• शुक्रबार, १४ असार, २०८१
  • ०२:३५:४२

प्रणाली सुधार र सेवामा तीब्रताका लागि कृत्रिम बौद्धिकता

  • Netizen Nepal
  • शुक्रबार, ७ असार, २०८१- १७:०८:००/ Friday 06-21-24

 कृत्रिम बौद्धिकता जसलाई एआइ भनेर चिनिन्छ, यसको बारे  भईरहेको अनुसन्धान, यसको प्रयोग र भविष्यमा प्रयोग हुने संभवना अहिले सबैलेको चासोको  विषय बनेको । यो कृत्रिम बौद्धिकता  बिधाको ईतिहास ७५ बर्ष पनि भएको छैन । सन १९५६ ताका एआईको ल्याब स्थापना भएको बुझिन्छ । त्यस यता यस बारेमा धेरै नै खोज अनुुन्धान र विकास भएको छन् । अहिले संसार यसैमा ढल्किएको छ । यो बिधाले युवा पिढीकालाई बढि आकर्षित गरेको पाईन्छ । एआईको सिस्टमको विकास, परिक्षण,प्रयोग र अनुसंधानका लागी कम्प्युटर बिषयको ज्ञान हुनु जरूरी हुन्छ । 

एआई प्रविधिको प्रयोग गरि भारतमा भएको हालैको आम चुनावमा भारतिय न्युज एजेन्सिले निर्गम मतानुमानको प्रक्षेपण गर्दा सत्ताधारी पार्टि जसमा भारतिय जनता पार्टिको गठबन्धन थियो, त्यसले ३०५ देखि ३१५ बिच लोक सभाको सिट जित्ने संभावनाको प्रक्षेपण गरेको थियो । भारतिय लोकसभाको चुनावको झन्डै १० जति राष्ट्रिय र अन्र्तर राष्ट्रिय संघ संस्थाहरूले  चुनावको सिट संख्या अनुमान गर्दा जी न्युजको एक्जिट पोलको अनुमाननै करिव करिव कुल प्राप्त गरेको सिटको धेरै नजिक रहेको देखियो । यो एआईको बिधि प्रयोग गर्दा मतदाताले मतदान गरेको ढांचा, स्थानिय वासिन्दाको सुचना, सामाजिक सञ्जालमा आईरहेको सुचना र मतदाताहरूको बिचारलाई  प्रविष्ट गरि चुनावको एक्जिट  पोलको परिणाम निकालेको थियो । अमेरीकामा पनि आगामी नोभेम्बरमा ६ मा हुन गई रहेको राष्ट्रपतिय चुनावमा पनि व्यापक रूपमा एआई प्रविधिको प्रयोग भईरहेको बुझिएको छ । 

अमेरीकी चुनावमा यो कृत्रिम बौद्धिकता को प्रयोग जनतासंग जोडिएको सामाजिक संजालमा आउने गरेको विचार, स्थानिय क्षेत्रमा विगतमा हुने गरेको मतदान, उम्मेदवारको व्यक्तिगत र चारित्रिक चालचलन, निर्णय क्षमता, जन जनमा भिज्न सक्ने नेताको क्षमता आदिको पहिचान गरि एआईको ब्ल्याक बक्स को मेशीनमा प्रविष्ट गरेका सुचना, तथ्याङ्कहरुले मतदाता र जनतालाई क कस्लाई मतदान गर्न उचित हुन्छ भन्ने निष्कर्षमा पुग्न सजिलो हुन्छ भन्ने सोच साथ एआईका विज्ञहरू यसको प्रयोग र परिक्षणमा लागिरहेका छन् । जुन समाजमा कुरीती, चोरी गर्नसक्ने र  भ्रष्टाचारीहरूको बिग बिगी छ त्यँहा कृत्रिम् बुद्घिमता प्रविधिको प्रयोग गर्नुपर्ने भएको छ ।

नेपालको प्रशासनिक संयन्त्रमा एआईको बिधालाई प्रशासनिक निर्णयको टुंगोमा पुग्न अतिनै उपयोगि हुने विश्वास गरिएको छ । प्रशासनिक कार्यलाई छिटो छरितो र परियोजनाहरूमा नचाहिदों रूपमा थुप्रिने स्टक आदिको नियन्त्रणमा एआई अति नै उपयोगि हुने अनुमान गरिएको छ । रोवोट पनि एआईकै एउटा प्राविधिक जनशक्ति हो । रोबोट र ड्रोनको प्रयोग गरि नेपालका जलविद्युत क्षेत्रको विकासमा एउटा कोशे ढुगां सावित हुने छ । उर्जा परियोजनाको निर्माण र स्थापना, विद्युतको खपत, सबारी दुर्घटना, भंसार चोरि पैठारी, स्वास्थ क्षेत्रमा प्रयोग गरि मुलुकको अति दुर्गम क्षेत्रका वासिन्दालाई समेत स्वास्थ सेवा पुर्याउने काममा एआई र रोवोट प्रविधि उपयोगि हुने विश्वास बुद्धिजिवी नेपालीहरूमा रहेको छ ।

मुलुकका सरकारी संयन्त्र र गैरसरकारी संयन्त्रहरूबाट सेवा प्रवाहलाई प्रभावकारी बनाउन कृत्रिम् बौद्धिकताको परिक्षण र प्रयोगमा नेपाल सरकारको सुचना र प्रविधि मन्त्रालयले एआई बिधाका विज्ञहरूलाई एउटै थलोमा ल्याई कामको थालनी गर्न आवश्यक छ ।  एआइको प्रयोगबाट नोपलले धेरै लाभ लिन सक्छ । सरकारले हालै ल्याएको आगामी आर्थिक वर्षको बजेट मार्फत आइटीलाई प्राथमिकताको क्षेत्रमा राखेको पनि छ । आईटीकै एउटा महत्वपूर्ण अंशको रुपमा रहेको एआइको विकासका लागि सरकारले ठूलो लगानीको सुनिश्चितता गर्न आवश्यक छ । एआइलाई साँच्चै विकास गर्ने हो भने यसले नेपालमा पनि चुनावलाई चुस्त बनाउँने देखि आर्थिक तथा प्रशासनिक क्षेत्रमा सुधार र सेवामा तिब्रता ल्याउँन महत्वपूर्ण भूमिका खेल्न सक्छ ।