवस्थामा एउटा बोटबाट ४०० देखि ५०० सम्म आम्दानी गर्न सक्ने उनको आकलन छ। “मानिसहरूले गाँजा खाएर समस्या हुन्छ भन्ने सरकारलाई लाग्छ भने औषधीय प्रयोजनका लागि मात्रै नियन्त्रित रूपमा प्रतिबन्ध खोल्दिनुपर्छ,” आयुर्वेद चिकित्सक खनाल भन्छिन्।