• आइतबार, २३ असार, २०८१
  • ०४:१६:२०

उकालो लाग्दै सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु १ हजार ६ सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन बुधबार प्रतितोला रु १ लाख ४२ हजार  ७ सयमा कारोबार भएकोमा बिहिबारका लागि भने रु १ लाख ४४ हजार ३ सय निर्धारण भएको छ ।

तेजाबी सुन बुधबार प्रतितोला रु १ लाख ४२ हजारमा कारोबार भएकोमा सोही परिमाणको तेजाबी सुन बिहिबारका लागि रु १ लाख ४३ हजार ६ सय तोकिएको छ ।

यसैगरी, चाँदीको मूल्य तोलामा रु ४० ले बढेको छ । बुधबार प्रतितोला रु १ हजार ८ सय २५ मा कारोबार भएको चाँदीको मोल बिहिबारका लागि भने रु १ हजार ८ सय ६५ निर्धारण भएको छ ।