• आइतबार, ३० असार, २०८१
  • १०:२७:४४

पिसाबको रङले तपाईँको शरीरबारे के बताउँछ र कस्तो बेलामा चिन्ता गर्नुपर्छ ?

  

रातो, पहेँलो, गुलाफी र हरियो- कहिलेकाहीँ तपाईँको पिसाब इन्द्रेणी रङको पनि हुन सक्छ। त्यो रङ सुन्तला वा प्याजी र नीलो पनि हुन सक्छ। त्यो बाहेक केही मानिसको पिसाब कहिल्यै नदेखेको जस्तो रङको पनि हुन सक्छ।

हाम्रो शरीरले काम नलाग्ने पदार्थ पिसाबमार्फत् निष्कासन गर्छ। अर्को शब्दमा भन्नुपर्दा हाम्रो शरीरबाट फोहोर पिसाब हुँदै बाहिर निस्कन्छ। यो नाइट्रोजनयुक्त फोहोर शरीरको प्रोटिन रातो रक्तकोष र मांसपेशीहरू टुक्रिएर बनेको हुन्छ। यो फोहोरमा पाइने मुख्य तत्त्वहरू क्रेटीनीन र युरिया हुन्।

  “यदि रातो नै छ भने त्यसमा धेरै नै रगत छ भन्ने देखाउँछ। त्यसलाई 'म्याक्रोहेमाटुरिआ' भनिन्छ। आँखाले नै देख्ने गरी रातो हुन्छ,” उनले भने। उनका अनुसार अलिकति गुलाफी रङको पिसाब छ भने त्यसमा पनि रगतको मात्रा हुन्छ। तर केही कम मात्रामा हुन्छ।

 

 त्योबाहेक पनि पिसाब हुँदै अन्य वस्तु पनि शरीरबाहिर निस्कन्छन्। जस्तो कि हामीले खाने भिटामिनहरू र औषधिहरू पनि। तर पिसाबमा नहुनुपर्ने कुरा पनि कहिलेकाहीँ पिसाबमा हुन्छन्। 

जब हामी डाक्टर कहाँ जान्छौँ तब उनीहरू हामीलाई सोध्छन् नि- तपाईँको पिसाबको रङ कस्तो छ ? त्यो प्रश्नको जबाफको आधारमा डाक्टरले बिरामीको रोगबारे बुझ्न र त्यसपछिको उपचारबारे निर्णय गर्न सहयोग गर्छ।  

रातो पिसाब

यदि कसैको पिसाब रातो छ भने त्यसमा सामान्यतया रगत छ भन्ने बुझ्नुपर्छ। त्यो पिसाब नलीहरूमा भएको समस्याका कारण हुन सक्छ। मिर्गौला, पित्तथैली र प्रोस्टेट वा मूत्रनलीमा जोडिएका नशामा समस्या भएका कारण रातो पिसाब आएको हुन सक्छ।

कति बेला वा कति मात्रामा पिसाबमा मिसिएको हो त्यसको आधारमा रातो पिसाबको रङ पनि फरक फरक अर्थात् हल्कादेखि गाढासम्म हुन सक्छ। यदि धेरै रक्तस्राव भइरहेको छ भने पिसाबको रङ रेड वाइन जस्तै गाढा हुन सक्छ।

यस्तो रङको पिसाब आउनुका धेरै कारण हुन सक्छन्। मिर्गौलामा पत्थरी, क्यान्सर, कुनै किसिमको धक्का वा मूत्रनलीमा भएको सङ्क्रमण। मूत्ररोग विशेषज्ञ डा. अर्जुनदेव भट्टका अनुसार यदि पिसाब गुलाबी रङको अथवा हल्का रातो वा रातो नै छ भने त्यसमा रगतका कण छन् भन्ने बुझ्नुपर्छ।

“यदि रातो नै छ भने त्यसमा धेरै नै रगत छ भन्ने देखाउँछ। त्यसलाई 'म्याक्रोहेमाटुरिआ' भनिन्छ। आँखाले नै देख्ने गरी रातो हुन्छ,” उनले भने। उनका अनुसार अलिकति गुलाफी रङको पिसाब छ भने त्यसमा पनि रगतको मात्रा हुन्छ। तर केही कम मात्रामा हुन्छ।

चुकन्दर खाँदा पनि कहिलेकाहीँ रगतको रङ रातो हुन सक्ने उनी बताउँछन्। त्यो भएर पिसाबमा रगत नै हुनुपर्छ भन्ने हुँदैन। तर प्रायःजसो त्यस्तो हुन्छ।  कहिलेकाहीँ पिसाबको रङ चौलानी जस्तो हुन्छ। पिसाबमा ‘काइल्ड’ मिसिँदा त्यस्तो हुने गर्छ।

“त्यसै गरी पिसाब धमिलो भयो अथवा दुर्गन्धित भयो भने त्यस्तो अवस्थामा सङ्क्रमणको सम्भावना उच्च हुन्छ। त्यस्तोमा जाँच गर्दा पिसाबमा पिपको मात्रा देखिन्छ,” उनले भने। धेरै मात्रामा चुकन्दर खाएपछि पनि पिसाब रातो आउन सक्छ।   

पित्त आन्द्रामा बस्छ र दिसाका माध्यबाट बाहिर निस्कन्छ। यही पित्तकै कारण शरीरमा दिसाको रङ खैरो रङको हुन्छ। तर कहिलेकाहीँ पित्तको पत्थरी वा क्यान्सरले पित्त निस्कने मार्ग बन्द हुन्छ र त्यो आन्द्रामा पुग्न सक्दैन। त्यसपछि त्यो बिलिरुबिन रक्त प्रवाहमा प्रवेश गर्छ र पिसाबमार्फत् बाहिर निस्कन्छ।

 

सुन्तला वा पहेँलो

कम पानी खाएको अवस्थामा पिसाब अलि बढी पहेँलो हुन सक्छ। यदि कसैलाई जन्डिस छ भने पनि पिसाब पहेँलो हुन्छ। “त्यस्ता बिरामीको पिसाब यति कडा हुन्छ कि उनीहरूलाई त्यसमा रगत नै छ भन्ने लाग्छ। तर त्यो रगत होइन,” भट्ट भन्छन्।

उनका अनुसार त्यसबाहेक मासु, गेडागुडी लगायत प्रोटिन धेरै खाने र पानी कम खाने गरेमा पनि पिसाब पहेँलो हुन सक्छ। हामी सबैलाई थाहा भएको कुरा हो हाम्रो पिसाबको रङ पहेँलो हुन्छ। बेसार जस्तो पहेँलो रङ चाहिँ तपाईँ दैनिक रूपमा कति पानी पिउनुहुन्छ त्यसमाथि निर्भर गर्छ।  

यदि तपाईँको शरीरमा पानीको मात्रा कम भयो भने पिसाबको रङ गाढा पहेँलो हुन्छ। कहिलेकाहीँ त्यो सुन्तला रङको पनि हुन सक्छ। यदि तपाईँले प्रशस्त पानी पिउनुभयो भने पिसाबको रङ पनि पातलो रङको वा हल्का पहेँलो रङको हुन्छ।

तपाईँको पिसाबलाई पहेँलो बनाउने तत्त्वलाई युरोबिलिन भनिन्छ। शरीरमा भएको पुरानो रक्तकोष टुक्रिँदा युरोबिलिन बन्ने प्रक्रिया सुरु हुन्छ। त्यस्ता रक्त कोष नियमित आकारप्रकारका नहुने भएकाले तिनलाई शरीरले पिसाबका रूपमा निष्कासन गर्छ।

यो प्रक्रियामा बिलिरुबिन भनिने तत्त्व शरीरमा उत्पादन हुन्छ। त्यो केही पिसाबबाट र केही आन्द्राबाट बाहिर निस्कन्छ। हाम्रो कलेजोले बिलिरुबिनको उपयोग गरेर पित्त बनाउँछ। पित्त चाहिँ पाचन र हाम्रो शरीरमा भएको बोसो टुक्र्याउने कामका लागि महत्त्वपूर्ण हुन्छ।

पित्त आन्द्रामा बस्छ र दिसाका माध्यबाट बाहिर निस्कन्छ। यही पित्तकै कारण शरीरमा दिसाको रङ खैरो रङको हुन्छ। तर कहिलेकाहीँ पित्तको पत्थरी वा क्यान्सरले पित्त निस्कने मार्ग बन्द हुन्छ र त्यो आन्द्रामा पुग्न सक्दैन। त्यसपछि त्यो बिलिरुबिन रक्त प्रवाहमा प्रवेश गर्छ र पिसाबमार्फत् बाहिर निस्कन्छ।

त्यसै कारण पिसाब गाढा सुन्तला वा खैरो हुन थाल्छ। जब पिसाबमा बिलिरुबिनको मात्रा बढ्दै जान्छ छालाको रङ पनि पहेँलो हुन थाल्छ। यस्तो अवस्थालाई ‘अबस्ट्रक्टिभ जन्डिस’ भनिन्छ जुन एक प्रकारको कमलपित्त रोग हो। केही औषधि खाएका बेला पनि पिसाब सुन्तला रङको आउन सक्छ।

हरियो र नीलो पिसाब

हरियो र नीलो रङको पिसाब विरलै आउने गर्छ। पिसाब फेर्दा हरियो वा नीलो रङको पिसाब आए तपाईँ पक्कै पनि आश्चर्यचकित हुनुहुनेछ। यदि शौचालयमा भएको कुनै रासायनिक पदार्थका कारण पिसाबको रङ परिवर्तन भएको होइन भने तपाईँको शरीरमा केही भइरहेका कारण त्यस्तो पिसाब आएको हुन सक्छ। 

  कुनै ब्याक्टेरियाले उत्पन्न गर्ने तत्त्वका कारण पनि हरियो हुन सक्छ। 'स्युडोमोनस एरुजिनोसा'ले हरियो रङका प्योसायानिन मिश्रण उत्पन्न गर्छन्। यो मूत्रनली सङ्क्रमणको दुर्लभ कारण हो। यो भयो भने व्यक्तिले पिसाब फेर्दा दुख्ने या पोलेको जस्तो हुन्छ।

 

यदि तपाईँको खानामा कुनै रङ प्रयोग भएको छ भने तपाईँको पिसाब हरियो वा नीलो हुन सक्छ। तर त्यो खानेकुरा अत्यधिक मात्रामा खानुभएको छ भने मात्र त्यस्तो हुने हो। एनेस्थेटिक्स वा भिटामिन वा एन्टीहिस्टामिन जस्ता औषधिले पनि पिसाबलाई हरियो वा नीलो बनाइदिन सक्छन्।

कुनै ब्याक्टेरियाले उत्पन्न गर्ने तत्त्वका कारण पनि हरियो हुन सक्छ। 'स्युडोमोनस एरुजिनोसा'ले हरियो रङका प्योसायानिन मिश्रण उत्पन्न गर्छन्। यो मूत्रनली सङ्क्रमणको दुर्लभ कारण हो। यो भयो भने व्यक्तिले पिसाब फेर्दा दुख्ने या पोलेको जस्तो हुन्छ।

प्याजी रङको पिसाब

असाध्यै दुर्लभ रूपमा प्याजी पिसाब आउँछ। पोर्फाइरियाका कारण त्यस्तो भएको हुन सक्छ। यो आनुवंशिक रोगका कारण यस्तो भएको हुन सक्छ जसले छाला र स्नायु प्रणालीलाई असर पार्छ। अर्को कारण चाहिँ ‘पर्पल युरिन ब्याग सिन्ड्रोम’ का कारण पनि प्याजी रङको पिसाब आउन सक्छ। यो पनि मूत्रनलीको सङ्क्रमणसँग सम्बन्धित छ।

अस्पतालमा शरीरको बाहिर कृत्रिम मूत्रथैली झुन्ड्याएर हिँडिरहेका बिरामीका त्यस्ता मूत्रथैलीमा प्याजी रङको दाग हामी देख्न सक्छौँ।

प्याजी कि गुलाफी

फेरि एक पटक रगत र चुकन्दरको कुरा गर्नुपर्ने भयो। थोरै मात्रामा चुकन्दर खाँदा पिसाब गुलाफी रङको हुन सक्छ जबकि धेरै खाँदा गाढा रातो आउन सक्छ। यस्तो हुँदा डाक्टरहरू पिसाबलाई रातो वाइनसँग दाँज्छन्।

अरू रङ

पिसाब अरू रङको पनि हुन सक्छ जुन इन्द्रेणीको सात रङमा छैन। कहिलेकाहीँ पिसाब असाध्यै गाढा हुन सक्छ- गाढा खैरो वा कालो रङको। डाक्टरहरूले त्यसलाई कोकाकोलासँग तुलना गर्छन्। 

  “जस्तै पानी एकदम कम पिएका छौँ, माछामासु खाएकै छौँ। र पनि पिसाब सफा आउँछ भने त्यसको अर्थ मिर्गौलाको कन्सन्ट्रेशन पावर नै कम हुन गएको छ र खाना अनुसारको पिसाब निस्केको छैन भन्ने कुरा देखाउँछ,”‍उनले भने।

 

यो गम्भीर रोगका कारण पनि हुन सक्छ। वा कुनै औषधि उपभोग गरेका कारण पनि त्यस्तो भएको हुन सक्छ। यो बिलिरुबिनका कारण पनि यस्तो हुन सक्छ। बिलिरुबिनले पिसाबलाई यति गाढा बनाइदिन्छ कि यो सुन्तला रङको सट्टा खैरो पनि हुन सक्छ। यो पिसाबमा रगत भएका कारण पनि हुन सक्छ।

मिर्गौलामा सङ्क्रमणले पनि रक्तस्राव गर्न सक्छ। मिर्गौलामा भएको समस्याका कारण पिसाब रातोबाट खैरोमा परिवर्तित हुन सक्छ।अनि रङ नै नभएको पनि पिसाब हुन सक्छ।

पिसाबको रङ गाढा पहेँलो हुनु हुँदैन र असाध्यै हल्का पिसाब पनि कुनै रोगको सङ्केत हुन सक्छ वा मधुमेह वा अत्यधिक मदिरा सेवनका कारण पनि त्यस्तो हुन सक्छ। त्यसैले यदि रगतको रङ सामान्यभन्दा फरक छ भने त्यहाँ समस्या हुन सक्छ। त्यसको कारण पत्ता लगाउनुपर्ने हुन्छ। त्यसैले डाक्टरको परामर्श लिनुपर्छ र चाहिए जति पानी पिउनुपर्छ।

हल्का पहेँलो पिसाब छ भन्ने नआत्तिन युरोलोजिस्ट भट्ट सुझाउँछन्। सफा पिसाब हुँदा पनि नआत्तिन उनी भन्छन्। यद्यपि हरेक अवस्थामा पिसाब सफा नै आइरह्यो भने त्यसबाट पनि सचेत हुनुपर्ने डा. भट्ट बताउँछन्।

“जस्तै पानी एकदम कम पिएका छौँ, माछामासु खाएकै छौँ। र पनि पिसाब सफा आउँछ भने त्यसको अर्थ मिर्गौलाको कन्सन्ट्रेशन पावर नै कम हुन गएको छ र खाना अनुसारको पिसाब निस्केको छैन भन्ने कुरा देखाउँछ,”‍उनले भने। बीबीसी।