• शनिबार, २२ असार, २०८१
  • ०६:३१:५२

शेयर बजारमा हरियाली

 

काठमाडौँ । तीव्र उतार चढावका बिच मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४७.०४ अङ्कले बढेको छ । नेप्से परिसूचक २.२९ प्रतिशतले बढेर २ हजार १ सय.४३ को बिन्दुमा कायम भएको हो ।

मंगलबारको कारोबार सुरु भएलगत्तै परिसूचक ४ प्रतिशतले बढेपछि पहिलो पटक २० मिनेटका लागि कारोबार स्थगित भएको थियो । नेप्सेको नियमअनुसार दोस्रोपटक कारोबार सुरु भएको १ मिनेटमै परिसूचक थप १ प्रतिशत बिन्दुले बढेर ५ प्रतिशत पुगेपछि कारोबार अर्को ४० मिनेटका लागि बन्द भएको थियो । आजको कारोबारमा विभिन्न ३ सय १५ कम्पनीको १ करोड १६ लाख ४५ हजार ९ सय ५ कित्ता शेयर ६० हजार ७ सय २० पटक खरिदबिक्री हुँदा ४ अर्ब ५७ करोड ६८ लाख ३१ हजार ७ सय २० बराबरको कारोबार भएको छ ।

मंगलबार सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन ३.३०, व्यापार ३.१२ र बैंकिङ ३.०३ प्रतिशतले बढेको छ । त्यस्तै, विकास बैंक २.०१, वित्त २.११, होटल तथा पर्यटन १.०९, जलविद्युत १.८०, लगानी दशमलव ३१ र जीवन बीमा २.१७ प्रतिशतले बढेको छ । लघुवित्त १.४५, म्युचुअल फण्ड ०.३६, निर्जीवन बीमा २.४३ र अन्य समूह १.७३ प्रतिशतले बढेको छ ।

मंगलबारको कारोबारमा सबैभन्दा धेरै हिमालयन डिस्टलरी लिमिटेडको शेयर मूल्य ८.५४ र समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ६.९६ प्रतिशतले बढेको छ । शेयर मूल्य घट्नेमा भने सबैभन्दा धेरै उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको ६.४६ र हिमालयन ऊर्जा विकास कम्पनीको ६.२१ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा मंगलबार सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको १२ करोड ३३ लाख ८५ हजार ५ सय ६९ र कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको प्रमोटर शेयर ३ लाख ६६ हजार ५ सय कित्ता शेयर किनबेच भएको छ । रासस।