• आइतबार, २३ असार, २०८१
  • ०३:३४:४७

राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले महामन्त्री डा मुकुल ढकाललाई निलम्बन गरेको छ ।  पार्टी उपसभापति डोलप्रसाद अर्यालले जारी गरेको विज्ञप्तिमा ढकाललाई महामन्त्री तथा प्रवक्ता पदबाट एक हप्ताका लागि निलम्बन गरिएको उल्लेख गरिएको छ ।

रास्वपाको केन्द्रीय समितिको बैठकले ढकाललाई पार्टी अनुशासन विपरीत अभद्र, अशोभनीय, अमर्यादित र अनुशासनहीन व्यवहार प्रदर्शन गरेको भन्दै सात दिनका लागि निलम्बन गरेको जनाएको छ । ढकालले तयार पारेको प्रतिवेदनकाके बारेमा पछिल्लो समयमा केहि विवादहरु बाहिर आएका थिए । ढकालको कार्य शैलीबाट असन्तुष्ट बनेको सभापति रवि लामिछानेले ढकालले अघि सारेका कुराहरु पार्टीका लागि राम्रो भएको सार्वजनिक अभिव्यक्ति दिएका थिए । तर बाहिर एउटा अभिव्यक्ति दिएका लामिछानेले भित्र भने अर्कै व्यवहार गरेको ढकालको प्रतिक्रिया छ । ढकालले पार्टीको शाख बिग्रनुमा रवि लामिछानेको बेठेगान बोली र व्यवहार भएको आरोप लगाएका छन् ।